SKIP TO MAIN CONTENT

अर्का वन नेशन उम्मेदवार फसे अश्लील फोटो काण्डमा

अर्धनग्न महिलाहरु बारे अपशब्द प्रयोग गर्दै उनीहरुसँगको आफ्नो तस्वीरहरु सामाजिक संजालमा प्रकाशित गरेका एक अर्का वन नेशन सदस्य बिबादमा फसेका छन्।

Ross Macdonald posing with a topless woman in Thailand.
Ross Macdonald posing with a topless woman in Thailand. Source: Supplied

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

रोस म्याकडोनाल्ड आगामी मे १८ को सङ्घीय निर्वाचनमा क्वीन्सल्याण्ड बाट संसदको तल्लो सदनका लागि लाइकार्ड नामक निर्वाचन स्थल बाट उठ्दै छन्।

उनले अर्धनग्न अवस्थामा रहेका महिलाहरु संगको आफ्नो फोटो सामाजिक संजालमा प्रकाशित गर्दै फोटो बारे “यमी” भनि लेखेको न्युज कर्प द्वारा प्रकाशित समाचारमा बताइएको छ।

बुधबार उक्त समाचार प्रकाशित भए पछि म्याकडोनाल्डले फेसबुक बाट उक्त फोटोहरु हटाएका छन्।

A screenshot from Ross Macdonald's Facebook.
A screenshot from Ross Macdonald's Facebook. Source: Facebook

एक फोटोमा वान नेशन उम्मेदवारले थाइल्याण्डमा एक महिलाको स्तनमा हात राखेको देखिएको छ भने अन्य फोटोहरुमा उनले महिलाहरु बारे अश्लिल टिप्पणी पनि गरेको समाचारहरुमा बताइएको छ।

हिजो मात्र वान नेशनका अर्का उम्मेदवार स्टिभ डिक्सनलाई संयुक्त राज्यमा एक स्ट्रिप क्लबमा उनले गरेको व्यवहार बापत पद बाट हटाउने निर्णय पार्टी नेत्री पौलिन ह्यान्सनले गरेकी थिइन।

डिक्सनले उक्त क्लबमा नाची रहेको महिलालाई छोएको र एसियाली महिलाहरु बारे नश्लभेदी टिप्पणी गरेको भिडियो सार्बजनिक भए पछि क्वीन्सल्याण्ड बाटै संसदको माथिल्लो सदनको लागि उनको उम्मेद्वारी फिर्ता लिईएको हो।

Leaked footage of  Steve Dickson.
Leaked footage of Steve Dickson. Source: A Current Affair

मंगलबार च्यानल नाइनसँग कुरागर्दै पौलिन ह्यान्सनले प्रत्येक पटक चुनावकै अगाडी यस्ता घटनाहरु हुने गरेको भन्दै भावुक भएकी थिइन्।

“म दुखित छु। मैले २३ वर्ष देखि यसको लागि काम गरि रहेकी छु र पटक पटक मलाई लात हानिन्छ”, उनले भनिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now