SKIP TO MAIN CONTENT

अनमोलको क्रेज बढ्दो छ : अभिनेता भुवन केसी

दशकौं देखि नेपाली चलचित्र उद्योगमा अभिनेताका साथै निर्माताको रूपमा पनि कार्यरत रहेका भुवन केसी अहिले आफ्नो छोरा अनमोलकै प्रचारमा व्यस्त रहेका छन्। यस अन्तर्गत फिल्ममा अभिनय गर्न दिक्क लागेर प्रोडक्सनतिर अहिले आफ्नो ध्यान बढी केन्द्रित गरेको हो त भन्ने प्रश्नबारे भुवन केसीले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Bhuwan KC
Nepali actor Bhuwan KC speaking to SBS Nepali about his film career and his son Anmol. Source: Supplied

3 min read

Published

Updated

By Smriti Dhungana



Skip to article content

१.'कृ’ फिल्म कहिलेबाट रिलिज हुँदैछ ? यस फिल्मको कथावस्तु कस्तो रहेको छ ?

आगामी माघ २६ बाट नेपालभरका विभिन्न हलहरुमा 'कृ’ फिल्म रिलिज हुँदैछ । नेपालबाहेक अमेरिका, अष्ट्रेलिया, जापान र कोरियामा पनि फिल्म रिलिज हुनेछन् । सुपर काजल फिल्म्स् र सुबास इन्टरटेनमेन्टको संयुक्त ब्यानर निर्माण भएको यो फिल्म एक्सन लभ स्टोरीमा आधारित रहेको छ।

२. अभिनेताको रुपमा स्थापित भइसक्नु भएको तपाई पछिल्लो समय फिल्म प्रोडक्सनमा सक्रिय भइरहनु भएको छ । फिल्ममा अभिनय गर्न दिक्क लागेर प्रोडक्सनतिर हात हाल्नुभएको हो ?

अहिले मेरो होम प्रोडक्सन सुपर काजल फिल्म्स्ले फिल्म निर्माणका सक्रिय भएर लागि परेको हुँदा अभिनयबाट ब्रेक लिएको हुँ । फेरि छोरा अनमोल केसीले फिल्महरुमा काम गरिरहेको हुँदा उनलाई सहयोग गरिरहेको छु । चाँडै बन्न लागेको नयाँ फिल्ममा अभिनय गर्नेछु ।

३.पछिल्लो समय कुन फिल्ममा देखिनु भएको थियो ?

करिव सात वर्षअघि निर्माण भएको 'साथी म तिम्रो’ फिल्ममा काम गरेपछि प्रोडक्सनतिर व्यस्त भएं । फ्यानहरुको लागि भएपनि फिल्ममा अभियन गर्नेछु ।

४.विभिन्न विधाका फिल्महरुमा काम गरिसक्नु भएको तपाईको ड्रिम रोलचाँहि कस्तो हो ?

मैले अभियन गरिरहेको भन्दा नयाँ शैली प्रस्तुत हुने योजनामा छु ।

५. फिल्म निर्देशनको रुपमा नेपाली फिल्म क्षेत्रमा आउँदैछु भनेर भन्नु भएको थियो । तपाई निर्देशन गर्ने भनिएको फिल्म कहिले निर्माण हुँदैछ ?

अहिले मेरो होम प्रोडक्सनबाट निर्माण हुन लागेको नेपाली फिल्म 'क्याप्टेन’को तयारीमा जुटेको छु । नेपाली फुटबल खेलाडीको राष्ट्र प्रेमको कथा बोकेको यो फिल्मको काम सिध्याएलगत्तै मैले निर्देशन गर्ने फिल्मको लागि व्यस्त हुनेछु ।

६.नेपाली फिल्म क्षेत्रमा तपाई र अभिनेत्री जिया केसीको नाम जोडिएर विभिन्न प्रकारका गसिपहरु आइरहेका हुन्छन् । वास्तवमा तपाईहरुको सम्बन्धचाँहि कस्तो हो ?

मिडियाले हाम्रो नाम जोडिदिएर केवल स्क्यान्डलमात्र बनाइदिएको छ । हामी मिल्ने साथी हौं । मिल्ने साथीहरुको भेटघाटलाई सामान्य रुपमा लिनसक्नुपर्छ ।

७.अभिनेता अनमोल केसीको क्रेज भएकाले फिल्म निर्माणमा सक्रिय हुनु भएको हो ?

उनले नेपाली फिल्म हेर्न हलमै नजाने दर्शकलाई हलसम्म आएर फिल्म हेर्न बाध्य पारेका छ । त्यसैले उनको क्रेज बढेको हुनुपर्छ । पछिल्लो समय उनले होम प्रोडक्सनबाट निर्माण भएका फिल्महरुमा व्यस्त भएका छन् ।

८.'कृ’ फिल्मको प्रमोसन सुस्त हुनुको कारण के हो ? अभिनेता अनमोल केसीको क्रेजका कारण फिल्म चलिहाल्छ भनेर कम प्रमोसन गरिएको हो कि?

फिल्म रिलिज हुन केही दिनमात्र बाँकी हुँदासम्म फिल्मको सुटिङ सकिएको थिएन् । यसको प्रमोसनको अवधीभर हामी सुटिङको लागि विदेशमा थियौं । सबै कुरा तोकिएको समयमा हुँदापनि काम सिध्याउन नपाउँदा प्रमोसन कम हुन पुगेको हो ।'


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now