SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली बोल्नेहरुको संख्या ६२ हजार

गए वर्ष आयोजना भएको राष्ट्रिय जनगणना २०१६ को प्रारम्भिक जानकारी अनुसार अस्ट्रेलियामा नेपाली भाषा बोल्नेहरुको संख्या ६२,००५ रहेको छ।

Participants of Nepal festival in Sydney in 2016.
Participants of Nepal festival in Sydney in 2016. Source: SBS Nepali

1 min read

Published

By SBS Nepali

Source: SBS


Skip to article content

अस्ट्रेलियाली तथ्यांक बिभाग द्वारा मंगलबार सार्वजनिक गरिएको उक्त जानकारीमा न्यु साउथ वेल्समा ३४,६०६ जनाले आफुले घरमा नेपाली बोल्ने भनि बताएका थिए भने भिक्टोरियामा उक्त संख्या १०,४१४ मा रहेको छ।

क्वीन्सल्याण्डलाई ५,९१८ नेपाली भाषीहरुले आफ्नो घर बनाएका छन् भने साउथ अस्ट्रेलियामा उक्त संख्या ४,५०४ रहेको छ।

साथै वेस्टर्न अस्ट्रेलियामा २,८३१ ,टासमानियामा १,६४७, नर्दन टेरीटोरीमा १,२१९ र राजधानी शहर रहेको एसीटी मा ८६६ जनाले आफु नेपाली बोल्ने जनगणनाको रातमा बताएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now