SKIP TO MAIN CONTENT

अस्ट्रेलिया विरुद्ध नेपाल: खेल हारे पनि मन जित्यो

विश्वकप फुटबल छनोट अन्तर्गतको तेस्रो चरणमा आज अस्ट्रेलिया विरुद्ध क्यानबेरामा खेलिएको खेलमा नेपाल ५ -० ले पराजित भएको छ।

Jackson Irvine of Australia in action during the FIFA World Cup Asian Qualifiers match between the Australian Socceroos and Nepal at GIO Stadium in Canberra, Thursday, October 10, 2019. (AAP Image/James Gourley) NO ARCHIVING, EDITORIAL USE ONLY.
Source: AAP

2 min read

Published

Updated


Skip to article content

राजधानी क्यानबेराको जीआईओ रङ्गशालामा अस्ट्रेलियाभरबाट ओइरेका हजारौँ नेपाली समर्थकहरूको साथ पाएका नेपाली खेलाडीहरूले प्रदर्शन अपेक्षाकृत रूपमा भन्नुपर्दा राम्रै रहेको थियो।

पहिलो ६ मिनेट भित्रै गोल खाएको नेपालले १९ औँ मिनेटमा २ गोल पछाडी पुगेको थियो। यी दुवै गोल अग्रपङ्क्तिका खेलाडी जेमी मक्लारेनले गरेका थिए।

Jamie Maclaren of Australia scores his third goal during the FIFA World Cup Asian Qualifiers match between the Australian Socceroos and Nepal
Jamie Maclaren of Australia scores his third goal during the FIFA World Cup Asian Qualifiers match between the Australian Socceroos and Nepal Source: AAP

२३ औँ मिनेटमा १.९८ उचाइ रहेका ह्यारी सुटर गोल गरेर अस्ट्रेलियालाई ३-० ले अग्रता दिलाएका थिए भने उनले खेलको उत्तरार्धमा पुनः गोल गर्न सफल भए। ५९ औँ मिनेटमा अस्ट्रेलियाका लागि आफ्नो पहिलो खेलिरहेका सुटरले गोल गरेपछि भने नेपालको रक्षापंक्तीले लगभग अन्त्यसम्मै गोल रोक्न सफल रहेको थियो।

नेपाली प्रशिक्षक योहान कालिनले ६६ औँ मिनेटमा विमल मगरलाई ओराल्दा नेपाली समर्थकहरूले ताली बजाउँदै उनलाई स्वागत गरेका थिए।

त्यस्तै, ८३ औँ मिनेटमा भने खराब फाउल हानेका कारण नेपाली खेलाडी राजीन धिमालले पहेँलो कार्ड पाएका थिए।

९० औँ मिनेटमा मक्लारेनले अर्को गोल गरेका थिए।

मेलबर्न सिटीबाट खेल्ने मक्लारेन पूर्व सकरुज कप्तान माइकल जन यदिनक (मिले) पछि ह्याट्रिक गर्ने पहिलो खेलाडी भएका छन्।

Nepali Supporters in Canberra outside GIO Stadium
Nepali supporters outside GIO Stadium in Canberra Source: Rajish Aryal

रङ्गशालामा उपस्थित कुल १८,५६३ दर्शक मध्ये ठूलो संख्या नेपाल समर्थक हरुको रहेको थियो।

यसै बिच, अस्ट्रेलिया र नेपालका समर्थकहरू बिच खेलिएको एक मैत्री पूर्ण खेलमा "सपोटरूज"ले क्यानबेरा नेपाली फुटबल क्लबलाई २-० ले हराउन सफल रहेको थियो।

नेपालसँगको यो खेलमा जीत हात परेको अस्ट्रेलियाले आफ्नो समूहमा पहिलो ओगट्न सफल भएको छ। उसको अर्को खेल चाइनिज टाइपे विरुद्ध कावोशिउङ्गमा  १५ अक्टोबरका दिन हुने कार्यक्रम छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now