SKIP TO MAIN CONTENT

अल्मानदिनले जित्यो मेलबर्न कप

Melbourne Cup
Source: ABC Australia

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

निक्कै कडा प्रतिस्पर्धाका बीच अल्मानदिन नामक घोडाले मेलबर्न कप जितेको छ। सात बर्षको रहेको भनिएको उक्त घोडा, हार्ट ब्रेक सिटी नामक अर्को घोडासँग दौडमा अन्तिम समय सम्म प्रतिस्पर्धामा थियो। तर अन्तिम बिन्दुको ५० मीटर अघि अल्मानदिन ले अग्रता लिएको थियो।

विजेता घोडाका धनी लोयड विलियम्सका लागि यो पाँचौ मेलबर्न कप जीत रहेको थियो। घोडसवार केरिन म्याकएन्वोयले १६ बर्षको अन्तराल पछि अर्को विजय हासिल गरेका छन्। यसअघि सन् २००० मा ब्रीऊ नामक घोडा दौडाएर उनी मेलबर्न कपमा विजयी भएको थिए।

विजयी घोडा अल्मानदिन करिब दुई बर्षसम्म विभिन्न प्रतिस्पर्धाहरुमा घाईते भएका कारण भाग लिन सकेको थिएन र केहि महिना अघि मात्र प्रतियोगिता क्षेत्रमा फर्केको थियो।

यस घोडसवारी दौडमा हार्टब्रेक सिटी र हार्टनेल क्रमस: दोस्रो र तेस्रो भएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now