SKIP TO MAIN CONTENT

लुक्ला एर्पोर्टमा दुर्घटना - कम्तिमा ३ को मृत्यु

सोलुखुम्बु एर्पोर्टमा विमान र हेलिकप्टर ठोकिँदा तीन जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

A Summit Air Let L-410 Turbolet aircraft is seen after it hit two helicopters during take off at Lukla airport in Nepal.
A Summit Air Let L-410 Turbolet aircraft is seen after it hit two helicopters during take off at Lukla airport in Nepal April 14 (Photo by STR/AFP/Getty Images) Source: AFP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

आइतबार बिहान समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर मनाङ्क एअरको हेलिकप्टरमा ठोकिए पछि उक्त दुर्घटना भएको बताइएको छ।

उडान गर्ने क्रममा विमान धानवमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएपछि दुर्घटना भएको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए।

उनका अनुसार उद्धार कार्यमा सुरक्षाकर्मीलाई खटाइएको छ।

स्थानीय समाचारहरुका अनुसार उक्त दुर्घटनामा परि विमानका सहचालक र सुरक्षाका लागि रहेका दुई प्रहरीको मृत्यु भएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now