SKIP TO MAIN CONTENT

नेपालमा जेल जाने अस्ट्रेलियाली 'एनआरएन' लाई सरकारले 'छुटाउन सक्दैन'

अस्ट्रेलियन पासपोर्ट छ र नेपाल जाँदै हुनुहुन्छ भने यी कुरा जानी राख्नुहोस्।

Nepal migrant workers
(PRAKASH MATHEMA/AFP/Getty Images) Source: Getty

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

केही दिन अघि मात्र विभिन्न सञ्चार माध्यमहरूमा नेपाली मूलका एक अस्ट्रेलियन नागरिकले काठमान्डु विमानस्थलमा रहेको अध्यागमन डेस्क तोडफोड गरे बपात जरिवाना तिराइएको समाचार आएको थियो। 

यस अन्तर्गत अस्ट्रेलियाली नागरिकता लिएर नेपाल गएकाहरुले यदि त्यहाँको कानून उल्लङ्घन गर्दै जेल जानुपरे के हुन्छ त? यस्तो अवस्थामा परेका नेपाली मूलका आफ्ना नागरिकहरुको अस्ट्रेलियाली सरकारले कस्तो सहयोग गर्न सक्छ त?

अस्ट्रेलियाली नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरुले नेपाल जाँदा त्यहाँको कानून पालना गर्नु पर्ने र कुनै अपराध बापत जेल जानुपरे अस्ट्रेलिया सरकारले उनीहरुलाई जेल बाट निकाल्न नसक्ने विदेश मन्त्रालयको भनाइ छ। 

passport Australia
Hands giving passport - vintage tone Source: Getty Images

विदेश मामिला मन्त्रालयले स्मार्ट ट्राभलर नामक आफ्नो वेबसाइटमा जारी गरेको जानकारीलाई आधार बनाउने हो भने, नेपालमा छँदा अस्ट्रेलियन राहधानी रहेकाहरुलाई त्यहीँको कानुन लाग्छ।  

अपराध गर्नेहरुलाई अस्ट्रेलियाली सरकारले खालि कन्सुलर सेवा मात्र उपलब्ध गराउन सक्छ।  तर जेल बाट मुक्त गराउन वा जेलमा अरु बन्दि भन्दा अस्ट्रेलियाली नागरिक राम्रो व्यावहार गर्न  स्थानीय अधिकारीहरुसंग पहल गर्न नसक्ने पनि विदेश मन्त्रालयको भनाइ छ।  

साथै, नेपाल र अस्ट्रेलिया बिच दोहोरो नागरिकता सम्झौता नभएका कारण कन्सुलर सहायतामा थप कठिनाइ हुनसक्ने पनि बताइएको छ।  

विदेश जाने अस्ट्रेलियालीहरुले यहाँको कानूनको पनि ख्याल राख्नुपर्ने हुन्छ नत्र फर्केर आउँदा यहाँ पनि कारवाही हुनसक्ने उक्त मन्त्रालयको भनाई छ।

Travellers are seen at Overseas Arrivals and Departures at Sydney's International Airport
Travellers are seen at Overseas Arrivals and Departures at Sydney's International Airport Source: AAP

फर्केर आउँदा लाग्ने कानुन

  • नेपाली कर्मचारीलाई घूस दिएको प्रमाणित भएमा 
  • जबरजस्तीको विवाह गराएमा
  • हुन्डी कारोबारमा सरिक भएमा
  • आतङ्कवादी कार्यमा सामेल भएमा
  • बाल यौन दुराचारमा सामेल भए 
  • बाल अश्लीलता सम्बन्धी सामाग्री हेरेको, वितरण गरेको वा निर्माण गरेको पाइएमा
  • बाल यौन पर्यटनलाई बढवा दिने कार्यमा लागेको पाइएमा
  • महिला यौनाङ्ग विकृत गर्ने कार्यमा लागेको भएमा

अस्ट्रेलियाली सरकार वा राजदूतावासले के गर्न सक्दैन?

  • तपाईँलाई कानूनी सल्लाह वा सहायता प्रदान गर्न
  • कानूनी कागजात अनुवाद वा भावानुवाद गरिदिन
  • नेपालको अदालतमा तपाईँ उपर चलिरहेको मुद्दा-मामिला माथि हस्तक्षेप गर्न
  • नेपाल छँदा घटेका अपराधको छानबिन गरिदिन वा हराइरहेका प्रियजनको खोजी गरिदिन
  • नेपालबाट तपाईँलाई “डिपोर्ट” हुनबाट रोक्न
  • जेल पर्नुभयो भने अन्य कैदी भन्दा राम्रो सुविधाका लागि स्थानीय अधिकारीसँग पहल गरिदिन
  • जमानत वा अन्य कानूनी शुल्क तिरिदिन
  • औषधोपचार गरिदिन
  • पेन्सन वा सेन्टरलिङ्क बापतको रकम हस्तान्तरण गरिदिन

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now