SKIP TO MAIN CONTENT

अस्ट्रेलियन भई घुलमिल गर्न कत्तिको गाह्रो?

एक नयाँ अध्ययनले अस्ट्रेलिया, संसारकै सबैँभन्दा समावेशी देशमध्ये एक पर्दछ भनि जनाएको छ। धेरै अन्य देशहरु भन्दा, अस्ट्रेलियाका स्थानियहरुले बाहिरबाट आउनेलाई आफूसरह ठान्छन् भनि यस नयाँ सर्वेक्षणले उल्लेख गरेको छ।

Wa Australia kutoka jamii zatamaduni tofauti
Wa Australia kutoka jamii zatamaduni tofauti, washiriki katika tamasha ya siku kuu ya Australia Source: AAP

2 min read

Published

Updated

By Samantha Beniac-Brooks, Jessica Rowe


Skip to article content

अन्तराष्ट्रिय रुपमा गरिएको उक्त सर्वेक्षण अनुसार, संसारको बिभिन्न देशहरुबाट अस्ट्रेलिया आई, यहाँको नागरिता लिएको र अग्रेजी भाषा जान्ने व्यक्तिनै- उसको रुप, रङ्ग, जात- जे भए पनि- एक अस्ट्रेलियनको रुपमा ठानिन्छ। जबकि अन्य कतिपय देशहरुमा, त्यहाँको भाषा जानेर, नागरिता लिए पनि- त्यहाँको स्थानियको रुपमा सम्मान पाउन निकै कठिन हुने बताईएको छ।

अस्ट्रेलियाका अन्तर-जातिय सम्बन्धका कमिशनरले, यस नयाँ सर्वेक्षणले- अस्ट्रेलिया बहुसास्कृतिक समाजहरुको लागि एक उदाहरण रहेको बताउछन्। टिम साउपोमासनेले अस्ट्रेलियामा आई यसलाई आफ्नो देश बनाउनेहरु विभिन्न सस्कृतिहरुको प्रतिनिधित्व गर्दछन् र यहाँ मिलेर बसेका छन् भनि बताउछन्।

अस्ट्रेलिया आउने कतिपय मानिसहरु यहाँ पाएको स्वागत र न्यानोपना आफूले सोचेको भन्दा बढी रहेको बताउछन्। १६ बर्ष अघि अस्ट्रेलिया आएको, किगोले यहाँ धेरै एशियाली र अन्य पृष्ठभूमीका मानिसहरु देखदा आफूलाई शुरुमा आश्चर्य लागेको बताउछन्।यति धेरै अन्य सस्कृतिका मानिसहरुका बिचमा रहन सहन गर्न आफूलाई कहिले अफ्ठेरो अनुभव नभएको उनी बताउछन्।

यसैबीच, एक नयाँ सर्बेक्षण अनुसार किगोजस्तै अस्ट्रेलियामा सजिलै समावेश हुन सकेको अनुभव धेरै मानिसहरुसँग रहेको छ। फ्रान्सको Ipsos Social Research Centre ले, अस्ट्रेलिया संसारकै सबैभन्दा समावेशी देशमध्ये एक पर्दछ भनि जनाएको छ।

उक्त केन्द्रका न्यु साउथ वेल्सका निर्देशक, डेभिड एलिएटले अस्ट्रेलियामा विभिन्न सस्कृति, जातियता र भाषा बोल्ने समुदायहरु मिलेर बसेको कुरा छर्लङ्ग छ भनि बताउछन्।

क्यानाडा र अमेरिका यस सूचिमा उच्च स्थानमा रहेका छन्। दक्षिण अफ्रिका र फ्रान्स क्रमश तेस्रो र चौथो स्थानमा रहे छन् भने- अस्ट्रेलिया यो सूचिमा पाचौं स्थानमा रहेको छ।

 यस सरवेक्षणले समाजले बिँभिन्न धर्म, जातियता, लिंङ्ग बिभेदता, राजनितिक बिचार लगायतका कुराहरुलाई ध्यानम राख्दै, यहाँको स्थानिय समाजले यसलाई कसरी लिन्छ भनि प्रश्न राखेको थियो।

Ethnic Communities Councils of Australia महासंघका एक अधिकारी, एलिया ईमोतुलले यस सर्वेक्षणको नतिजाको स्वागत गरेकी छिन्।

ऊनले अस्ट्रेलियाले बिभिन्न देशहरुबाट यहाँ आउने सबैलाई बराबर मौका दिन्छ भन्ने कुरा यसबाट प्रमाणित हुन्छ भनि बताउछिन्।

साथै उनले, यदि समाजमा कुनै पनि रुपले योगदान दिएको छ भन्ने उक्त व्यक्तिको सम्मान हुने उनी बताउछिन्। यसका लागि उनले प्रष्ट अग्रेजी बोल्नु पर्छ भन्ने कुनै जरुरी नरहेको उनको बिचार रहेको छ।

तर अग्रेजी बोलेको खण्डमा यहाँको समाजमा घुलमिल हुन अझ सजिलो हुने कुरा पक्का छ।

उक्त सर्बेक्षणले यदि अग्रजी भाषाको साथमा रोजकारितामा पनि सक्रिय छ भने, उक्त व्यक्तिललाई समाजले अझ सजिलै स्विकार गर्दछ भनि उल्लेख गरेको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now