फेयरफक्स मिडियाद्वारा गरिएको गोप्य रक्षा रिपोर्टको अनुसन्धानमा उक्त आरोप लगाइएको हो।
कमजोर नेतृत्व र जवाफदेहिताको कमीका बिचमा अस्ट्रेलियाका कुलीन बिशेष सैन्य बलका सदस्यहरुमाथि अफगानिस्तानमा रहदा युद्ध अपराध गरेको आरोप लागेको एक गोप्य रक्षा अनुसन्धानमा पाइएको छ।
फेयरफक्स मिडियाका अनुसार अनुसन्धानमा अस्वीकृत तथा गैर कानुनि तवरले हिंसा गरेको, र मानब जिबनको बेवास्ता गरेको आरोप लगाइएको छ।
अफगानिस्तानको तिन पटकको सहयात्रामा सेवा गरेका पश्चिम अस्ट्रेलियाका सांसद एन्ड्रु ह्यास्टीलाइ रिपोर्टलाइ लिएर पूर्ण बिस्वास रहेको छ
तर एबिसी संगको अन्तर्वार्ताका क्रममा भने उनले उक्त आरोपका सम्बन्धमा अथवा पर्थमा अवस्थित बिशिस्ट सैन्य सेवा रेजिमेन्टमा रहेको संस्कृतिका बिषयमा कुनै पनि टिप्पणी गर्न अस्विकार गरे।
रक्षा विभागले यो आरोपहरुलाई गम्भीरताका साथ् लिएको बताएको छ।
अस्ट्रेलियाली रक्षा बलका निरिक्षकद्वारा गरिने अर्को अनुसन्धानले उल्लेखित दाबीहरू कसरि निवारण गर्ने भन्ने सम्बन्धमा सुझाबहरु दिने छ।
एटोर्नी-जेनेरल क्रिस्चियन पोर्टर भन्छन उनि बिस्वस्त छन् कि रक्षा मन्त्रि मारिस पायीनले अन्तिम रिपोर्टमा के गर्ने भन्ने बारेमा सहि निर्णय लिनेछन।
सन् २०१६ मा तात्कालिन सास (SAS ) का प्रमुख द्वारा आयोग बनाएर उक्त अनुसन्धान गरिएको थियो भने संकलन कर्ता रहेका थिए एक सल्लाहाकार जसले सैनिक र अन्य रक्षा अधिकारीहरुसंग अन्तर्वार्ता लिएका थिए।
सास (SAS ) विदेश मन्त्रि जुली बिशपको निर्बाचन क्षेत्रमा अवस्थित रहेको छ। र मन्त्रि बिशपका अनुसार उनीहरुको बिगतका कार्यहरुलाइ लिएर उनि गौरब गर्छिन तर साथमा यी आरोपहरुलाइ गम्भीरताका साथ् लिनु पर्नेमा पनि जोड दिन्छिन।
फेयरफक्सका अनुसार उक्त रिपोर्टमा केहि बिशेष बलका प्रतिनिधिहरुको भनाइ राखेको छ जसले गोपनियताको शर्तमा जानकारीहरु उपलब्ध गराएका थिए।
अन्तर्वार्ताका क्रममा एक प्रतिनिधिले भने " मलाई १५ वर्षको समयावधिमा केहि भयानक कुराहरु भएको थाह छ। केहि घृणित कार्यहरु भए काबुलमा। धेरै नराम्रो समाचार, अथवा मात्र एक अनुचित ब्यबहार, तर यसलाई ढाक छोप गरेरै राखियो। "
अस्ट्रेलियाको रक्षा संघका कार्यकारी निर्देशक निल जेम्सका अनुसार सास का गणहरुलाई बढी प्रयोग गर्नु नै समस्याको जड हो। उनका अनुसार अफगानिस्तानमा सैन्य अभियानमा जाने सैनिकहरुले घर फर्किएर परिवारसंग बिताउने समय निकै छोटो पाउदा उनीहरु मानसिक रुपमा बिक्षिप्त हुनुका साथै के गरिराखेको छु भन्ने बारेमा सोच्ने समेत फुर्सद नपाउने हुन्छ।
उनले यो समस्याका बारेमा केहि समयअगाडी देखि नै अबगत भएको बताए।
