SKIP TO MAIN CONTENT

नाइडक सप्ताह: मध्य मरुभूमिका गीत रक्षक

हरेक वर्ष जुलाई महिनामा मनाइने नाइडक सप्ताह सन् २०१८ मा आदिवासी महिलाहरूको महत्त्वपूर्ण भूमिकाप्रति समर्पित रहेको थियो।

Song keepers of the central desert
Song keepers of the central desert Source: Supplied by NITV

2 min read

Published

Updated

By Wolfgang Mueller

Presented by SBS Nepali

Source: SBS


Skip to article content

नाइडक सप्ताह कै सन्दर्भमा सेन्ट्रल अस्ट्रेलियाको आदिवासी महिलाहरूको गायक मण्डलीले, अन्तराष्ट्रिय स्तरमा साङ्गीतिक प्रस्तुति दिएर अस्ट्रेलियाको पहिलो मानव जातिको सांस्कृतिक मूल्य र विविधताका बारेमा विश्वभर जनचेतना बढाइरहेको छ। 

सेन्ट्रल अस्ट्रेलियाको मरुभूमिमा महिलाहरू नै भाषा, सांस्कृतिक निरन्तरता र पवित्र परम्पराका प्रमुख संरक्षक हुन्।

उनीहरूको गीतले मानवको भूमिसँगको सम्बन्ध र पछिल्लो पिँढीका अनुभवहरूलाई प्रतिबिम्बित गर्दछ।

जब जर्मन धर्म प्रचारकहरू १९ औ शताब्दीको अन्त्यतिर एलिस स्प्रिङ्ग्स नजिकै आए, उनीहरूले स्थानीय समुदायलाई नयाँ गीतहरू सुनाएका थिए।

जर्मन भाषामा सबैभन्दा लोकप्रिय क्रिसमस गीत भनेको साइलेन्ट नाइट हो। 

एक शताब्दीभन्दा पछि पनि सेन्ट्रल अस्ट्रेलियाका आदिवासी महिलाहरूको साङ्गीतिक टोलीले उक्त गीत निरन्तर गाउने गर्दछ त्यो पनि पूर्णतया जर्मन भाषामा।

जर्मन धर्म प्रचारकहरूले धेरै इसाई श्लोकहरूलाई स्थानीय भाषामा अनुवाद गरेर एउटा सानो स्थानीय गायन मण्डली बनाएको थियो।

उक्त समूहका निर्देशक र सञ्चालक मोरिस स्टुअर्ट भन्छन् कि गायकीले नै युरोपियन धर्म प्रचारक र आदिवासीका बिचमा पुलको भूमिका खेलेको थियो।

त्यस्तै उक्त गायक मण्डलकी महिला सदस्य सुज्यानका अनुसार, उनका केही पुर्खाहरूले जर्मन भाषामा गीत गाउन सिकेका थिए।

Central Australian Aboriginal Women's Choir.
Central Australian Aboriginal Women's Choir. Source: Supplied by Brindle Films

नयाँ पुस्तासम्म आइपुग्दा उक्त साङ्गीतिक विरासत र सामूहिक गायनले सेन्ट्रल अस्ट्रेलियामा निरन्तरता पाइरहेको छ।

अवकाश प्राप्त पादरी मोरिस भन्छन् कि सङ्गीतले संस्कृति संवर्धन गर्नुका साथै सामुदायिक एकता बढाउँछ।

"सबैभन्दा पहिले मैले त्यो गीत सुन्दा अचम्ममा परेको थिए, कि कसरी नजानीकन नै उनीहरूले जर्मन गीतको संरक्षण गरिरहेका छन्। यो प्राय: मानिसहरुलाईलाई थाहा छैन यो वास्तवमा सेन्ट्रल मरुभूमिको गोप्य कुरा हो।"

Central Australian Aboriginal Women's Choir.
Central Australian Aboriginal Women's Choir. Source: Supplied by Brindle Films

सन् २०१५ मा जर्मन भ्रमणका कारण उक्त साङ्गीतिक समूहले अन्तर्राष्ट्रिय स्तरमा नै ध्यान खिच्न सफल भएको थियो।

उक्त समूहका तीन पुरुष सदस्य मध्यका एक निकोलस विलियम अहिले चलिरहेको संयुक्त राज्यको भ्रमणबारे भन्छन्, "हामी अमेरिकाका न्यु योर्क, वासिङ्टन डिसी लगायतका स्थानमा जाँदै छौ र आशा गरौँ आगामी दिनहरूमा हामी अन्य साङ्गीतिक यात्रामा जाने छौ। आफ्ना कथाहरू सुनाउन पाउनु एकदम राम्रो कुरा हो। "

अस्ट्रेलियाका आदिवासी समुदायको बहुमूल्य इतिहास, संस्कृति र उपलब्धिहरूको उत्सव स्वरूप मनाइने यो सप्ताह सन् २०१८ मा 'Because of her we can' अर्थात् 'उनको कारणले हामी सक्छौ' भन्ने मूल नाराका साथ मनाइएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now