अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले टाइवान चीनकै भाग रहेको भन्ने "एक चीन" नीतिलाई संयुक्त राज्यले कायम राख्न जरुरी नरहेको बताएका छन्।
आइतबार फक्स समाचारसँगको एक अंतरबार्तामा उनले उक्त कुरा बताएका हुन्। गए डिसेम्बर २ तारिक ट्रम्पले टाइवान कि राष्ट्रपतिसँग फोनमा कुरा गरेपछी चीन द्वारा त्यसप्रति आपत्ति जनाइएको थियो।
ट्रम्पले भने आफुले 'एक चीन' नीतिलाई राम्रोसँग बुझेको तर चीनसँगको व्यापार लगायतका विषयहरू बारे समझौता नभएसम्म आफुहरु किन उक्त नीतिमा बाँधिनुपर्ने बारे आफुले नबुझेको बताए।
साथै आफुले कोसँग फोनमा कुरागर्न पाउनेबारे निर्णय चीनले गर्न नसक्ने पनि उनको भनाइ थियो।
सन १९७९ मा तात्कालीन राष्ट्रपति जिमी कार्टरले "एक चीन" नीतिलाई अपनाउँदै टाइवानसँगको औपचारिक कूटनीतिक संबंध तोडका थिए।
ओबामा सरकारले पनि एक चीन नीतिमा अमेरिकी धारणा नबदलिएको बताएको छ।
