२०० वटा स्थानीय सरकारी क्षत्रमा 'प्रकोप' घोषणा, बाढीको प्रभाव महिनौँसम्म रहने

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

A recovery centre is seen in Eugowra, Central West New South Wales, Sunday, November 20, 2022. Authorities are warning it could be months before flooding impacts are resolved in NSW as a second death is recorded in Eugowra.

A recovery centre is seen in Eugowra, Central West New South Wales, Sunday, November 20, 2022. Authorities are warning it could be months before flooding impacts are resolved in NSW as a second death is recorded in Eugowra. Source: AAP / LUCY CAMBOURN/AAPIMAGE

न्यु साउथ वेल्समा बाढीको प्रभाव महिनौँसम्म रहने अनुमान बीच मौसम गम्भीर रहेको छ। भिक्टोरियामा थप वर्षाका साथ असिना परेको छ भने साउथ अस्ट्रेलियामा सप्ताहान्तमा आँधीबेहरी र लगातार बिजुली कटौती जारी छ।

यी क्षत्रका बासिन्दाका लागि गम्भीर मौसमको चेतावनी दिइएको छ: सिड्नीको महानगरीय क्षत्र, इलावारा, साउथ कोस्ट, सदर्न टेबलल्यान्ड्स, साउथ वेस्ट स्लोप्स, स्नोवी माउन्टेन्स, अस्ट्रेलियन क्यापिटल टेरिटरी, सेन्ट्रल टेबलल्यान्ड्सका केही भागहरू, रिभरिना, हन्टर, सेन्ट्रल वेस्ट स्लोप्स, र प्लेन्स फोर्कास्टका क्षत्रहरू।

दुई सय वटा स्थानीय सरकारी क्षत्रहरू (एलजीए) 'प्रकोपग्रस्त' रहेको भनी आइतबार घोषणा गरिएको छ। ती २०० मध्य करिब ७५ वटा एलजीएहरू न्यु साउथ वेल्समा छन्।

न्यु साउथ वेल्स र भिक्टोरियाका राज्य आपतकालीन सेवा(एसईएस)हरू हाल यी सहरहरूमा केन्द्रित छन्: फोर्ब्स, कन्डोबोलिन, युएबलंग, वल्गेट, बुर्क, हे, एल्बरी, इचुका, मिल्डुरा, वेन्टवर्थ, डेनिलिकिन, वी वा, मोलामिन र युगोरा।

युगोरामा शनिबार एक दोस्रो व्यक्तिको शव पनि फेला परेको थियो।

न्यु साउथ वेल्स प्रहरीले औपचारिक पहिचान गर्न बाँकी भए तापनि, उक्त शव नोभेम्बर १४ देखि हराएका ८५ वर्षीय लेअस भ्युगेकको हुन सक्ने बताएको छ।

शनिबार, वी वाको नामोइ नदीमा पानीको बहाव बढेर ७.१५ मिटर पुगेको थियो।हाल पानीको स्तर कम हुँदै गए तापनि, ठूलो बाढी आउन जारी छ।

डेनिलिकिनका बासिन्दाहरूलाई बाढीको बिग्रँदो अवास्थानाका कारण बुधबारसम्म सहर छोडेर सुरक्षित ठाउँमा जानरहेको छ।

एन्जलफ्लड, हेज, बालरनाल्ड, कटन्स वायर, जेमालंग मल्गवरिना, र गन्गलगनमा ठूलो बाढी आउन जारी छ भने, मुडालमा पानीको बहाव आजसम्म उच्च रहने सक्ने छ।

त्यस्तै, कन्डोबोलिनका बासिन्दाहरूलाई थप गम्भीर मौसम र बाढीको लागि तयार रहन बताइएको छ।

न्यु साउथ वेल्समा खराब मौसम र बाढीको प्रभाव महिनौँसम्म रहिरहने अधिकारीहरूले बताएका छन्। यसै बीच सङ्घीय आपतकालीन व्यवस्थापन मन्त्री मर्री वाटले समुदायहरूलाई सरकारी सहयोगको आश्वासन दिएका छन्।

"बाढी पछिको तुरुन्तै सहयोग, र पुनर्स्थापनाको प्रक्रियामा तपाईँको सङ्घीय सरकार तपाईँको साथमा छ," उनले व्यक्त गरे।

कृषि र राष्ट्रिय अर्थतन्त्रका ठूलो असर गरेको पनि उनले स्वीकार गरेका छन्।

भिक्टोरियाका यी क्षत्रहरूमा गम्भीर मौसमको चेतावनी जारी गरिएको छ: सेन्ट्रल, इस्ट जिप्सल्यान्ड, साउथ वेस्ट, नर्दन कन्ट्री, नर्थ सेन्ट्रल, नर्थ इस्ट, पश्चिमी र दक्षिणी जिप्सल्यान्ड, विमेरा र माली फोर्कास्ट डिस्ट्रिक्टका केही क्षत्रहरू।

सप्ताहान्तको आँधीबेहरी पछि हजारौँ साउथ अस्ट्रेलियालीहरू बिजुली बिहीन रहन बाध्य छन्।

केही स्थानमा आजदेखि बिजुली सुचारु हुने अपेक्षा छ भने अन्य ठाउँका मानिसहरूले भोलिसम्म पर्खनु पर्न सक्छ।

राज्यको दक्षिण पूर्वी भूभागमा आज मौसम अझै खराब हुने अनुमान गरिएको छ।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स, भिक्टोरिया साउथ अस्ट्रेलियाका एसईएस वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Share

3 min read

Published

Updated

By SBS

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now