SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स निर्वाचन: प्रमुख दुई दलबीच कडा प्रतिष्पर्धाको सम्भावना

न्यु साउथ वेल्सका बासिन्दाहरूले आज आफ्नो मत हाल्दै आफ्नो राज्यलाई आगामी चार वर्षसम्म कसले नेतृत्व प्रदान गर्छ भन्ने निर्णय लिदैंछन्। यदि दुई ठुला पार्टीहरूको समर्थनलाई हेर्ने हो भने यो निर्वाचनमा गठबन्धन र लेबर पार्टीको जितको सम्भावना समान रहेको छ।

GLADYS BERJIKLIAN MICHAEL
Voting booths have opened across NSW as Gladys Berejiklian tries to hold off Labor's Michael Daley. (AAP) Source: AAP

3 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स राज्य निर्वाचनमा लिबरल प्रिमियर ग्लाडिस बेरेजिक्लीयनका विरुद्धमा लेबर नेता माइकल डेली चुनावी मैदानमा उत्रिएका छन्।

ल्युक फोलीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि अघिल्लो वर्ष नोभेम्बरमा पदबाट राजीनामा दिएपछि उनको पदभार सम्हालेका नेता डेली यो पदको दाबेदार बनेको केही समय मात्र भएको छ।

निर्वाचन प्रचार प्रसारका क्रममा दुवै पार्टीका नेताहरूले राज्यका विभिन्न स्थानमा गएर त्यहाँका बासिन्दाहरू सँग भेट्ने, सेल्फी लिने र ठुला लगानीका आश्वासनहरू दिन व्यस्त थिए।

यो राज्य निर्वाचनमा दुवै पक्षबाट फुटबल स्टेडियमलाई प्रचार अभियानको प्रमुख मुद्दा पनि बनाइएको थियो।

The NSW State Labor Party election campaign launch in Revesby.
The NSW State Labor Party election campaign launch in Revesby. Source: AAP

गठबन्धन सरकार ७ सय ३० मिलियन डलर खर्चिएर सिड्नी फुटबल स्टेडियमलाई भत्काएर पुन निर्माण गर्ने पहिलो चरणमा रहेको थियो।

तर यो निर्णय बाट सर्वसाधारण असन्तुष्ट रहेको आभास भएपछि विपक्षी पार्टीका माइकल डेलीले स्टेडियम भत्काउने कार्यलाई निर्वाचन सम्पन्न नहुन्जेल रोक्न आव्ह्वान गरेका थिए।

लेबरले उक्त स्टेडियम भत्काउनुको सट्टा यसको मर्मत गर्ने खर्च सिड्नी क्रिकेट ग्राउण्ड ट्रस्ट बाट निकाल्ने घोषणा गरेको थियो। लेबरले यही विषयलाई निर्वाचनको प्रमुख नारा बनाएको छ, 'विद्यालय र अस्पताल, सिड्नी स्टेडियम होइन'

यता प्रिमियर बेरेजिक्लीयनले 'न्यु साउथ वेल्सले सबै कुरा पाउनु पर्छ' भन्दै गर्दा सरकार भने यस योजना प्रतिको आफ्नो प्रतिबद्धतामा अडिग रहेको देखिन्छ।

पछिल्ला केही वर्ष यता जलवायु परिवर्तनको मुद्दा पनि राज्य निर्वाचनमा मत हासिल गर्ने प्रमुख विषय बन्ने गरेको छ।

लिबरलले वर्ष २०५० सम्ममा न्यु साउथ वेल्स राज्यको कार्बन उत्सर्जन शून्य बनाउने बताइरहँदा लेबरले पनि २०३० सम्म नवीकरणीय ऊर्जा ५० प्रतिशतमा पुर्‍याउने घोषणा गरेको छ। र २०५० सम्ममा राज्यलाई शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने बनाउने लक्ष लिएको छ।

साथै लेबरका माइकल डेलीले आफ्नो सरकारले छुट्टै जलवायु परिवर्तन मन्त्री समेत नियुक्त गर्ने बताएका छन्।

लेबरले शिक्षाको क्षेत्रमा ठुलो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ जस अन्तर्गत नयाँ विद्यालय बनाउने र प्रवर्धन गर्ने साथै गोन्स्कि सम्झौतालाई २०२७ सम्ममा पूर्णतया लगानी गर्ने र त्यसका लागी २.७ बिलियन डलर छुट्ट्याइने पनि बताउँदै आएको छ।

गोन्स्कि सम्झौता भनेको शिक्षा क्षेत्रको विकासका लागी अस्ट्रेलियाका विद्ध्यालयहरूमा गरिने लगानीका बारेमा सुझावहरू दिइएको एक प्रतिवेदन हो।

NSW Premier Gladys Berejiklian at the Liberal election launch.
NSW Premier Gladys Berejiklian has launched the Liberals campaign for the March 23 election. (AAP) Source: AAP

सङ्घीय शिक्षा मन्त्रीद्वारा २०११ मा आयोजित उक्त सुझाव सङ्कलनको अन्तिम प्रतिवेदनका लेखक डेभिड गोन्स्कि एसी का नामबाट सो सुझाव प्रतिवेदनलाई चिन्ने गरिन्छ।

र शिक्षा क्षेत्रको लागी लगानी गर्ने प्रतिबद्धताबाट गठबन्धन पनि पछाडि हटेको छैन।

गठबन्धनले ५ हजार नयाँ शिक्षकहरूलाई नियुक्ति दिन र १ सय ७० विद्यालयहरूलाई पुनर्निर्माण गर्न २ बिलियन डलर खर्चिने बताउँदै आएको छ।

यातायात भनेको यो निर्वाचनको अर्को प्रमुख मुद्दा हो।

ग्लाडिस बेरेजिक्लीयनले मेट्रो वेस्ट रेल आयोजनामा थप ३.४ बिलियन डलर खर्चिने प्रतिबद्धता व्यक्त गरेकी छन् त्यस्तै सेन्ट मेरिज स्टेसनलाई पश्चिमी सिड्नीको बेजरि क्रीकमा बन्दै गरेको नयाँ विमानस्थलसँग जोड्ने पनि उनको भनाइ रहेको छ।

त्यस्तै लेबरले मेट्रो वेस्ट आयोजनाका लागी ५ बिलियन लगानी गर्ने बताएको छ।

र स्वास्थ्यका लागी सरकारले २९ अस्पताल तथा स्वास्थ्य केन्द्र भवनहरूको मर्मत सम्भार र ५ हजार नर्स र मिडवाइफ़हरू थप्ने योजना सार्वजनिक गरेको छ।

नर्स र बिरामीको सङ्ख्याको अनुपात मिलाउने नीति अन्तर्गत लेबरले २ सय ५० मिलियन राज्यको मानसिक स्वास्थ्य सेवाहरूका लागी खर्चिने जनाएको छ।

दुवै पार्टीले स्थानीय समस्याहरूलाई महत्त्व दिइरहेको भए पनि सङ्घीय राजनीतिले पनि केही मतदाताहरूमा प्रभाव पार्ने देखिन्छ।

NSW State elections
A supporter carrying an election billboard at the Sylvania Heights Public School, New South Wales election day in Sydney, Saturday, 23 March 2019. Source: AAP

पछिल्ला केही राज्य र सङ्घीय उप निर्वाचनहरूमा मत परिणाम स्वतन्त्र उम्मेदवारहरूको पक्षमा देखिएको थियो।

यति राज्य निर्वाचनमा पनि यस्तै अवस्था रहिरह्यो भने क्रसबेञ्चर हरूको सङ्ख्या बढ्ने देखिन्छ।

न्यु साउथ वेल्स विश्वविद्यालयका राजनीति विज्ञ मार्क वुल्फ यो अवस्थालाई हेर्दा लेबर वा गठबन्धनको अल्पमतको सरकार बन्ने दह्रो सम्भावना रहेको छ।

तर उनले अल्पमतको सरकार न्यु साउथ वेल्स राज्यका लागी खराब भने नहुने बिचार व्यक्त गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now