SKIP TO MAIN CONTENT

मुकेश अम्बानीले ८८ मिलियनमा किने २५९ वर्ष पुरानो खेलौना पसल

एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले बेलायतमा रहेको २५९ वर्ष पुरानो ह्याम्लिज खेलौना पसल ८८ मिलियन (८ करोड) डलर तिरेर आफ्नो बनाएका छन्।

Mukesh Ambani-Reliance Industries-Petroleum-Oil
Mukesh Ambani-Reliance Industries-Petroleum-Oil Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

यस अघि एक चिनिया व्यापारिक समूहको स्वामित्वमा रहेको ह्याम्लिज खेलौना पसल किन्नको लागि भारतीय व्यापारी मुकेश अम्बानीले ८८ मिलियन डलर खर्चिएका हुन्।

अम्बानीको रिलायन्स ब्राण्डले हंगकंगमा अवस्थित चिनिया फेसन समूह सी. ब्यानर इन्टरनेशनल होल्डिंग्स् बाट उक्त पसल किनेको घोषणा गरेको छ।

Hamleys toy store in London.
Hamleys toy store in London. Source: EPA

सन् १७६० मा स्थापना भएको ह्याम्लिज खुद्रा पसल विश्वकै सबैभन्दा पुरानो खेलौना पसल मध्येको एक हो।

२५९ वर्षको अवधिमा धेरै पटक किनबेच गरिएको ह्याम्लिजको विश्वका १८ राष्ट्रहरूमा १६७ वटा पसल रहेको छ।

यस अघि नै रिलायन्सले फ़्राञ्चाइज सम्झौता मार्फत भारतका २९ वटा सहरहरूमा ८८ ह्याम्लिजका पसलहरू सञ्चालन गरिरहेको छ।

पछिल्लो समयमा प्रख्यात ह्याम्लिजले घाटा व्यहोरी रहेको कारण सी. ब्यानरले आफूले किनेको भन्दा झन्डै आधा रकममा रिलायन्सलाई बेचेको बताइएको छ।

ह्याम्लिजको मुख्य पसल लन्डनको पर्यटकीय क्षेत्रमा अवस्थित रहेको छ भने लामो इतिहास बोकेको उक्त पसलले मात्र वार्षिक ५० लाख पर्यटकहरू आकर्षित गर्ने गरेको छ।

विश्वका धनीहरूको सुचीमा पर्ने रिलायन्सका मालिक मुकेश अम्बानीको सम्पत्ति ५० बिलियन डलरको भएको फोर्ब्स पत्रिकाले जनाएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now