विश्वकप विजेता कप्तान माइकल क्लार्कले सन्दिप लामिछानेका लागि अस्ट्रेलियामा खेल्ने सम्पूर्ण व्यवस्था मिलाएको बताएपछि, व्याबसायिक रुपमा यहाँ क्रिकेट खेल्ने संभवत उनी पहिलो नेपाली हुने भएका छन्।
मे महिनाको अन्त्यमा हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए । त्यही सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए । त्यसपछि क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाउनु र त्यसका लागि तयार भएर बस्नु भनेका थिए ।
यहाँ भने माइकल क्लार्कको एकेडेमीमा सन्दीपले एक खेल खेल्ने छन् । त्यसपछि वेस्टर्न सबर्बको नेतृत्व गर्दै क्लार्कको टोली मैदानमा उत्रनेछ । त्यहींबाट सन्दीपले खेल्ने छन् । सेप्टेम्बर २४ मा वेस्ट सबर्बले मोसमानसँग एलन बोर्डर ओभलमा खेल्दै छ।
