SKIP TO MAIN CONTENT

पर्थमा डढेलोका कारण कम्तीमा पनि ७१ घर नष्ट

डढेलोमा हाल सम्म ७१ घर जलेर नष्ट भइसकेका छन् भने राज्यको आपतकालिन आगलागीन विभागले थप क्षति हुने अनुमान गरेको छ ।

A supplied image of DFES fire fighters battling a blaze in Brigadoon, Perth, Tuesday, 2 February, 2021.
A supplied image of DFES fire fighters battling a blaze in Brigadoon, Perth, Tuesday, 2 February, 2021. Source: DFES

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

पर्थको उत्तर पूर्वी क्षेत्रमा सोमबारबाट सुरु भएको डढेलो तीव्र गतिमा अघि बढिरहेको बताइएको छ ।

ठुलो हिस्सामा फैलिएको आगोका कारण हाल सम्म ७१ घर जलेर नष्ट भइसकेका छन्।

सोमबार राति आगलागीले ठुलो रूप लिएको बताइएको छ ।

आगलागी पहाडी सहर वरुलोबाट तटीय मैदानमा पुगेको अधिकारीहरूले बताएका छन् ।

अग्नीनियन्त्रकहरुले आगलागी नियन्त्रणका लागि कोसिस जारी राखेका छन् ।

वेस्र्टन अस्ट्रेलियाका आपतकालिन एवम् आगलागी सेवाका कमिस्नर डेरेन क्लेमले क्षति पुगेका घरहरूको सङ्ख्या बढ्न सक्ने बताए ।

क्लेल भन्छन् आगो अत्यधिक छिटो फैलिरहेको छ र निभाउन गार्‍हो परिरहेको छ ।

हाल सम्म करिब ९ हजार हेक्टर जमिन आगोले नष्ट गरी सकेको बताइएको छ ।

रातिको समयमा मौसम झनै खराब हुन सक्ने र हावाको गति ७५ किलोमिटर प्रतिघण्टा भन्दा बढी हुन सक्ने भएकाले झनै जोखिम रहेको उनले बताए ।

आगलागीका लागि चेतावनी जारी गरिएको क्षेत्र वरपरका बासिन्दालाई आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको भए सुरक्षित स्थानमा सर्नका लागि अनुरोध गरिएको छ ।

DFES Commissioner Darren Klemm speaks to the media during a press conference at the Wooroloo Volunteer Bushfire Brigade in Perth on Tuesday, 2 February.
DFES Commissioner Darren Klemm speaks to the media during a press conference at the Wooroloo Volunteer Bushfire Brigade in Perth on Tuesday, 2 February. Source: AAP

आगलागीका कारण बिजुली कटौती भएपछि मङलबार करिब २ हजार बासिन्दा एवम् व्यवसायीहरू अध्यरोमा बस्न बाध्य भएका छन् ।

करिब एक सय बिजुलीका पोल एवम् ट्रान्सफरमरहरूमा आगलागीका कारण क्षति पुगेको थियो ।

स्थानीय बिद्युत् सेवा प्रदायकहरूले जोखिमका कारण क्षति पुगेका स्थानमा पुगेर सेवा सुचारु गर्न भने सकेनन् ।

सेवा प्रदायहरूले जलेका पोल एवम् ट्रान्सफर्मर निकाल्नका लागि आपतकालिन विभाग सँग सहकार्य गरिरहेको बताइएको छ ।

राज्यका प्रिमीयर मार्क माक्गावीनले राज्यको ग्रामीण क्षेत्र टिल्डेन पार्कमामा क्षति पुगेका घरहरूमा अग्नि नियन्त्रकहरुले निगरानी  राखेको बताए ।

”यो अत्यन्तै खतरनाक आगो र गम्भीर अवस्था हो,मौसमी अवस्था पनि निकै अस्थिर छ । ” उनले भने ।

”कृपया तपाई र तपाईँको परिवारलाई सुरक्षित राख्नुहोस्,एक अर्काको हेरचाह गर्नुहोस् । ” उनले आग्रह गरे ।

आपतकालिन विभागले आफ्नो घर छाडेर सुरक्षित स्थानका लागि बाहिर निस्कएकाहरुले मास्क लगाउन र सामाजिक दुरीका साथ राज्यको कोभिड–१९ नियन्त्रण मापदण्डको ख्याल राख्न आग्रह गरेको छ ।

Firefighters battle a blaze in Brigadoon, Perth, on Tuesday, 2 February.
آتش‌نشانان در حال مبارزه با آتش‌سوزی در نزدیکی پرت Source: DFES via AAP

स्वान भ्यूमा रहेको ब्राउन पार्क रिक्रएसन सेन्टर बीचबोरोमा रहेको स्वान एक्टिभ लगायतका क्षेत्रलाई सुरक्षित रूपमा भेला हुने स्थानमा तोकिएको छ ।आगलागी क्षेत्र भन्दा ३५ किलोमिटर परका सहरी इलाकाका घरहरूमा आगलागीबाट निस्किएको धुवा र खरानी पुगेको स्थानीयहरूले बताएका छन् । 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now