SKIP TO MAIN CONTENT

चीनले अस्ट्रेलियामाथि साईबर आक्रमण गरेको आशंका

अस्ट्रेलियाका महत्वपूर्ण निजी तथा सरकारी निकायहरुको संस्थागत सूचना चोर्ने तथा चालू कारवाहीलाई ध्वस्त हुने गरी हाल व्यापक-रुपमा साईबर आक्रमण भईरहेको प्रधानमंत्री स्कट मरिशनले जनाएका छन्।

Computer hacker or Cyber attack concept background
Computer hacker or Cyber attack concept background Source: Moment RF

2 min read

Published

Source: SBS News



Skip to article content

यो जटिल आक्रमणको नियोजन गर्ने विदेशी राज्य-शक्ति रहेको उनले बताए पनि, त्यस पछाडि कुन शक्ति रहेको भन्ने कुराको भने खुलासा गरेनन्।

“जुन तवरले यो आक्रमण गराईएको छ, र जुन किसिमको संस्थालाई यसले लक्षित गरेको छ, यसबाट प्रष्ट हुन्छ, यसको पछाडि- कुनै राज्य संयन्त्रको हात रहेको छ,” उनले भने। साथै उनले केहि देशहरु मात्र यस किसिमको कारवाहीको लागि सक्षम रहेको पनि ईगित गरे। 

पछिल्ला दिनहरुमा बिग्रदै गरेको चीन र अस्ट्रेलियाको सम्बन्धलाई लिएर के यस आक्रमण संचालन चीनले गरेको हो त भन्ने प्रश्नमा, प्रधानमंत्री मरिशनले यस सम्बन्धमा सरकारले कुनै प्रतिक्रिया नदिने बताए।

हाल अस्ट्रेलियाले बेलायत, अमेरिका लगायतका देशहरुसँग यस सम्बन्धमा सहकार्य गर्दै रहेको बुझिएको छ।

यसैबिच, ए बि सिले प्रकाशित गरेको विवरण अनुसार, यो पछिल्लो साईबर आक्रमणको संचालन गर्ने शक्ति चीन रहेको छ।

Prime Minister Scott Morrison at a press conference in Canberra on Friday; Cyber attack
Prime Minister Scott Morrison at a press conference in Canberra on Friday. Source: AAP

सरकारी श्रोतहरुले जनाए अनुसार चीनद्वारा अस्ट्रेलियाको सूचना संरचनामा विगतका केहि हफ्तामा जटिल साईबर आक्रमण हुँदै आएको छ।

अस्ट्रेलियन स्ट्रेटिजिक पोलिसि ईन्स्टिट्युटका पीटन जेनिङ्सले पनि यस साईबर आक्रमणको गतिविधि हेर्दा यसमा चीन संलग्न रहेको प्रष्ट हुन्छ भनि बताउछन्। 

गत महिना मात्र, अस्ट्रेलियाको विदेश मंत्रालय र साईबर सुरक्षा केन्द्रले अस्ट्रेलियाका विभिन्न संस्थाहरुमा विदेशबाट साईबर आक्रमण गरिरहेको जनाएको थियो।

विशेषगरि, अस्पताल, स्वस्थ्य निकाय तथा आपातकालिन केन्द्रका सूचना संरचनालाई बिथोल्ने लक्ष्यका साथ यि आक्रमणहरु भएको त्यसबखत जारी संयुक्त प्रेस विज्ञप्तिमा जानकारी दिईएको थियो।

कोरोनाभाईरसको सम्बन्धमा अस्ट्रेलियाले स्वतन्त्र जाँच हुनु पर्छ भन्ने माग गरे लगत्तै दुई देशबिचको सम्बन्ध निकै चिसिंदै गएको छ।

चीनले आफ्ना नागरिकहरुलाई अस्ट्रेलिया नजान सल्लाह दिनुको साथै यहाँबाट आयात गरिने कृषि-जन्य सामाग्रीमाथि थप कर लगाउने निर्णय गरेको छ। यसले गर्दा अस्ट्रेलियाको अर्थतन्त्रलाई प्रभाव पार्ने प्रष्ट देखिन्छ।

ए बि सिले जनाए अनुसार, केहि पूर्व सरकारी अधिकारीहरुको भनाईमा यो पछिल्लो आक्रमण अस्ट्रेलाको फाईभ-जि टेलिकम नेटवर्कका सम्बन्धमा पनि आएको हुन सक्छ। अस्ट्रेलियाले चिनियाँ कम्पनि हुवाईलाई यस प्रक्रियाबाट प्रतिबन्ध लगाएको थियो।

यसैबिच प्रधानमंत्री मरिशनले सबै संस्थाहरुलाई आफ्नो साईबर सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now