चर्कियो हङ्गकङ्गको विवाद: झण्डै तिन लाख स्थानियले ब्रिटिस नागरिकता पाउने

चीनको संसदले हङ्गकङ्गमा लागू हुने सुरक्षा सम्बन्धिका नयाँ प्रस्तावित नीतिलाई पारित गरेको छ। यस कदमले चीन र अन्य देशहरुबीच बढ्दै गएको विवाद झनै चर्केर गएको छ। उता बेलयतले भने केहि हङ्गकङ्गवासीहरु नागरिकता प्रदान गर्ने बताएको छ।

Delegates stand during the closing session of China's National People's Congress (NPC) in Beijing, Thursday, May 28, 2020.

中國全國人民代表大會表決通過港區國安法。 Source: AP

उक्त विधेयक चिनियाँ संसदमा पारित हुन केहि अघिमात्र, अमेरिकाले हङ्गकङ्गसँग रहेको विशेष व्यापार सम्झौता खारेज गरेको थियो। यसको कारणले हङ्गकङ्गसँग रहेको व्यारिक केन्द्रको शक्तिमा ह्रास आउने बताईएको छ। 

लाखौ मानिसहरुको रोजगारितामा पनि यसले प्रभाव पार्ने प्रष्ट देखिएको छ।

यसैबीच, चीनको यो पछिल्लो कदमलाई ध्यानमा राख्दै ब्रिटेनले झण्डै तिन लाख हङ्गकङ्गका स्थानियहरुलाई नागरिकताको बाटो खोल्ने बताएको छ। 

चीनले हङ्गकङ्गमाथि लाद्न खोजेको सुरक्षा नीति फिर्ता नलिएमा, हाल ब्रिटिस परिचय-पत्र बोक्नेहरुलाई संयुक्त अधिराज्यको नागरिकता प्रदान गरिने- ब्रिटेनका विदेश मंत्री डोमिनिक राबले बताएका छन्।

ब्रिटिस परिचय-पत्र, हङ्गकङ्गलाई सन् १९९७ मा चीनसँग सुम्पिनु अघि जन्मेका हङ्गकङ्ग निवासीहरुको लागि प्रदान गरिएको थियो। 

अहिले पनि यिनीहरु ब्रिटेनले जारी गरेको राहदानी उपयोग गर्न पाउँछन्, तर त्यसका आधारमा मात्र ६ महिनाका लागि बेलायतमा बस्ने अधिकार उनीहरुको रहेको छ।

Members of the pro-democracy political group Demosisto, Nathan Law, (L), Joshua Wong, (C), and Agnes Chow, (R) outside the Legislative Council in Hong Kong
Source: AP

तर चीनले जारी गर्न लागेको नयाँ सुरक्षा नीतिमा परिवर्तन नआएको खण्डमा, केहि हङ्गकङ्गवासीहरु पूर्ण रुपले संयुक्त अधिराज्यका नागरिक हुन पाउने छन्। त्यस कोटिमा झण्डै तिन लाख जनसंख्या रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

यसैबिच, चीनको यो पछिल्लो कदमको भत्सर्ना गर्दै अस्ट्रेलिया, अमेरिका, संयुक्त अधिराज्य र क्यानाडाले एक संयुक्त विज्ञप्ति जारी गरेका छन्। 

सन् १९९७ मा हङ्गकङ्गलाई चीनको जिम्मामा छोड्नु अघि -“एक देश, दुई प्रणाली”को सम्झौताको ढाँचा विपरित हालको चिनियाँ कदम रहेको उक्त विज्ञप्तिमा आरोप लगाईएको छ। 

हङ्गकङ्ग -“एक देश, दुई प्रणाली”को नीति अनुरुप संसारकै एक प्रमुख व्यापार केन्द्रको रुपमा स्थापित हुन पुगेको थियो। तर चीनले हिजो बेलुका पारित गरेको नीतिले- हङ्गकङ्गको स्वतन्त्र प्रणालीमाथि प्रश्नचिन्ह लगाएको छ। 

पारित भएको नीति अनुसार- हङ्गकङ्गको सुरक्षा लगायतका कारवाहीहरुमा- हाल जारी रहेको त्यहाँको स्थानिय नियम नभई - चीनको नीतिहरु कानून बन्ने छन्। साथै, चिनियाँ प्रहरि र सैनिकहरु पनि यहाँ आई सुरक्षा प्रदान गर्न मिल्ने प्राबधान रहेको छ।

यसले गर्दा यस शहरमा रहेको प्रजातान्तिक स्वतन्त्रता समाप्त हुने त्यहाँका अधिकारकर्मीहरुको भनाई छ।

यसैबिच, अमेरिकी विदेश मंत्री माईक पोम्पियोले चीनले पुर्व सम्झौताको मर्यादा विपरित काम गरेकाले हङ्गकङ्गलाई दिईएको विशेष व्यापारिक सहुलियत फिर्ता लिएको घोषणा गरेका छन्। 

उता चिनियाँ अधिकारीहरुले भने चिनियाँ तथा हङ्गकङ्गवासीको हीतलाई प्राथमिकता दिदै यो नयाँ नीति पारित गरिएको बताएका छन्। हङ्गकङ्गकी प्रमुख क्यारी ल्यामले पनि यस नीतिको स्वागत गरेकी छिन्। 

तर यस नीतिको विपक्षमा रहेकाहरुले, चीनको यो पछिल्लो कदमबाट हङ्गकङ्गमा अब कुनै प्रजातान्त्रिक अभ्यास बाँकी नरहने चिन्ता व्याक्त गरेका छन्। 

“नयाँ सुरक्षा नीतिले प्रजातान्त्रिक उर्जालाई सखाप बनाउने छ,” एक स्थानिय जोशुवा वाङ्गले बताए। 

 


Share

2 min read

Published

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now