SKIP TO MAIN CONTENT

अमेरिकामा अधिकारका लागि सक्रिय एक नेपाली पुरस्कृत

Luna Ranjit
Luna Ranjit, fourth from right Source: Getty Images

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: Agencies


Skip to article content

अमेरिकाको न्यु योर्क क्षेत्रमा, खासगरी प्रवासी समुदायको अधिकारका लागि सक्रिय रहेकी लुना रंजितलाई यस बर्षको ग्रिन्नेल पुरस्कारले सम्मानित गरिएको छ। रंजित र उनले शुरु गरेको संस्था, अधिकारले, पचास हजार अमेरिकी डलर बेग्ला बेग्लै शीर्षकमा पाउने भएका छन्।

खासगरी नेपाली भाषी र अन्य प्रवासी समुदायका मानिसहरुको रोजगार सम्बन्धिका अधिकारका लागि, रंजित सक्रिय रहेकी छिन्। उनको संस्थाको अथक प्रयासका कारण, न्यु योर्क राज्यमा घरेलु कामदारको अधिकारले कानुनी मान्यता पाएको थियो।

सन् २००५ देखि सुरु भएको उनको संस्थाले सामाजिक न्यायको लागि प्रशंसनीय कार्य गरेको भन्दै, विभिन्न राष्ट्रिय स्तरका अमेरिकी समाचार माध्यमहरुले टिप्पणी गरेका छन्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now