SKIP TO MAIN CONTENT

अभिभावकको दीर्घकालिन भिषा सम्बन्धमा छिट्टै निर्णय हुने

Parents Visa
Source: Getty Images

1 min read

Published

By SBS Punjabi

Presented by SBS Nepali

Source: SBS Punjabi


Skip to article content

अस्ट्रेलियाका अध्यागमन मंत्रीले अभिभावकको दीर्घकालिन भिषा सम्बन्धमा सरकारले छिट्टै निर्णय गर्ने बताएका छन्। SBS रेडियोको पंजाबी सेवा संग कुरा गर्दै मंत्री पीटर डट्टनले आफ्नो कार्यदलले जे जस्तो तरिकाले व्यवहारिक हुन्छ, त्यसै अनुरुप यस बिषयलाई लिएर नीति बनाउने र त्यसलाई सार्वजनिक गर्ने बतए।

पछिल्लो निर्वाचनमा, मंत्री डट्टनको दल, लिबरल गठबन्धनले नियम पुगेमा अभिभावकहरुले लगातार पाँच बर्ष सम्म बस्न पाउने प्राबधान थप गर्ने बताएको थियो। बिपक्ष लेबर दलले भने ३ बर्षको समयावधि तोकेको थियो। हालको नियम अनुसार, अभिभावक भिषामा आएकाहरु लगातार १२ महिना भन्दा बढी समय अस्ट्रेलियामा बिताउन पाउदैनन।

थप समाचारका लागि यो लिंकमा जानुहोस्।

http://www.sbs.com.au/yourlanguage/punjabi/en/content/long-stay-visa-announcement-soon-no-fixed-timeframe-says-dutton


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now