SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बसोबास: घर भाडामा लिंदा जानी राख्नुपर्ने कुरा

यदि तपाईं पहिलो पटक अस्ट्रेलियामा घर भाडामा लिएर बस्ने सोच्दै हुनुन्छ भने यी कुराहरुलाई ध्यानमा राख्नुहोला।

Rental
Source: Getty Images

2 min read

Published

Updated

By Ildiko Dauba

Presented by SBS Nepali

Source: SBS


Skip to article content

आफ्नो आवासीय भाडादारी करारनामालाई राम्रोसँग पढ्नुहोस्।

लीज भनेर पनि चिनिने आवासीय भाडादारी करारनामा एक कानुनी दस्तावेज हो। यसमा तपाईंले तिर्नुपर्ने भाडाको दर र लगायतका सर्तहरू समावेश गरिएको हुन्छ। भाडादारीको प्रकार र म्याद र आवास स्थानको परिस्थिति पनि यसमा रहेको हुन्छ।

उक्त करारनामा राम्रोसँग बुझे पछि मात्र हस्ताक्षर गर्नुहोला।

Rental agreement
rental agreement form Source: Getty Images

धरौटी तिर्नुहोस्

तपाईंको धरौटी तपाईंको भाडा भन्दा छुट्टै भुक्तानी छ। यदि तपाईं आफ्नो आवासीय भाडादारी सम्झौताको सर्तहरू पूरा गर्न सक्नुहुन्न भने उक्त धरौटी तपाईंको घर धनीका लागि एक सुरक्षाको रूपमा रहन्छ। उदाहरणका लागि भिक्टोरियामा उक्त धरौटी आवासीय भाडादारी धरौटी प्राधिकरण समक्ष भुक्तानी गरिनु पर्द छ र तपाईंको करारनामा अन्त्य भए पछि मात्र उक्त रकम फिर्ता गरिनेछ।

Australian bank notes
Scattered Australian Cash Source: Getty Images

निवास स्थानको अवस्था रिपोर्ट भर्नुहोस्।

सर्नु भन्दा अगाडी निवास स्थानको अवस्थाबारे रिपोर्ट भर्नुहोस् जसमा घर भित्र केहि फुटेको, भत्किएको वा बिग्रिएको लगायतका जानकारीहरु रहेको निश्चित गर्नुहोस् र सरेको सात दिन भित्र आफ्नो घर धनी वा रियल इस्टेट एजेन्टलाई उक्त जानकारी प्रदान गर्नुहोस्। उक्त रिपोर्टमा हस्ताक्षर गर्नुभन्दा अगाडी तपाईं र तपाईंको घरधनी बीच घरको स्थितिबारे सहमति हुनुपर्दछ।

House for lease
Source: AAP/Tracey Nearmy

सबै कुराको प्रतिलिपिहरु राख्नुहोस्

आफ्नो आवासीय भाडादारी करारनामा देखि, निवास स्थान अवस्था रिपोर्ट, भाँडा र धरौटी तिरेको रसिद, पत्र, इमेल र कुनै पनि लिखित सामाग्रीहरुको रेकर्ड राख्नुहोस्।

File Cabinet
Searching In File Cabinet Source: Getty Images

आफ्नो अधिकार र जिम्मेवारी बुझ्नुहोस्

उदाहरणका लागि न्यु साउथ वेल्समा तपाईँले भाडा शुल्कमा वृद्धिको विरोधमा वा निवास स्थानको मर्मतमा घरधनि द्वारा लापरवाही गरिएको लगायतका विषयमा एसएसडबल्यु नागरिक र प्रशासनिक न्यायाधिकरणमा उजुरी गर्न सक्नुहुनेछ।

Suburban houses
Source: AAP/Julian Smith

भाडामा घर लिँदा आफ्ना अधिकार तथा दायित्वहरु बारे थप जान्न तलका लिङ्कमा जानुहोस्:

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now