SKIP TO MAIN CONTENT

डोनाल्ड ट्रम्पले प्रयोग गरेको मलेरियाको औषधिले कोरोना भाइरस सङ्क्रमितमा झन् जोखिम बढाउने

कोभिड-१९ का बिरामीहरूमा मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनले ज्यान गुमाउने जोखिम बढाउने मेडिकल जर्नल ल्यानसेटमा प्रकाशित एक अध्ययनले देखाएको छ।

Could hydroxychloroquine help resolve the coronavirus pandemic
Source: Getty Images

2 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

विभिन्न स्वास्थ्य चेतावनीहरूका बाबजुद पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सो औषधिको सेवन गर्ने गरेको बताउँदै आएका छन्।

द ल्यान्सेट ले गरेको अध्ययनले कोभिड -१९ का कारण अस्पतालमा भर्ना भएका ९६ हजार बिरामीहरूलाई हेर्दा जो मानिसहरूलाई उक्त औषधि अथवा क्लोरोक्विन सम्बन्धी अरू औषधि प्रयोग गरिएको छ, उनीहरूको ज्यान जाने जोखिम कुनै औषधि प्रयोग नगरिएका बिरामीहरूमा भन्दा बढी भएको देखाएको छ।

गत अप्रिलमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारका रूपमा हाइड्रोक्सिक्लोरोक्विनको नाम लिए पछि यसको माग निकै बढेको छ।

यसै हप्ताको सुरुवातमा उनले यो औषधी आफूले नियमित प्रयोग गरिरहेको बताएर सबैलाई चकित बनाएका थिए।

तर उक्त मेडिकल जर्नलले भने यो औषधिको बारेमा परीक्षण गरेर त्यसको परिणाम नआउन्जेल सबैलाई यो औषधिको सेवन नगर्न सचेत गराएको छ।

मलेरिया विरुद्धको उक्त औषधिका बारेमा अस्ट्रेलियामा पनि परीक्षण सुरु गरिएको छ।

वाल्टर एण्ड एलिजा इन्स्टिच्युटमा मेलबर्नका अनुसन्धानकर्ताहरूले एक नयाँ स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य क्षेत्रमा काम गर्ने फ्रन्टलाइनका कामदारहरूमा बिरामीहरूबाट यो रोग सर्न बाट रोक्न सकिन्छ भनेर हेरिरहेको बताइएको छ।

अस्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. ड्यानिएल म्याकमुलनले यो केही स्वास्थ्य अवस्थाहरूका लागी प्रयोग हुने निकै प्रभावकारी औषधि भए पनि प्रमाणित नहुँदै यसलाई कोरोना भाइरसको अचुक औषधि हो भनेर मानिसहरूमा गलत जानकारी दिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now