SKIP TO MAIN CONTENT

एडिलेडका स्याहारकर्मी अर्जुन कँडेल बलात्कारको आरोपमा दोषी ठहर

बौद्धिक असक्षमता भएकी एक महिला माथि आवासीय हेरचाह केन्द्रमा यौन दुर्व्यवहार गरेको आरोपमा अर्जुन कँडेललाई दोषी पाइएको छ।

RDNE Stock project.png
Representative image. Credit: RDNE Stock project

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

उक्त स्याहार केन्द्रमा एक हेरचाहकर्ता रूपमा काम गर्दा, ७ अगस्ट २०२० मा अपराधजन्य क्रियाकलाप गरेको आरोप उनीमाथि लगाइएको थियो।

घटना भएको दुई दिन पछि प्रहरीलाई स्याहार केन्द्रमा बोलाइएको थियो।

उक्त समयमा ५९ र ३५ वर्ष उमेर रहेका दुई महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको दोष कँडेललाई लगाइएको थियो।

दोस्रो पिडितलाई आफूले उत्तेजित रूपमा अनुचित आक्रमण र बलात्कार गरेका दोषहरू कँडेलले स्वीकार गरेका छन्।

न्यायाधीश लिसल कुडेल्काले मङ्गलवार, मे २१ मा एलिजाबेथ म्याजिस्ट्रेट्स कोर्टमा भएको सुनुवाइका क्रममा भनिन्, “म यथोचित शङ्काको परिधीभन्दा बाहिर सन्तुष्ट छु कि अभियुक्तलाई महिलाले सहमति नदिएको कुरा थाहा थियो।”

“त्यस दिन महिलाको जिम्मेवार स्यार्कर्ताको हिसाबले, तिनलाई कुन स्तरको स्याहार आवश्यक छ भन्ने कुरा उनलाई अवश्य पनि थाहा थियो र किन त्यो स्तरको भन्दा, किटेरै भन्नुपर्दा, ती महिलालाई उक्त स्तरको स्याहार चाहिनुको कारण तिनको बौद्धिक स्तर निकै सिमित थियो।”

पहिलो पीडितको सम्बन्धमा भने डिस्ट्रिक्ट कोर्ट न्यायाधीश कुडेल्काले कँडेललाई उत्तेजित रूपमा अनुचित आक्रमणको आरोपमा दोषी पाइनन्।

“अभद्र व्यवहार भएको हो भन्ने कुरामा म सन्तुष्ट छु, तर म यसको प्रकृति बारे अनिश्चित छु,“ उनले भनिन्।

जुनमा कँडेलले आत्मसमर्पण गरेपछि अर्को पेशी हुने तय गरिएको छ।

उपस्थित हुने सर्तमा हाल उनी जमानतमा छन् र उनको पासपोर्ट अदालतको हिरासतमा रहने छ।

सजाय भने जुलाईमा सुनाइने छ ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now