SKIP TO MAIN CONTENT

टर्कीमा हिरासतमा रहेका कथित आइ एस सदस्य अस्ट्रेलियाली नील प्रकाशलाई जमानत दिन अस्विकार

अस्ट्रेलियामा जन्मिएका र सबैभन्दा पुराना अस्ट्रेलियाका आइ एस सदस्य भएको आरोप लागेका नील प्रकाशलाई अदालतले जमानत दिन अस्विकार गरेपछि उनले अझै केहि समय टर्कीको कारागारमा नै बिताउनु पर्ने भएको छ। आइ एसमा आवद्ध हुनका लागि २०१३ मा अस्ट्रेलिया छोडेका भनिएका प्रकाश २०१६ देखि टर्कीको हिरासतमा रहेका छन्।

Neil Prakash
Australian IS recruiter Neil Prakash. Source: Al-Jazeera

2 min read

Published

Updated

By Evan Young

Presented by SBS Nepali

Source: SBS



Skip to article content

१९९१ मा मेलबर्नमा जन्मिएका नीलका आमा बुवा फिजीयन र कम्बोडियन पृष्ठभूमिका रहेका छन्।

बौद्ध धर्मावलम्वीका रुपमा हुर्किएका नीलले २०१२ मा अस्ट्रेलिया छोडेर आइ एस संग आवद्ध हुन सिरिया गएको भन्ने समयमा नै आफ्नो धर्म परिवर्तन गरेर इस्लाम धर्म मान्न थालेको बताइन्छ।

२०१६ मा गलत कागजपत्रहरुको साथ सिरियाको सिमाना पार गर्न प्रयास गरिरहँदा पक्राउ परेका नील, तब देखि नै टर्कीको हिरासतमा रहेका छन्।

तर उनले भने आफ्नो ज्यान जान सक्ने डरका कारण सिरिया छोडेको दावी गरेका छन्।

नील प्रकाशलाई टर्कीमा आतंकवादी संगठनसँग आवद्ध भएको अभियोग लगाइएको छ।

अदालतद्वारा नियुक्त गरिएका उनका वकिल रेशत डाभरान भन्छन् यदि टर्कीको कानून प्रणालीले प्रकाशलाई दोषी ठहर गरेमा उनले १५ वर्षसम्मको कारावास सजाय भोग्नु पर्ने छ।

डाभरान भन्छन् प्रकाशलाई संदिग्धका रुपमा व्यवहार गरिएको छ, र उनले पर्याप्त कारावास सजाय पनि काटीरहेका छन् तर यदि उनले आइ एस सँग जोडिएका यसको भित्रि संचालनबारे महत्वपुर्ण सुचना वा जानकारी दिएमा उनको सजायलाई कम गर्न सकिन्छ।

गएको जुलाईमा अस्ट्रेलियाले प्रकाशलाई गृह राष्ट्रमा नै आतंकवाद सम्बन्धि अभियोगहरुको सामना गर्न सुपुर्दगीका लागि गरेको आग्रहलाई टर्कीले अस्विकार गरिसकेको छ।

अस्ट्रेलियाली सरकारले प्रकाशलाई आ एस को वरिष्ठ भर्ती गर्ने व्यक्ति भएको आरोप लागाएको छ। तर २७ वर्षीय प्रकाशले उक्त आरोपलाई अस्विकार गरेका छन्।

२०१५ मा एक प्रहरी अधिकृतको शिर काट्ने असफल आतंकवादी प्रयासमा प्रकाशको पनि सम्बन्ध रहेको आशंका गरिएको अस्ट्रेलियाली अधिकारिहरु बताउँछन्।

अस्ट्रेलियाली संघीय प्रहरी प्रकाशले अस्ट्रेलियाको अदालतमा आफ्ना अभियोगहरुको सामना गरेको हेर्न चाहन्छ भनिरहदा गृह मामिला मन्त्री पिटर डटनले चाहिँ आफूले प्रकाश टर्कीकै जेलमा सडेको हेर्न चाहेको अभिव्यक्ति दिएका छन्।

डिकन्स विश्वविद्यालयका आतंकवाद विरोधी विषयका विश्लेषक ग्रेग बार्टन भन्छन्, टर्कीको कानूनी प्रणालीमा आतंकवादी समूहहरुका बारेमा विगतमा केहि नरम रहेको छ।

प्राध्यापक बार्टन टर्कीमा सम्भावित कारावास सजाय पाए पश्चात पनि प्रकाशले अस्ट्रेलियाको कानून छल्न सक्ने सम्भावना रहेको बताउँछन्।

नील प्रकाशको अस्ट्रेलियाली पासपोर्ट २०१४ मा नै रद्द गरिएको थियो।

यदि उनी कहिले अस्ट्रेलिया फर्केर आए र आतंकवादका दोषी ठहरिएमा उनले आजीवन कारावास सजाय पाउने छन्।

रेसात डाभरान भन्छन् टर्कीमा आगामी सोधपुछ आगामी डिसेम्बर सम्मका लागि स्थगित गरिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now