६ अगस्ट, सन् १९४५ मा अमेरिकी वायु सेनाले जापानका दुई ठुला सहर तहश नहस हुने गरी हमला गरेको थियो ।
इनोला गे नाम दिइएको अमेरिकी वायुसेनाको विमानले ७५ वर्ष अघि, जापानको पश्चिमी सहर हिरोसिमामा पहीलोपटक “लिटल बोई” नाम दिइएको आणविक हतियार अर्थात् एटम बम मार्फत आक्रमण गरेको थियो।
यसको लगत्तै तीन दिन पछि अर्थात् अगस्ट ९ मा “फ्याट म्यान” नामको अर्को आणविक बम नागासाकी सहरमा झारेको थियो।
ती आक्रमणबाट उत्पन्न आणविक विकीरणका कारण जापानमा १ लाख ५० हजार देखी २ लाख २० हजारसम्म मानिसहरूले ज्यान गुमाएको अनुमान छ।

जो मानिसहरू उक्त आक्रमणबाट जोगिए वा त्यसको प्रत्यक्षदर्शीका रूपमा रहे, उनीहरूलाई डर छ कतै उक्त त्रासदीपूर्ण घटनालाई मानिसहरूले भुल्ने त होइनन् भनेर।
उत्तर कोरिया लगायतका केही राष्ट्रले बारम्बार आणविक हतियारको परीक्षण गरिरहँदा उनीहरू चाहन्छन्, विश्व फेरी त्यही दुर्दशाबाट नगुज्रीयोस्।

टोकियो सहरमा लामो समय बासेबास गर्ने जो कोही पनि दक्षिणपन्थी राष्ट्रवादी समूहहरूसँग परिचित रहन्छ।
उनीहरू प्राय भ्यानमा राष्ट्रिय गीत घन्काउँदै सहरका विभिन्न क्षेत्रमा डुलिरहेका हुन्छन् र उनीहरूलाई कतिपयले फ्रिन्ज कट्टरपन्थीका रूपमा पनि व्याख्या गर्दछन् ।
एउटा यस्तै समूह जसको नामर् “सब्जेक्टस् अफ द ग्रेट जापनिज एम्परर्” अर्थात् महान् जापानी सम्राट्को उपज भन्ने जसको अर्थ लाग्छ जसको नेतृत्व हिरोटोमि इगाराशि गर्छन् ।
अमेरिकी आणविक आक्रमणले ७५ वर्ष पुरा गदै गर्दा हिरोटोमि भन्छन् “अब जापानले शान्तिवादी संविधान खारेज गरेर आणविक हतियार निर्माण गर्न थाल्नुपर्दछ, ताकी फेरी हाम्रो भूमिमा कहिल्यै कसैले फेरी आणविक हतियार आक्रमण गर्ने सोच्न नसकोस् ।”

हरेक वर्ष अगस्ट ६ तारिखका दिन जापानका मानिसहरू ७५ वर्ष अघि घटेको त्यो त्रासदीपूर्ण घटनाको स्मरण गर्छन् र त्यसमा मारिने जापानी नागरिकलाई सम्झँदै शोक मनाउँछन्।
तर ३ वर्ष अघि, जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यो परम्परालाई तोड्दै आणविक हतियारको निषेध गर्ने संयुक्त राष्ट्र सङ्घले तयार पारेको सन्धिमा हस्ताक्षर गर्न इन्कार गरे ।
प्रधानमन्त्रीको यो अस्वीकार्यताले थुप्रै जापानीहरूको चित्त दुखेको छ र यसलाई उनीहरूले आश्चर्य मानेका छन्।

प्रधानमन्त्रीको कदमले क्रोधित बनाउने मध्ये ८३ बर्षिया केईको ओरुगा पनि एक हुन्।
उनी भन्छिन् “जापानले आणविक हतियार कहिल्यै उत्पादन नगर्ने प्रतिबद्धता कमजोर हुँदै गइरहेको छ।”
तर विज्ञहरू भन्छन्, जापानले आणविक हतियार उत्पादन गर्न चाहेको भए पहिल्यै सक्थ्यो।
जापानमा अहिले पनि ४७ टन भन्दा बढी प्लुटोनियम छ जुन आणविक हतियार उत्पादन गर्ने अन्य राष्ट्रको तुलनामा सबैभन्दा धेरै परिमाण हो।
यद्धपि यसका बारेमा मानिसहरू चर्चा गर्न चाहँदैनन्।
हिरोसिमा र नागासाकीमा भएको हमला पछि यस्ता विषयमा चर्चा गर्न वर्जित गरिएको छ ।

तर जापानले एक दिन आफ्नै आणविक रोकथाम निर्माण गर्नुपर्दछ भन्ने दृष्टिकोण उग्र दक्षिणपन्थी धार भन्दा पनि पर - सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीसम्मै हावी भएको छ।
हाल अमेरिकी आणविक सुरक्षा छाता भित्ररहेकाले जापान यसमा अघि नबढेको हो।
त्यो डोनाल्ड ट्रम्प राष्ट्रपति नबन्दासम्मको कुरा थियो।
इतिहासमा पहीलोपटक अमेरिकी राष्ट्रप्रमुखद्वारा बारम्बार जापान स्वयम्ले आणविक प्रणाली विकास गर्नुका साथै आफ्नो रक्षा आफैं गर्नुपर्ने बताएका छन्।

ह्वाईट हाउसमा बाराक ओबामाका सुरक्षा विज्ञका रूपमा कार्य गरेका स्टिभ फेटर भन्छन् “मलाई लाग्छ यो सबैभन्दा ठुलो परिवर्तन हो, यदि जापान आफ्नै क्षमतामा बढी भर पर्छ भने उसका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी माथीको विश्वसनियता गुम्ने छ र यो नयाँ प्रशासनका लागि चिन्ताको विषय हो र साथै त्यो विस्वास पुन: प्राप्त गर्न यो प्रशासनका लागि नितान्त जरूरी छ ।”
जापानमा आणविक आक्रमणको ७५ वर्ष पुरा हुँदा संसार कोभिड महामारीको अन्त्यका लागि लडी रहेको छ।
तर जापान, ताइवान, दक्षिण कोरिया लगायतका राजनीतिज्ञहरू भने यदि विशाल अमेरिकी सेनाहरू घर फर्किए त्यसले कस्तो परिणाम ल्याउला भन्ने विचार बिर्मशमा छन्।
