पछिल्ला दिनहरुमा आफ्नो विभिन्न सिर्जना शैलीबाट ट्रेशि मोफ़त अस्ट्रेलिया र विश्व सामु परिचित हुदै गएकी छिन्। उनले बनाएका चलचित्र फ्रान्सको कान्समा र चित्रकलाको प्रदर्सनी इटाली र न्यु योर्कमा भैसकेको छन्।
यो बर्ष भने उनको प्रदर्शनी सुप्रसिद्ध भेनिस बैनॆलमा हुदै छ। यहाँ भएको प्रदर्शनी विश्व कलामा एक महत्वपूर्ण घटनाको रुप मा लिईन्छ।
"माई हराईजन " नाम दिएको यस प्रदर्सनीमा उनले १६ महिनाको मिहेनत लगाई बनाएको फोटो तथा भिडियोको संग्रह प्रस्तुत गरिनेछ।
अस्ट्रेलियाकी आदिबासी समुदायकी मोफतले, यस प्रदर्सनीका लागि आदिबासी र शरणार्थीहरुले पाएको दुखः र पीडालाई चित्रण गरेकी छिन्।
