म्याक्स ७३७ बिमानले पुन:उडान भदै, के होला त सुरक्षित ?

अमेरिकी उड्डयन विभागको अनुमति पछि दुर्घटना पछि विवादमा परेको बोईङको म्याक्स ७३७ विमान पुन:रनवे मा देखिने भएको छ ।

A Boeing 737 Max on display at the Farnborough International Airshow

A Boeing 737 Max on display at the Farnborough International Airshow Source: AAP


मुख्य विषय

  • ७३७ विमान पुनः उडानमा फर्कँदै
  • पूर्ण रूपमा सुरक्षित रहेकोअमेरिकी उड्डयन विभागको भनाई
  • दुर्घटनामा आफन्त गुमाएका भन्छन् विमान नचड्नुस

केही त्रासदीपूर्ण दुर्घटना पछि करिब दुई वर्ष सम्म ग्राउन्डेड बनाइएको बोइङ ७३७  विमानलाई अमेरिकी सङ्घीय उड्डयन विभाग (एफ ए ए) ले उडानको अनुमति दिएको छ ।

विभागले यस कदमलाई “विस्तृत र व्यवस्थित ” भन्दै २० महिने समीक्षा भनेर बताएको छ । यद्यपि विमान दुर्घटनामा आफन्त गुमाएकाहरू भने यसमा विश्वस्त हुन सकेका छैनन् ।

सन् २०१८ मा एस बि एसले इन्डोनेसियाको लायन एयरलाइन्सले सञ्चालन गरेको बोइङ ७३७ को दुर्घटनाका बारेमा रिर्पोटीङ गरेको थियो ।

त्यसको पाँच महिना पछि इथोपियन एयरलाइन्सको बोइङ ७३७ को जेट विमान पुन: दुर्घटनामा पर्‍यो र यस घटना मार्च २०१९ मा उड्डयन सँग सम्बन्धित विश्वभरका नियमकहरुले विमानलाई उड्न नपाउने नियम सहित ग्राउन्डेड गरे ।

Boeing 737 Max 8 aircraft sit parked at Boeing Field in Seattle, Washington US
Boeing 737 Max 8 aircraft sit parked at Boeing Field in Seattle, Washington US Source: AAP

तर हालै अमेरिकी उड्डयन विभागका प्रमुख स्टेफेन डिक्सनले एउटा यस्ता आदेशमा हस्ताक्षर गरेका छन् जसका कारण ७३७ म्याक्स विमानहरू पुनः आकाशमा देखिनेछन् ।

बोइङले विमानको कम्प्युटर सिस्टम र यसमा प्रयोग भएको सफ्टवेयरमा हेरफेर गरेपछि अमेरिकी एयरलाइन्सले ७३७ म्याक्स विमान पुनः रनवेमा देखिने छ ।

सफ्टवेयरको परिवर्तन सँगै भविष्यमा यस्तै दुर्घटना हुने सम्भावना रहदैन् ।

डिक्सन भन्छन् “एफ ए ए टिमले गरेको काममा मलाई गर्व छ, म एक सय प्रतिशत विश्वस्त छु,यो इतिहासमै सबैभन्दा बढी जाँच गरिएको हवाई यातायातको साधन हुनेछ । ”

विमान दुर्घटनाका बारेमा अमेरिकी कङ्ग्रेसमा सुनवाइ भयो र यसमा उड्डयन विभागको आलोचना पनि भयो । बोईङले सुरक्षालाई भन्दा बढी नाफालाई प्राथमिकता दिएको र हतार गरेर विमानका सफ्टवेयर परिवर्तन गरेको आलोचना भएको छ ।

दुर्घटना अनुसन्धानमा खटिएका विज्ञहरूले विमानमा प्रयोग भएको सफ्टवेयरमा खराबी रहेको बताएका थिए । दुई ठुला इन्जिन बिच सन्तुलन गर्न सफ्टवेयरले काम नगर्दा बारम्बार विमानको अघिल्लो भागमा सन्तुलन बिग्रेको र दुर्घटना भएको ठहर गरेका थिए ।

डिक्सन भन्छन् “सफ्टवेयरको परिवर्तन सँगै भविष्यमा यस्तै दुर्घटना हुने सम्भावना रहदैन् ।”

तर इथियोपिया विमानमा दुर्घटना परेर ज्यान गुमाएकी साम्यो स्र्टोमोको परिवार भने अमेरिकी उड्डयन विभागले अनुमति दिए पनि मानिसहरू बोईङ ७३७ म्याक्सका विमानमा उडान भर्न नहुने तर्क गर्छन् ।

Lion Air Boeing 737 MAX 8
Image is for representation purpose only Source: Flickr/Bathara Sakti

नादिया मेलेरोन उनीहरूले समस्या समाधान गर्न पर्याप्त काम नगरेको बताउँछिन् ।

साम्योका पिता म्याक्स स्र्टोमोले कढा शब्दमा भन्छन् “म्याक्स ७३७ को उडानलाई बेवास्ता गर्नुहोस् ,यदि यो विमानमा उडान भदै हुनुहुन्छ भने,आफ्नो बुकिङ परिवर्तन गर्नुहोस् र अर्को विमानमा उडान गर्नुहोस् ”

अमेरिकी एयरलाइन्सले हल आफ्नो उडान तालिकामा बोइङ म्याक्स ७३७ मा लाई समेटेको छ । डिसेम्बर २९ तारिख देखि न्यू योर्क र मियामी बिच यसले उडान भदै छ ।

यसै गरी युनाईटेड एयरलाइन्सले आगामी वर्षको सुरुमा विमानलाई प्रयोग गर्ने बताएको छ ।

उपभोक्ता अधिकारको पक्षमा वकालत गर्ने केही संस्थाहरूले भने म्याक्स ७३७ प्रयोग भए यसको पूर्ण विवरण खुलाउनु पर्नेमा माग राखेका छन् ।

 


3 min read

Published

Updated

By Allan Lee

Presented by Krishna Pokhrel

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now