कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति गएका स्थानमा क्याम्पबेलटाउन स्थित नेपाली पसल पनि

त्यहाँ गएका मानिसहरुले रुगा, खोकी लगायत कोरोनाभाइरस संग सम्बन्धित कुनै पनि लक्षण देखिए परिक्षण गराउन पनि आग्रह गरिएको छ।

A Nepali store is among the venues in south west Sydney attended by confirmed cases of COVID-19

A Nepali store is among the venues in south west Sydney attended by confirmed cases of COVID-19 Source: Google Maps

न्यु साउथ वेल्समा गत २४ घण्टा भित्र ७ जनामा कोरोनाभाइरसको स्थानिय सङ्क्रमण पुष्टि हुँदा, पछिल्ला सङ्क्रमित मध्ये केहि दक्षिण पश्चिमी सिड्नी स्थित एक नेपाली पसल पनि गएको अधिकारीहरुले बताएका छन्।

राज्यको स्वास्थ्य बिभागका अनुसार क्याम्पबेलटाउन शहर स्थित रेबी नामक सबर्बमा रहेको प्रसादी नेपाली पसलका साथै ओरान पार्कको वुलवर्थ्स, लेपिङ्ग्टन स्थित आल्डी र टम्पे स्थित आइकीया पसल पनि कोरोनभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिहरु गएका थिए।

गत ३० सेप्टेम्बेर देखि ७ अक्टोबर सम्म दक्षिण पश्चिमी सिड्नीका ती ७ व्यवसायहरु गएका मानिसहरुले कुनै पनि कोरोनाभाइरस अन्तर्गतका लक्षणका लागि ध्यान दिनु पर्ने र लक्षण देखिए तुरुन्तै परिक्षण गराउनु पर्ने अधिकारीहरुको भनाइ छ।

साथै भाइरसको लागि जांच गराए पछि, भाइरस नरहेको नतिजा नआएसम्म मानिसहरु आइसोलेशनमा बस्न जरुरी रहेको पनि न्यु साउथ वेल्स हेल्थले बताएको छ।

परिक्षण गराउन सजिलो बनाउन आज देखि आगामी अक्टोबर १८ तारिक आइतबार सम्म ओरान पार्क स्थित जुलिया रिजर्भ कम्युनिटी सेन्टरमा पनि एक परिक्षण स्थल स्थापना गरिएको छ।

निम्न समय, मिति र स्थान गएका मानिसहरुले कोरोनाभाइरसको हल्का लक्षण अनुभव गरे पनि जांच गराउनु पर्ने अधिकारीहरुको भनाइ छ:

  • वुलवर्थ्स ओरान पार्क, ३५१ ओरन पार्क ड्राइभ, ओरान पार्क

मिति: बुधबार ३० सेप्टेम्बेर बेलुका ५:३० देखि ६:३० सम्म

बिहिबार ८ अक्टोबर बेलुका ५:१५ देखि ६ बजे सम्म

शुक्रबार ९ अक्टोबर बेलुका ६ देखि ६:३० सम्म

  • प्रसादी नेपाली एमरल्ड हिल्स, २ हरिकेन ड्राइभ, रेबी

मिति: शुक्रबार २ अक्टोबर बेलुका ३:३० देखि ४ बजे सम्म

  • एमरल्ड हिल्स म्याकडोनाल्ड्स, १०१ रेबी रोड, लेपिङ्ग्टन

मिति: शुक्रबार २ अक्टोबर बेलुका ५ देखि ५:१५ सम्म

  • फानट्यास्टिक फर्निचर क्याम्पबेल टाउन, ४ ब्ल्याक्सल्याण्ड रोड, क्याम्पबेलटाउन

मिति: शुकबार ९ अक्टोबर बेलुका ३:३० देखि ५:२० सम्म

  • बनिङ्ग्स ग्रेगरी हिल्स, २ रोडेयो रोड, ग्रेगरी हिल्स

मिति: ६ अक्टोबर बेलुका ७ देखि ८ बजे सम्म

  • आइकिया टेम्पे, ६३४- ७२६ प्रिन्सेस हाइवे, टेम्पे

मिति: बुधबार ७ अक्टोबर अपरान्हको १:३० देखि ५:३० बजे सम्म

आफु बस्ने स्थानमा कोरोनाभाइरस परिक्षण केन्द्रबारे जानकारीका लागि आफ्नो जीपीलाई सोध्नुहोस् वा निम्न वेबसाइटमा हेर्नुहोस्।

Coronavirus Shopping Infographics Nepali COVID-19
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 


3 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now