SKIP TO MAIN CONTENT

आर्नोल्डद्वारा पाँच जना खेलाडी अदलीबदली

Socceroos
Questions will be answered when the Socceroos take on Chinese Taipei on Tuesday night Source: Getty Images

1 min read

Published

Updated

Source: The World Game



Skip to article content

 

नेपाल विरुद्ध हुने खेलका लागि अस्ट्रेलियन प्रशिक्षक ग्राहम आर्नोल्डले ५ खेलाडीहरूको अदलीबदली गरेका छन्।

लगभग २ मिटर अग्ला खेलाडी ह्यारी सुटरलाई उनले पहिलो ११ मा समावेश गरेका छन्। १.९८ उचाइ रहेका सुटर अस्ट्रेलियाबाट खेल्ने दोस्रो ठुला कदका खेलाडी हुनेछन्।

सुटरलाई रक्षा पङ्क्तिका अर्का खेलाडी बेली राइटले सघाउने बताइएको छ। उनी १८ महिना पछि सकरुजका लागि खेल्दै छन्।

कप्तान मार्क मिलिगानले “मिडफिल्डर” को भूमिका निर्वाह गर्नेछन्।

त्यसै गरी क्रेग गुडविनले आफ्नो खेल जीवनकै तेस्रो अन्तर्राष्ट्रिय खेलमा भाग लिने छन् भने मेलबर्न सिटीका जेमी मक्लारें गोल गर्ने दाउका साथ मैदानमा ओर्लनेछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now