SKIP TO MAIN CONTENT

टीपीजी र भोडाफोन 'मर्जर' अस्वीकृत

अस्ट्रेलियाको उपभोक्ता तथा प्रतिस्पर्धा नियमक एसीसीसीले टीपीजी र भोडाफोन हचिन्सन अस्ट्रेलिया बीच हुने भनिएको विलयलाई रातो झण्डा देखाएको छ।

TPG Vodafone logo
Source: New Daily

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

एसीसीसीले भोली मात्र सार्वजनिक गर्ने भनिएको आफ्नो निर्णय एक प्राविधिक गडबडीका कारण आज दिउँसो नै आफ्नो वेबसाइटमा प्रकाशित भएपछि दुबै कम्पनीका शेयरहरुमा भारी गिरावट आएको छ।

टीपीजीको शेयर १४. ३९ प्रतिशतले घटेर  ६.०४ डलर पुगेको छ भने भोडाफोन हचिन्सन अस्ट्रेलियाको शेयरमा २८ प्रतिशतले ह्रास आएर १.५ सेन्ट पुगेको छ।

गत सेप्टेम्बर महिना देखि विलय प्रकृया अध्यन गरिरहेको एसीसीसीले विस्तृत जानकारी चांडै नै जारी गर्ने बताएको छ।

उसले गत डिसेम्बर महिनामा टीपीजी र भोडाफोनसँग थप प्रस्टीकरण माग्दै, विलयका लागि आफुले अनुमति दिएमा अस्ट्रेलियन दुरसंचार क्षेत्रमा प्रतिस्पर्धा कम हुने बताएको थियो।

टीपीजी र भोडाफोनबाट प्रतिक्रिया आउन बाँकी छ।  


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now