एन्थोनी एल्बनिजी अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री: लेबर पार्टी नेतृत्वमा नयाँ सरकार

अस्ट्रेलियाले आफ्नो ३१औँ प्रधानमन्त्रीको रूपमा एन्थोनी एल्बनिजीलाई निर्वाचित गरेको छ।

, at the Federal Labor Reception at Canterbury-Hurlstone Park RSL Club in Sydney, Saturday, May 21, 2022. More than 17 million Australians have voted to elect the next federal government. (AAP Image/Lukas Coch) NO ARCHIVING

After the victory, Anthony Albanese arrives with Senator Penny Wong, partner Jodie Haydon and son Nathan Source: AAP

अस्ट्रेलियाको लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीले आफ्नो नयाँ सरकारले सबै अस्ट्रेलियालीहरूको नेतृत्व गर्ने बताएका छन्। 

सिड्नीको लेबर पार्टीको विजयोल्लास कार्यक्रममा भावुक हुँदै सम्बोधन गरेका उनले अस्ट्रेलियाको जनताले परिवर्तनको लागि मतदान गरेको बताए।

एकल महिलाको रहेकी आफ्नो आमाले सरकारी आवासमा हुर्काउँदाको क्षण सम्झिँदै, एल्बनिजीले झन्डै २० वर्ष अघि बितेकी आफ्नी आमा सम्झिँदै सम्मान प्रकट गरे। 

आफू प्रधानमन्त्रीका रूपमा निर्वाचित भएको तथ्यले अस्ट्रेलियामा आफ्नो थर जे भए पनि कडा परिश्रम गरेमा सफलता पाइने कुरा सिद्ध भएको पनि उनको भनाई थियो।

मोरिसनद्वारा हार स्वीकार

यसअघि, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज सम्पन्न भएको चुनावमा आफ्नो दलको पराजय भएको स्वीकार गरेका थिए।

सिड्नीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफूले विपक्षी दलका नेता एल्बनिजीलाई यस निर्वाचनमा पाएको सफलतालाई लिएर बधाई दिएको मोरिसनले बताएका थिए।  

अस्ट्रेलियाको निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो नतिजा अनुसार लेबरले ६८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने गठबन्धनको ५१ स्थानहरूमा अग्रता रहेको छ। 

अस्ट्रेलियामा एकलौटी सङ्घीय सरकार बनाउनको लागी ७६ सिटमा विजय हासिल गर्नु पर्ने हुन्छ।

The election on Saturday 21 May will decide the makeup of the nation's next parliament.
Source: SBS

यस्तै पछिल्लो मतगणनाको आधारमा सिड्नी र मेलबर्न लगायतका केही शहरी क्षेत्रहरूमा भने 'टील' भनेर परिचित स्वतन्त्र उम्मेदवारहरूको अहिले अग्रता रहेको छ। 

मोरिसन सरकारमा अर्थमन्त्री रहेका जोस फ्राईडेनबर्गले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकारले गरेको सफल कार्यहरूको पनि चर्चा गरे।

उनी स्वतन्त्र उम्मेदवार मनिक रायनसँग कडा प्रतिस्पर्धामा रहेका छन्।

उता रक्षा मन्त्री पिटर डटनलाई पनि लेबर पार्टीकी एली प्रान्सले सुरुवाती मतगणनामा निकै ठुलो प्रतिस्पर्धा दिएकी थिइन्।

यसैबिच, सिड्नीका दुई निर्वाचन क्षेत्र वेन्टवर्थ र नर्थ सिड्नीमा अहिलेसम्मको मतगणनाका अनुसार सत्ताधारी दलका उम्मेदवारहरू पछाडि रहेका छन्।

Waziri Mkuu Scott Morrison akiwa kwenye kampeni ya uchaguzi mkuu mjini Adelaide, Kusini Australia
Scott Morrison concedes defeat in the federal election. Source: AAP

प्रधानमन्त्री स्कट मोरिसनले भने निर्वाचनकै दिन श्रीलङ्काबाट अस्ट्रेलिया तर्फ आएको भनिएको एक शरणार्थीहरू सहितको डुङ्गालाई फिर्ता पठाएको बताएका छन्। 

सिड्नीको दक्षिणमा रहेको कुक निर्वचन क्षेत्रमा मत खसाले पछि पत्रकारहरुसँग कुरा गर्दै उनले सो डुङ्गालाई अस्ट्रेलियाको सीमा सुरक्षा बलले रोकेको बताएका थिए।

लिबरल पार्टीले यही सूचनाको प्रचार गर्दै आफ्नो दललाई मत दिन केही चुनाव क्षेत्रहरूको बासिन्दाहरूलाई शनिवार टेक्स्ट पठाएको स्वीकार गरेको छ।

केही क्षेत्रबाट यसबारे आलोचना आए पनि यसरी टेक्स्ट पठाउनु अनुचित नभएको अस्ट्रेलियाकी आन्तरिक मामिला सम्बन्धी मन्त्री क्यारेन एन्ड्रुजले बताएकी छिन्। 

उक्त शरणार्थीहरू रहेको डुङ्गामा ४० जना रहेको र ती सबैलाई श्रीलङ्काको सेनाले नियन्त्रणमा लिएको पनि एन्ड्रुजले जानकारी दिइन्। 


2 min read

Published

Updated


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now