मुख्य बिषय:
- पोलाचेन भरिद, सजु कुन्जुवरेद र सिबु लोनाकुन्जीलाई एबिएफले पर्थ विमानस्थलबाट ११० घण्टा नियन्त्रणमा लिएको थियो।
- ती तीन व्यक्ति अस्ट्रेलिया पर्यटक भिसामा आएका थिए।
- अध्यागमन मन्त्रीले 'त्रुटि' भएको स्विकारेपछि उनीहरूले क्षतिपूर्तिका लागि माग गरेका छन्।
बिहीबार १ सेप्टेम्बरका दिन पर्थ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तीन भारतीय पर्यटकलाई अस्ट्रेलियन बोर्डर फोर्सले नियन्त्रणमा लिएको थियो।
एकै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर ११० घण्टा राखेपछि उनीहरूको भिसा रद्द गरी डिर्पोट गर्ने तैयारी गरियो।
“मलाई अपराधीलाई जस्तै गरी प्रश्नहरू सोधिए, पाँच दिन हिरासतमा लिइयो, केवल यस कारण कि मैले मेरी श्रीमतीलाई सँगै लिएर आइन,” पोलाचन भरिदले एसबीएस पन्जाबीसँग भने।
“के पर्यटकलाई यहाँ यस्तै व्यवहार हुन्छ?”
उनीहरूले भिसा आवेदन दिने क्रममा खुलाइए बमोजिम श्रीमती 'सहयात्री' सँग नआएको अध्यागमन विभागले उनीहरूलाई जानकारी गराएको थियो।
“विभागको प्रणालीमा भिसा आवेदन गर्दा, तपाईँले आफ्नो जीवनसाथी दाबी गरेको व्यक्ति हाल अस्ट्रेलियामा नभएको देखिन्छ,” भिसा रद्द गर्ने राय सहितको पत्रमा भनिएको छ।
“यसले तपाईले भिसा आवेदन गर्दा, गलत जवाफ दिएको पुष्टि गर्दछ।”

यद्यपि मेलबर्न स्थित फेडरल कोर्ट अगाडी भने अध्यागमन अधिकारीहरूले 'कानूनी त्रुटि'का कारण यस्तो भएको स्विकारेका थिए।
सरकारी निर्णयलाई अदालतले खारेज गरिदिएपछि पोलाचन लगायतका अन्य दुई व्यक्तिलाई हिरासत मुक्त गरिएको थियो।
“मन्त्रीका प्रतिनिधिले आप्रवासन ऐन १९५८ को धारा १०१(बी)लाई गलत अर्थ लगाए।” अदालतको आदेशमा भनिएको छ।
अस्ट्रेलियाका लागि आवेदन दिने समयमा सहयात्रीका बारेमा दिइएको जानकारी गलत नरहेको अदालतले फेला पारेको छफेडरल सर्किट कोर्ट
अदालतले अध्यागमन मन्त्रालयलाई पर्यटकहरूको कानुनी खर्च बेर्होन समेत आदेश दिएको छ।
गृह मामिला विभागमा यस विषयमा जानकारी माग गर्दा, कुनै एक केसका विषयमा मात्र विभागले टिप्पणी नगर्ने जवाफ दिएको छ।
“भिसा रद्द गर्ने अधिकारले अस्ट्रेलियाली समुदायको सुरक्षा र अस्ट्रेलियाली सिमाना र भिसा कार्यक्रमको अखण्डताको सुरक्षा गर्दछ,” इमेल मार्फत पठाइएको जवाफमा भनिएको छ।
'हाम्रा अधिकारहरू कहाँ छन् त?'
पोलाचेन भरिद, सजु कुन्जुवरेद र सिबु लोनाकुन्जी पर्थ विमानस्थल पुगुन्जेलसम्म निकै खुसी थिए, उनीहरू पारिवारिक समारोहमा सरिक हुन त्यहाँ पुगेका थिए।
“मेरा ज्वाइँ, बिजु पल्लनले हामीलाई बोलाएका थिए, उनको छोरीको होली कम्यूनीयनमा सरिक हुन हामी आएका थियौ, हामी पर्यटक भिसामा यात्रा गरिरहेका थियौ,” उनले भने।
अस्ट्रेलिया बसाईभर उनीहरू ज्वाइँसँगै बस्ने योजनामा थिए भने 'सहयात्री' सँगै आउनु पर्ने कुनै अवस्था पनि भिसामा उल्लेख गरिएको थिएन।
“म र अन्य दुईले भिसा आवेदन गर्दा श्रीमतीहरू पनि सँगै आउँछन् भनेर आवेदन दिएका थियौ, तर पछि उनीहरू आउन चाहेनन्, भिसामा पनि हामीसँगै आउनु पर्छ भनेर कहीँ लेखिएको थिएन,” उनले भने।

तीन पर्यटक र उनका श्रीमतीलाई तीन बर्से पर्यटक भिसा दिइएको थियो।
परिवारका अन्य सदस्यले भिसा नपाएपछि उनीहरूका श्रीमती आउन चाहेनन्।
एबीएफले उक्त निर्णयलाई गैर कानुनी भन्छ भनेर आफूले कहिल्यै नसोचेको पल्लन बताउँछन्।
“यो एक पारिवारिक निर्णय थियो, मेरा दुवै दिदिहरुले, अर्की दिदीको भिसा नलागेपछि नआउने निर्णय गरे,” उनले भने।
भरिद भन्छन् कि विमानस्थलको अध्यागमनमा पुगेपछि एबिएफले उनीहरूलाई छुट्टा छुट्टै कोठामा राखी सोधपुछ थालेको थियो।
“पर्थमा हामी साँझ पाँच बजेतिर पुगेका थियौ, उनीहरूले मध्यरातसम्म हामीलाई सोधपुछ गरे, मोबाइल र हाम्रो ब्याग पनि हामीलाई दिइएन, के भइरहेको छ मैले केही बुझेकै थिएन।”
अध्यागमन अधिकारीहरूले तिमीहरू अस्ट्रेलियामा गैर कानुनी रूपमा काम गर्न आएका हौ भनेर सोधेका थिए।
तीन थरी अधिकारीहरू आएर हामीलाई अपराधी जस्तै प्रश्न सोधे
भरिदका अनुसार अधिकारीहरूले दोभासे लगाएर उनीहरूलाई एउटै प्रश्न बारम्बार सोधी रहे।
“मैले पारिवारिक कार्यक्रममा भाग लिन यहाँ आएको बताइरहे, तर उनीहरू श्रीमतीलाई किन ल्याइनस् भन्दै झुट बोलेको हो भनेर सोधी रहेका थिए,” उनले भने।
उता लोनाकुन्जीलाई पनि उस्तै प्रश्न सोधिएको थियो।
“मैले साथीभाइबाट अस्ट्रेलियाका बारेमा राम्रा कुराहरू सुनेको थिए,” लोनाकुन्जीले भने।
मैले सुनेको थिए कि अस्ट्रेलियाले मानवअधिकारलाई सम्मान गर्छ, हाम्रो अधिकार कहाँ थियो त खै, हामीलाई त अपराधी जस्तै व्यवहार गरियो, केवल यस कारण की हामीले श्रीमती ल्याएनौ?सिबु लोनाकुन्जी
एबीएफको हस्तक्षेप
वेस्टर्न अस्ट्रेलिया स्थित जातीय सामुदायिक परिषद्का अध्यक्ष सुरेश राजन एबीएफले यस घटनामा बढी नै दक्खल गरेको आरोप लगाउँछन्।
“उनीहरूले कानुनी त्रुटि भनेर दिएको जवाफ नै वास्तवमा विचित्रको छ,” उनले भने।
“यस कार्यले विदेशी आगन्तुकहरूको समूहलाई कानुनी रूपमा भिसाको समय भन्दा बढी बस्न चाहने समूहका रूपमा चित्रित गरेको छ, यो करदाताको पैसाको पूर्ण बरबादी हो, यसले यहाँ रहेका र विदेशमा रहेकाहरूलाई निराश पारेको छ।”
उनका अनुसार पर्यटनलाई उकास्न विदेशी पर्यटकको आस गरिरहेको अस्ट्रेलियाका लागि यो निकै निराशाजनक घटना हो।
तीन जना आफन्तलाई अस्ट्रेलिया भेट्न बोलाएका बिजु पल्लन, यस घटनाले आफ्नो पारिवारलाई निकै तनाव दिएको बताउँछन्।
“म, मेरी श्रीमती र तीन जना छोराछोरी पाँच बजेदेखि उनीहरूको पखाईमा पर्थ विमानस्थल बाहिर बसेका थियौ, मेरा छोराछोरीले अङ्कलहरूलाई आठ वर्षदेखि भेटेका थिएनन्," उनले एसबीएससँग भने।
“एबीएफ अफिसरले मलाई फोन गरेर कसलाई कुरिरहेको भनेर सोधे, केही घण्टा पछि तीन जना अफिसर आएर मलाई सबैको अगाडी सोधपुछ गर्न थाले।”

पल्लनका अनुसार उनको घर, व्यवसाय र गाडी कति वटा छन् भनेर प्रश्न गरिएको थियो।
“मैले उनीहरूलाई कसरी राख्छु भनेर अधिकारीहरू जान्न चाहन्थे, कसरी घुमाउन लैजान्छु वा उनीहरूको बसाई कसरी धान्न सक्छु भनेर प्रश्न सोध्थे, मेरो बैङ्क अकाउन्ट र मेरो कारको फोटो पनि देखाउन लगाए,” उनले भने।
“सार्वजनिक स्थानमा मलाई यो सब देखाउन लगाइयो, त्यो देखेर मेरो छोरी रुन थाली।”
कति जनाले लड्ने हिम्मत गर्न सक्छन?
पल्लन भन्छन् कि उनीहरूको भिसा रद्द गर्ने र हिरासतमा लिने जानकारी पाएपछि उनले कानूनी लडाई लड्ने निर्णय गरे।
“उनीहरूलाई डिर्पोट गरिँदा, उनीहरूको समाजीक प्रतिष्ठामा धक्का पुग्थ्यौ, यसले परिवारलाई समेत क्षति पुग्थ्यौ, कानुनी बाटो अपनाएर आउँदा पनि किन उनीहरूलाई गैर कानुनी रूपमा घुस्न खोजेको जस्तो व्यवहार गरियो?”
पर्थका अध्यागमन वकिलहरूले एबीएफ विरुद्ध केस लिन आनाकानी गरे, उनले मेलर्वनमा बिलोइला परिवारको केस लिएकी मेलबर्नकी वकिल करीना फोर्डसँग सहयोग मागे।
“कानुनी लडाई महँगो हुन्छ तर म यसका लागि जाने निर्णय गरे।”
अरू कति मानिसले यस्तो जोखिम लिन सक्छन्? कानुनी लडाइ लड्न नसकेर कति मानिसहरू डिर्पोट भए होलान्?बिजु पल्लन
पल्लन भन्छन् कि अब परिवारले सरकारसँग क्षतिपूर्ति माग गरेको छ।
हामी निकै तनावबाट गुज्रियौ, भारतमा रहेका सबै परिवार रोइरहे, मैले तीन दिनसम्म काम गर्न पाइन्, मेरो व्यापार घाटामा गयो, केवल एउटा त्रुटिले गर्दा, के हामीले क्षतिपूर्ति पाउनु पर्दैन?
