SKIP TO MAIN CONTENT

अब अस्ट्रेलियालीहरुका लागी अमेजनका सेवा परिवर्तन हुने

अमेजनका विदेशी अनलाइन भण्डारहरूबाट सामानहरु किन्न अष्ट्रेलियालीहरु चाँडै नै असक्षम हुनेछन् ।

Australians won't be able to buy items from Amazon's US website.
Australians won't be able to buy items from Amazon's US website. Source: Reuters

1 min read

Published

Updated

By Evan Young, SBS Nepali

Source: SBS


Skip to article content

अमेजनको यो कदम अष्ट्रेलियाको वस्तु तथा सेवा कर, वा जीएसटीमा भएका नयाँ परिवर्तनहरूको प्रतिक्रियामा आएको हो ।

यस समाचारले मिश्रित प्रतिक्रियाहरू प्राप्त गरिरहेको छ।

अस्ट्रेलियालीहरु बर्षौंदेखि Amazon.comको माध्यमबाट निर्वाधरुपमा विश्वको कुनै पनि कुनाबाट सामानहरु किनिरहेका छन्।

तर, पहिलो जुलाईदेखि अष्ट्रेलियालीहरुले अमेजनको विदेशी साइटहरूमा गर्ने भ्रमण अवरुद्ध हुनेछ र उनीहरुलाई Amazon.com.au तर्फ पुन: निर्देशित गरिनेछ।

यस कदमले अष्ट्रेलियाको जीएसटीमा भएका परिवर्तनहरूसँग मेल खाएको छ, जस अनरुप अनलाइन बिक्रेताहरुले विदेशी साइटबाट बेच्न्ने सामानहरूमा १०%का दरले कर लागू गर्नुपर्नेछ ।

उक्त कर हाल १,००० डलर भन्दा माथिको आयातमामात्र लागू हुन्छ।

एसबीएसलाई दिएको एक विवरणमा, अमेजन भन्छ कि उक्त परिवर्तनले उसलाई आस्ट्रेलियाई कानून भित्र रहेर काम गर्न अनुमति दिन्छ।

ट्रेजरर स्कट मोरिसन उक्त व्यवस्था परिवर्तनले अष्ट्रेलियन व्यवसायीहरूको लागि बराबर मौका सिर्जना गर्छ भन्ने तर्क राख्दछन् ।

तर, अस्ट्रेलियन ट्याक्स्पेय्र्स अल्लायांस नामक एक संस्थाले एक वक्तव्य जारी गरि भनेको छ कि यसले खाली अस्ट्रेलियाली उपभोक्ताहरुलाई दण्डित मात्र गर्नेछ।

अमेजनको प्रतिद्वन्द्वी अनलाइन खुद्रा विक्रेता ईबेले भने अन्तर्राष्ट्रिय साइटहरूबाट आस्ट्रेलियालीहरुलाई पुनर्निर्देशित गर्ने आफ्नो कुनै योजना नभएको जनाएको छ।

अमेजनले आफ्नो अस्तेलियन साईट गत डिसेम्बर महिनादेखि संचालनमा ल्याएको हो। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now