कोभिड-१९ खोप र बुस्टर डोजका बारेमा तपाईँले जान्नु पर्ने केही कुरा

ओमिक्रन भेरिएन्टको उदयका बीच अस्ट्रेलियाले कोभिड-१९ बिरुद्धको प्रतिक्रियालाई जारि राख्दै, कोरोनाभाइरस बिरुद्धको खोप र बुस्टर डोज लगाउन मानिसहरुलाई आग्रह गरिरहेको छ। यहाँ तपाईँले थाहा पाउनै पर्ने केही कुराहरूका बारेमा चर्चा गरिएको छ ।

The Coordinator General of Operation COVID Shield Lieutenant General John Frewen receives his COVID-19 vaccination booster dose at Erindale Pharmacy in Canberra, Tuesday, December 14, 2021. (AAP Image/Lukas Coch) NO ARCHIVING

The Coordinator General of Operation COVID Shield Lieutenant General John Frewen receives his COVID-19 vaccination booster dose in Canberra. Source: AAPAAP Image/Lukas Coch

अस्ट्रेलियाका बिभिन्न राज्य तथा टेरीटरीहरुमा खोपको दर उच्च रहँदा अन्तर्राष्ट्रिय यात्रा सुचारु भएको छ भने प्रतिबन्धहरू पनि हटाइँदै गएका छन्।

यद्यपि लकडाउन हटाइदा र अन्तर्राष्ट्रिय यात्रा सुचारु भएको अवस्थामा ओमिक्रन र डेल्टा जस्ता अत्यन्तै सङ्क्रमणयुत्त भेरिएन्ट फैलने डरका कारण कोभिड-१९ बिरुद्धको बुस्टर डोज लगाई आफूलाई अझै बढी सुरक्षित राख्न स्वास्थ्य अधिकारीहरूले सुझाव दिईरहेका छन् ।

बुस्टर डोज, कोभिड-१९ को पहिलो र दोस्रो खोपमा प्रयोग भएकै प्रविधिमा आधारित छ

“विशेष गरी ओमिक्रन भेरिएन्ट विश्वभर फैलने सम्भावना रहेको अवस्थामा बुस्टर अतिरिक्त रक्षा दिन निकै महत्त्वपूर्ण छ,” स्वास्थ्य विभागका सचिव ब्रेन्डन मर्फीले भनेका छन्।

बुस्टर अभियान

खोपको दुबै मात्रा लगाएका मानिसहरूमा पनि ओमिक्रन बिरुद्धको प्रतिरक्षा प्रणाली कमजोर हुने देखिएपछि सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले  डिसेम्बरको सुरुवातमै  बुस्टर डोज अभियान सुरु गरी सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका थिए।

यसैको परिणाम अस्ट्रेलियन टेक्निकल एडभाईसरी ग्रुप अन इम्यूनाईजेसन (अटागी) भनिने खोप सम्बन्धी प्राविधिक सल्लाहकार समितिले खोपको दोस्रो मात्रा लगाएको ६ महिना पछि बुस्टर लगाउन मिल्ने भनेर दिएको सुझावलाई अगाडि सारेर पाँच महिनाको अन्तरालमै खोप लगाउन मिल्ने नयाँ सुझाव सार्वजनिक गरेको थियो।

अहिले करिब १५ लाख अस्ट्रेलियाली बुस्टर डोज लगाउनका लागि योग्य भएका छन्।

अटागीले फाइजर सँगै मोर्डेनाको खोपलाई पनि बुस्टरका रूपमा लगाउन मिल्ने गरि अनुमति प्रदान गरेको छ।

मानिसहरूलाई बुस्टर डोज लगाउन प्रेरीत गर्नका लागि सरकारले यतिखेर विभिन्न अभियानहरू पनि सञ्चालन गरेको छ।

बृद्ध-बृद्धाका लागि बुस्टर डोज

अटागीका अनुसार ७० वर्ष माथिका बृद्ध-बृद्धा, दिर्घरोगबाट ग्रसित ६५ वर्षमा माथिका मानिस, प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु तथा ५० वर्ष माथिका एबोरजिनल तथा टोरेस आईल्याण्डर मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भएको खण्डमा गम्भीर रुप लिन सक्ने सम्भावना बढी हुन्छ।

सङ्घीय सरकारको तथ्याङ्क हेर्ने हो भने पनि जनवरी २०२० यता १,९१० जना बृद्ध-बृद्धाले कोभिड-१९ का कारण ज्यान गुमाइसकेका छन्।

Australian Prime Minister Scott Morrison (left) and Jane Malysiak (right) receive their COVID-19 booster vaccination at Kildare Road Medical Centre in Blacktown in Sydney, Friday, November 19, 2021. (AAP Image/Pool, Jeremy Piper) NO ARCHIVING
Prime Minister Scott Morrison receives his COVID-19 booster shot. The government is trying to speed up the booster rollout. Source: NCA NEWSWIRE POOL

अझ डेल्टा र ओमिक्रन भेरीएन्टहरुको सङ्क्रमण भएको अवस्थामा यो जोखिम उच्च रहने बताइन्छ।

खोपले गम्भीर किसिमको रोग निम्त्याउन अथवा मृत्युको जोखिमलाई निकै कम गर्दछ।

बुस्टरका लागि राष्ट्रिय अभियान सुरु भएपछि पाका उमेरका मानिसहरू खोपको बुस्टर डोजका लागि पहीलो प्राथमिकतामा परेका थिए।

अहिले १८ वर्ष माथिका सबै अस्ट्रेलियाली सरकारले अनुमति प्रदान गरेको बुस्टर डोजका लागि योग्य छन्।

बृद्धास्याहार केन्द्रमा बसोबास गर्ने मानिसहरूले कमनवेल्थ क्लिनिकहरूबाट प्राथमिक वा बुस्टर डोज प्राप्त गर्न सक्दछन्।

बुस्टर डोज रोल आउटका क्रममा यस्ता सेवा केन्द्रले त्यहाँका बासिन्दा वा विकल्पका रूपमा उनीहरूका बारेमा निर्णय गर्ने अधिकार प्राप्त गरेका मानिसहरू सँग छलफल गर्नेछ।

बृद्धस्याहार केन्द्रका निवासीहरूलाई खोपको बारेमा थप सल्लाहका लागि यहाँ जानुहोस्।

बालबालिकाका लागि खोप

टिजिए र अटागीले पाँच देखि ११ वर्षका बालबालिकाका लागि फाइजर खोपलाई अस्थायी स्वीकृति प्रदान गरेको छ।

यो स्वीकृति हालैका बिभिन्न क्लिनिकल परीक्षणको नतिजामा आधारित छ, जसमा खोप निकै प्रभावकारी र कम साइड इफेक्ट भएको पाइएको एक विज्ञप्ति मार्फत अटागीले बताएको छ।

बालबालिकाका लागि खोप १० जनवरी, २०२२ बाट प्राप्त हुनेछ भने यसका लागी बुकिङ खुला गरिसकिएको छ।

child vaccinated
Vaccinating children can help reduce community transmission and prevent them passing the virus onto younger siblings, grandparents and the wider community. Source: Getty Images

खोप साधारण चिकित्सक,एबोरजिनल हेल्थ सर्भिस, सामुदायिक औषधि पसल र राज्य तथा टेरीटरीमा रहेका क्लिनिक मार्फत प्राप्त हुनेछ।

अटागीले खोपको पहिलो र दोस्रो मात्राका बिचमा ८ हप्ताको अन्तर हुनुपर्ने बताएता पनि, कोरोनाभाइरस प्रकोप बढेको अवस्थामा भने यसलाई तिन हप्तामै झार्न सकिने बताएको छ।

गम्भीर रोग देखा पर्ने सम्भावना भएका पाँच देखि ११ वर्षका बालबालिका, एबोरजीनल एवम् टोरेस आईल्याण्डर बालबालिका, भिडभाडको अवस्थामा बस्ने बालबालिका वा प्रकोप बढेको स्थानका बालबालिकाहरूले कोभिड-१९ खोपबाट लाभ लिन सक्ने बताइएको छ।

यस अघि कोभिड-१९ बाट सङ्क्रमित भइसकेका बालबालिकाले रोगबाट निको भइसकेपछि खोप प्राप्त गर्न सक्दछन्।

बालबालिकालाई सिफारिस गरिएको खोपको खुराक वयस्कहरूलाई भन्दा फरक हुने बताइएको छ।

१२ वर्ष माथिका लागि ३० माईक्रोग्राम दिइनेमा बालबालिकाका लागि यो केवल १० माईक्रोग्राम मात्र हुनेछ।

पहिलो डोज प्राप्त गरेपछि १२ वर्ष कट्ने बालबालिकाका हकमा भने दोस्रो डोज भने वयस्कलाई प्रदान गरिने खोपको डोज लगाइने बताइन्छ।

थप जानकारी र सहयोग कहाँ पाउने ?

ओमिक्रनलाई “चासोको भेरिएन्टका रूपमा” बिश्व स्वास्थ्य सङ्गठनले दर्ता गरेपछि भने सङ्घीय सरकारले बुस्टर डोजका बारेमा सचेतना फैलाउन आफ्ना प्रयासहरूलाई नवीकरण गरेको छ।

कोभिड-१९ प्राइमरी केयर रेस्पोन्स अन्तर्गत पहिलो सहायक सचिव डाक्टर लुकास डि टोका थप उपचारका विकल्पहरू उपलब्ध भएता पनि बुस्टर डोज महत्त्वपूर्ण रहेको बताउँछन्

International students return to Australia
Booster doses provide an added layer of protection that will further ease travel and return of pre-COVID normalcy. Source: AAPAAP Image/Bianca De Marchi

“दुर्भाग्यवश कोभिड-१९ को हकमा कुनै चाँदीका गोली जस्ता उपचार विधि छैनन्,” उनले भने।

बुस्टर डोज प्रारम्भिक खोपको दोस्रो डोज लगाएको पाँच महिना पछि लिन सकिन्छ, त्यो मिति व्यक्तिको कोभिड-१९ डिजिटल प्रमाणपत्रमा उपलब्ध हुन्छ।

डिसेम्बर १५ पछाडि भ्याक्सिन क्लिनिक फाईन्डर मार्फत बालबालिका र वयस्क दुबैका लागि खोपका लागि बुकिङ गर्न सकिन्छ।

तपाईँको राज्यमा जारी प्रतिबन्धहरूका बारेमा थप जानकारी यहाँ उपलब्ध छ।

अस्ट्रेलियन ट्रान्सलेटिङ्ग एन्ड इन्टरप्रेटिङ्ग सर्भिस (एटीआईएस) मार्फत कोरोनाभाइरस सम्बन्धी जानकारी तपाईँले दोभासे मार्फत पनि लिन सक्नुहुन्छ, यसका लागि १८०० १३१ ४५० मा फोन गर्नुहोस्।

कोभिड-१९ खोप बुकिङका बारेमा थप जानकारीका लागि राष्ट्रिय कोरोनाभाइरस हेल्पलाईन १८०० ०२० ०८० मा फोन गर्नुहोस्।

कोभिड-१९ बारेमा थप जानकारीका लागि आफ्नो डाक्टर वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।

कोरोनाभाइरस बारे पछिल्लो जानकारी, सूचना र समाचार नेपाली भाषामा यहाँ उपलब्ध छ।

कोरोनाभाइरस सम्बन्धी सरकारी जानकारी

स्वास्थ्य विभाग- कोरोनाभाइरस जानकारी नेपाली भाषामा 

गृह मामला विभाग -कोरोनाभाइरस जानकारी नेपाली भाषामा 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरिटरी, एसीटी, टास्मेनिया।

Share

5 min read

Published

Updated

By Vrishali Jain




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now