SKIP TO MAIN CONTENT

रिजर्भ बैङ्कले घटायो ब्याजदर

अस्ट्रेलियाको केन्द्रीय रिजर्भ बैङ्कले आफ्नो आधिकारिक ब्याजदरलाई ०.२५ प्रतिशतले घटाएको छ।

The Governor of the Reserve Bank of Australia Dr Philip Lowe.
The RBA has moved rates for the first time in nearly three years with a cut to a new low of 1.25% (AAP) Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

आज बसेको केन्द्रीय बैङ्कको बैठकमा गरिएको उक्त निर्णयका साथ ब्याज दर, अहिले सम्मकै सबैभन्दा कम वा १.२५ प्रतिशत पुगेको छ।

रिजर्भ बैङ्कको पछिल्लो कटौतीलाई बैङ्कहरूले पूर्ण रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गरिए ४ लाख डलरको मोर्टगेज रहेका ग्राहकहरूको मासिक शुल्क करिब ५८ डलरले घट्ने छ।

तर रिजर्भ बैङ्कको पछिल्लो निर्णयका साथ पहिलो कदम चाल्ने एएनजेड बैंकले चाहिं खालि ०.१८ प्रतिशतले मात्र आफ्ना ग्राहकहरुले तिर्ने ब्याजदरमा कटौती गर्ने बताएको छ।

देशका चार प्रमुख मध्येको एक रहेको उक्त बैंकले बजारको अवस्था देखि आफ्ना बैंकमा पैसा बचत गरेका ग्राहकहरु लगायतका कारणहरुका साथ् रिजर्भ बैंककै समान दरमा ब्याजमा कटौती नगरेको बताएको छ।

अर्कोतर्फ कमनवेल्थ र न्याशनल अस्ट्रेलिया बैंकले चाहिं ०.२५ प्रतिशतको पूर्ण कटौती प्रदान गर्ने घोषणा गरेका छन्।

आज बिहान ट्रेजरर जश फ्राइडेनबर्गले बैङ्कहरूलाई ब्याजदर घटाउन चेतावनी दिँदै बैंकिंग उद्योग माथि भएको शाही आयोगको जाँच पछि पनि आफ्ना ग्राहकहरूका फाइदाका लागि बैङ्कहरूले काम गर्नु जरुरी भएको बताए।

यो पनि पढ्नुहोस्:

यस अघि सन् २०१६ को अगस्ट महिनामा ब्याजदर घटेको थियो।

प्राय: अर्थशास्त्रीहरूले केन्द्रीय बैङ्कद्वारा आज ब्याजदर घटाउने अनुमान गरेका थिए र केहीले आगामी अगस्ट महिनामा फेरी उक्त दरमा कटौती हुने सम्भावना रहेको बताएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now