सोमबार संसद समक्ष बोल्दै सन् १९७० को दशकमा तात्कालिन प्रधानमन्त्री मेल्कल्म फ्रेजरको सरकारले केहि लेबनानी शरणार्थीहरुलाई अस्ट्रेलिया ल्याएर गल्ति गरेको भनि डटनले बताएका थिए।
"यो देशमा आतंकबादसँग संबन्धित मुद्दामा आरोपीत घोषित गरिएका ३३ जना मध्ये २२ जना दोस्रो वा तेस्रो पीडिका लेबनीज मुसलमान पृष्ठभूमिका रहेका छन्", डटनले बताए।
लेबनीज मुस्लिम संगठनका अध्यक्ष समीर डानडान भन्छन् कि मन्त्रीको उक्त भनाइमा जातिवाद झल्किन्छ।
यो पुरै समुदायलाईनै एकै नजरले हेर्ने आघातपूर्ण कदम रहेको डानडान बताउँछन्। मन्त्री डटन द्वारा लेबनीज समुदायको योगदानलाई अवमुल्यन गरेको पनि उनले आरोप लगाए।
अध्यागमन मन्त्रीको कडा आलोचना गर्नेहरुमा उनका संसदीय सहकर्मीहरु पनि रहेकाछन्।
प्रतिपक्षी लेबर पार्टीका अध्यागमन प्रबक्ता क्रिस बोवेनले अध्यागमन सम्बन्धि देशमा जारी बहसलाई डटनले झनै तल्लो स्तरमा पुर्याएको आरोप लगाए।
आफुले असम्भव सोचेको कुरालाई पिटर डटनले गरि देखाएको उनले बताए। कुनै दोस्रो वा तेस्रो पीडिका अस्ट्रेलियालीहरुले गरेको गतिविधिलाई लिएर उनिहरुका आमा बाबु वा हजुरबा हजुरआमाहरुलाई यहाँ नल्याएको भए हुने भनि बताउँनु अतिनै असामान्य रहेकोछ।
ग्रीन्स पार्टीका सभासद निक मक-किमले पनि लेबनीज समुदायझैं श्री डटनलाई अध्यागमन मन्त्रालयबाट हटाइनुपर्ने मांग गरेकाछन्।
डटन द्वारा यस प्रकारका व्यवहार पटक पटक देखाएकोले पनि उनि जातिवादी भएको देखाउँने मक-किमले बताए।
तर प्रधानमन्त्री मेल्कल्म टर्नबुलले भने आफ्ना अध्यागमन मन्त्रीको बचाव गर्दै पुर्व सरकारी नीतिहरुको मुल्यांकन गर्दै त्यसबाट पाठ सिक्नुपर्ने जोड दिएकाछन्।
