SKIP TO MAIN CONTENT

आगो सल्काई बस चालक माथि आक्रमण

Bus driver attacked
Source: AAP

1 min read

Published

Updated


Skip to article content

ब्रिसबेनबेनमा आज बिहान एक बस चालकमाथि ज्वलन सिल पदार्थ खनाई, आगो लगाईए पछि उनको ज्यान गएको छ। भारतीय पृष्टभूमि रहेको बुझिएका ती चालक माथि त्यसरी आक्रमण गर्ने एक ४८ बर्षीय पुरुषलाई सुरक्षाकर्मिहरुले घटनास्थलबाटै हिरासतमा लिएका थिए।

प्रत्यक्ष दर्शीहरुका अनुसार, त्यसरी चालकमाथि आक्रमण भएपछि त्यहाँ छेउमै रहेका एक ट्याक्सी चालकले बसको पछाडी को ढोका फोडी धेरैको ज्यान बचाएका थिए। प्रहरीले घटना आतंकबाद संग सबन्धित नरहेको बताएको छ।

पछिल्ला केहि महिना देखि ब्रिसबेनका बस चालकहरु माथि आक्रमण बढ़दै गएको बताईन्छ। केहि महिना अघि मात्र त्यहाँको राज्य सरकारले चालकहरुको सुरक्षा सम्बन्धमा समिक्षा गरेको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now