के तपाईँले कोभिड-१९ सङ्क्रमण पछि 'ब्रेन फग' भएको महसुस गर्नु भएको छ?

कोरोनाभाइरस सङ्क्रमण भएको तीन महिनामा स्मरण शक्ति, एकाग्रता र निन्द्रा सम्बन्धी समस्या देखिनु 'लङ्ग कोभिड'का सङ्केत हुन सक्छन्।

Tired businesswoman with head in hand sitting at computer desk in office

Credit: Maskot/Getty Images

प्रमुख बिषय:
  • विज्ञहरूका अनुसार अधिकांस लङ्ग कोभिडका बिरामीलाई “ब्रेन फग”को समस्या हुने गर्दछ।
  • तर यो अवस्था केही समयपछि आफै निको भएर जाने उनीहरूको तर्क छ।
  • आठ हप्ता भन्दा लामो समयसम्म पनि समस्या रही रहे चिकीत्सको जान उनीहरू सल्लाह दिन्छन्।
  • यस्तो अवस्थामा व्यायाम वा खेलहरू खेल्दा छिटो निको हुने सम्भावना रहेको विज्ञहरूको भनाई छ।
कोभिड–१९ बाट सङ्क्रमित बनेको केही समय पछि सिड्नीमा प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत डियनी वाट्सलाई लेख्दा शब्दहरू भुल्ने र आफ्नो कामका प्रक्रियाहरू भुले जस्तो अनुभव हुन थाल्यो।

“मलाई मेरा कामहरू गर्न कोही मान्छेको मद्दत चाहिन्छ कि जस्तो लाग्न थाल्यो,” वाट्सले भनिन्।

गत जुन महिनामा कोरोनाभाइरस सङ्क्रमित बनेकी वाट्सलाई त्यसको तीन महिना पछि लङ्ग कोभिड भएको आशङ्का लाग्यो।
न्यु साउथ वेल्स हेल्थका अनुसार 'लङ्ग कोभिड' भए नभएका बारेमा जाँच्ने कुनै प्रविधि छैन, यद्यपि यसको पहिचान गर्नका लागि यस्तै किसिमका लक्षण भएका अन्य रोग नभएको भने पुष्टि हुनु पर्छ।

कोभिड–१९ सङ्क्रमण पछिको अवस्था वा लङ्ग कोभिडमा सामान्यतया ब्रेन फग, स्मरणशक्तीमा कमी आउने, निन्द्रा सम्बन्धी समस्या, बोलिमा आउने समस्या, डिप्रेसन, डर वा थकान जस्ता लक्षण देखिन्छन्।

यस बाहेक श्वास फेर्न गार्‍हो भएजस्तो हुने, लगातारको खोकी, छाती दुख्ने, शरीरको माशंपेसीहरु दुख्ने, स्वाद वा गन्ध हराउने जस्ता लक्षणहरू पनि देखिन्छन्।

आफ्नो क्षेत्रमा रहेका लङ्ग कोभिड क्लिनिक पत्ता लगाउनुहोस्।

कोभिड फग भनेको के हो?

'कोभिड फग' कुनै चिकित्सकीय भाषा नभएर विभिन्न समस्याका श्रृखंलाहरुलाई वर्णन गर्न प्रयोग हुने शब्द हो।

जस्तै कि सोच्न गार्‍हो हुने, ध्यान केन्द्रित नहुने र सम्झन नसक्ने जस्ता समस्याहरू यसमा पर्दछन् ।

राज्यको स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागसँग अस्ट्रेलियामा कति मानिसहरू लङ्ग कोभिडको समस्याबाट गुज्रीरहेका छन् भन्ने तथ्यांङ्ग भने छैन।

तर सेन्ट भिन्सेन्ट अस्पतालमा लङ्ग कोभिड क्लिनिकका निर्देशक सह-प्राध्यापक स्टेभेन फक्स कोभिड फगको अनुभव गर्ने मानिसहको सङ्ख्या अहिले धेरै नै रहेको बताउँछन्।
क्लिनिकमा आउने १० देखि २५ प्रतिशत मानिसहरूले कोभिड फगको अनुभव गरेको बताउँछन्, उनीहरूले अनुभव गरेका अन्य कठिनाइहरूको बारेमा प्रश्न गर्ने हो भने त यो सङ्ख्या अझ बढी हुन सक्छ

कोभिड फगको पहिचान

फजिसियन साईन्टीष्ट र एकेडेमी न्यूरोलोजिस्टका रूपमा सिड्नीमा कार्यरत डाक्टर सोनु भास्कर कोभिड फगलाई पहिचान गर्न गार्‍हो हुने बताउँछन्।

यो व्यक्तिगत अनुभवमा भर पर्छ जस्तै कि 'अस्पष्ट हुने वा कोभिड–१९ निको भइसकेपछि पनि ध्यान केन्द्रित गर्न गार्‍हो हुने' जस्ता अनुभव हुन्छन्।

“कोभिड–१९ भएका केही जनसङ्ख्यामा लामो समयसम्म न्यूरोलोजिकल र कगनेटीभ समस्याहरू देखिन सक्छन्,” उनले भने।

यता प्राध्यापक फक्स, कोभिड फगको पहिचान एक कारकमा मात्र सीमित नहुन सक्ने बताउँछन्, एन्जाइटी र थकानले पनि यसमा असर गर्न सक्ने उनको भनाई छ।

“कोभिड फगको निक्यौलमा पुग्दा हामीले विभिन्न सन्दर्भहरुलाई ध्यान दिनु पर्छ,” उनले भने।

प्राध्यापक फक्सका अनुसार सामान्य भन्दा जटिल प्रकारका काममा संलग्न मानिसहरू जस्तै कि कानुनी तथा स्वास्थ्य सम्बन्धी पेसामा रहेकाहरूलाई यसले बढी असर गर्छ।

“छोटो समयका लागि पनि एकाग्रता भङ्ग भएको सहन मुस्किल हुने पेसामा आवद्धहरुलाई कोभिड फगको गम्भीर असर परेको देखिन्छ,” उनले भने।

कोभिड फग भए के गर्ने?

धेरै जसो समयमा कोभिड फग भएका बिरामी आफै निको हुन्छन्।

“पहिलो कुरा त नआत्तिनुहोस्, यो लामो समयसम्म रहने सम्भावना निकै कम हुन्छ, आफ्नो लागी केही समय दिनुहोस्,” प्राध्यापक फक्स भन्छन्।

एन्जाइटी र डिप्रेसन जस्ता समस्यालाई समाधान गर्दा पनि कोभिड फगको हानि कम हुन सक्छ।

सङ्क्रमित बनेको आठ हप्ता पछि पनि समस्या रही रहे आफ्नो जीपी वा स्वास्थ्यकर्मीसँग कुरा गर्न प्राध्यापक सल्लाह दिन्छन्।
शान्त रहेर पनि घरमै यसको समाधान गर्न सकिन्छ, तर धेरै व्यायाम पनि गर्नु हुँदैन, बिस्तारै साधारण किसिमका व्यायाम गर्नुहोस्
डाक्टर भास्कर भिडियो गेम खेल्ने जस्ता दिमागको प्रयोग हुने खेलहरू खेल्दा पनि सहयोग पुग्ने कुरा बताउँछन्।

उता लङ्ग कोभिडबाट गुज्रिएकी वाट्स भने डाक्टरकोमा नगएको भए पनि सुधारिएको आफ्नो अवस्थाका बारेमा भने जानकार रहिरहिन्।

“म बिस्तारै आफ्नो पुरानो लयमा फर्किँदै थिए, तर मैले आफू पहिले जस्तै नियमित रूपमा खाने कुरामा भने जोड दिए,” उनले भनिन्।

“सङ्क्रमणको चार हप्ता पछि भने आफ्नो मस्तिष्क पहिले जस्तै खुल्ला भएको अनुभव भयो,” वाट्सले भनिन्।
Young businessman holding his head and pondering
Experts believe people high-demanding jobs could be more affected by COVID fog. Credit: Hinterhaus Productions/Getty Images

थप अनुसन्धानको आवश्यकता

कोभिड–१९ ले शरीरको मस्तिष्क सहित अन्य भागमा पार्ने प्रभावका बारेमा सटिक जानकारी पाउन थप अनुसन्धान आवश्यक ठानिएको छ।

हालै ल्यानसेट साईकेट्रीमा प्रकाशन भएको एक अनुसन्धानले केही मानिसमा गम्भीर प्रकारको मस्तिष्क र मानसिक समस्याहरू देखिने गरेको बताएको छ।

ब्रेन फग, डिमेन्सिया र साईकोसिस जस्ता समस्या सङ्क्रमित बनेको दुई वर्ष पछि सम्म देखिने गरेको उक्त अध्ययनको भनाई छ।

यता ला ट्रोव विश्वविद्यालयको अगुवाइमा गरिएको र नेचर कम्युनिकेसनमा प्रकाशित एक अध्ययन रिर्पोटमा भने कोभिड–१९ सङ्क्रमण पछि देखिने मस्तिष्क सम्बन्धी लक्षण अल्जाइमर र डिमेन्सियाका बिरामीको जस्तै भएको बताइएको छ।

प्रमुख अनुसन्धानकर्ता डा. निक रेनल्ड्सले भविष्यमा अल्जाइमर र डिमेन्सियाको उपचारमा प्रयोग गरिने उपचार विधि कोभिड–१९ उपचारका लागि पनि सुझाव गर्न सकिने बताउँछन्।

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

Share

Published

Updated

By Yumi Oba
Presented by Krishna Pokhrel
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand