SKIP TO MAIN CONTENT

तलब नदिएकोबारे प्रश्न गर्ने एक महिला माथि कथित हातपात गर्ने पुरुषलाई एडिलेडमा पक्राउ

कथित हिंसाको भिडियो सामाजिक संजालमा व्यापक मात्रामा प्रचार भएपछि साउथ अस्ट्रेलियाली प्रहरी द्वारा एक पुरुषलाई हिरासतमा लिइएको हो।

A video shared on social media appeared to show the woman confronting her employer about unpaid wages before she was assaulted by another man.
A video shared on social media appeared to show the woman confronting her employer about unpaid wages before she was assaulted by another man. Source: Supplied

2 min read

Published

Updated

By Maani Truu

Presented by SBS Nepali

Source: SBS



Skip to article content

एडिलेड स्थित एक बबल चिया पसलमा कार्यरत एक महिलाले आफुलाई तलब नदिएकोबारे आफ्नो रोजगारदातासंग कुरागर्ने क्रममा उक्त महिला माथि कथित हातपात गरेको आरोप रहेको छ। 

घटना पछि प्रहरी द्वारा एक ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो। 

शुक्रबार बेलुका उक्त घटना भएको बताउने एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो।

उक्त भिडियोमा मान्डारिन भाषा बोल्ने एक महिलाले एडिलेडको चाइनाटाउनमा रहेको पसलमा एक पुरुषलाई आफुलाई केहि दिनको तलब नदिइएको कथित आरोप लगाएको देखाइएको छ।

उक्त महिलाको रोजगारदाता रहेको देखिने पुरुषले चाहिं उनको काम परिक्षण कालको समयमा भएकोले उनले तलब नपाउने बताएको भिडियोमा देखिएको छ।

दुवै बिच बहस चर्कदै गर्दा, कालो टिशर्ट लगाउने एक दोस्रो पुरुष आएर उक्त महिलालाई झापड हान्दछन्। त्यस घटना पछि पसलमा रहेका अन्य मानिसहरु पनि उक्त महिला र पुरुषलाई छुट्टाउने प्रयास गर्दछन्।

केहीबेरमै उक्त दोस्रो पुरुषले एक महिलालाई पेटमा खुट्टाले हिर्काएको पनि भिडियोमा देखिएको छ।

साउथ अस्ट्रेलियाली प्रहरीका एक प्रबक्ताले उत्क घटनाबारे पुष्टि गर्दै, पिडित महिला एक २० वर्षीय एडिलेड निवासी रहेको बताए। साथै घटना पछि उक्त महिलालाई उपचारको लागि शाही एडिलेड अस्पताल लागिएको पनि प्रबक्ताले बताए।

मङ्गलबार बेलुका प्रहरी द्वारा सार्वजनिक गरिएको एक बिज्ञप्तिका अनुसार, "पूर्वी जिल्ला प्रहरी द्वारा हिंसाको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको थियो"

उक्त पुरुषलाई हाल जमानतमा रिहा गरिएको छ र उनि आगामी ७ मे मा एडिलेड अदालतमा हाजिर हुनेछन्।

घटनाबारे थप छानबीन भैरहेको प्रहरीको भनाइ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now