५ देखि ११ वर्षका बालबालिकाका लागि बुस्टर खोप अटागीद्वारा स्वीकृत

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

NSW CORONAVIRUS COVID19

Parents with their children in Sydney. (file) Source: AAP / JOEL CARRETT/AAPIMAGE

मुख्य बुँदाहरू:

  • अस्ट्रेलियाले सङ्घीय बजेटमा महामारी विरुद्ध थप २ अर्ब ६० करोड डलर
  • सास फेर्दा लिन मिल्ने कोभिड खोप प्रयोग गर्ने शाङ्घाई विश्वको पहिलो सहर
  • विश्वव्यापी कोभिड-१९ सङ्क्रमणमा १५% घटेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

फाइजरको पेडियाट्रिक (बालबालिकाका लागि तयार गरिएको) खोपलाई जोखिममा रहेका पाँच देखि ११ वर्षका बच्चाहरूको लागि प्रयोग गर्न अस्ट्रेलियाको खोप नियामक समिति अटागीले स्वीकृति दिएको छ। खोपलाई बुस्टर या चौथो मात्राको रूपमा प्रयोग मिल्ने बताइएको छ।

उक्त खोप गम्भीर रूपमा प्रतिरोधात्मक शक्ति कम भएका र कुनै अशक्तता या जटिल स्वास्थ्य समस्याहरू भएका बच्चाहरूका लागि मात्र प्रयोग गर्न अटागीले अनुमति दिएको हो।

कोभिड-१९ सङ्क्रमित भए पछि या प्राथमिक खोप पछि उक्त खोप लगाउनु अघि तीन महिनाको अन्तर हुनु पर्ने छ।

प्रतिरोधात्मक शक्ति कम भएका बालबालिकाहरूले कोभिड-१९ को प्राथमिक खोपलाई तेस्रो मात्राको रूपमा प्रयोग गर्न पाउने छन्।

यस उमेर समूहका लागि हाल मोडर्नाको स्पाइकभ्याक्स र बाइभ्यालेन्ट खोपहरूको अनुमति दिइएको छैन।

अस्ट्रेलियाले महामारी विरुद्ध लड्नका लागि सङ्घीय बजेटमा २ अर्ब ६० करोड डलर तोकेको छ।

उक्त रकम मुख्यतः खोपको आपूर्ति र व्यक्तिगत सुरक्षा उपकरणको लागि प्रयोग हुने छ।

अमेरिका र बेलायतले जस्तै अस्ट्रेलियाले लङ्ग कोभिडको लागि विशेष आर्थिक सहायता नगरेकोमा लेबर सरकार आलोचित भएको छ।

सरकारले लङ्ग कोभिडको अनुसन्धानका लागि आर्थिक सहायता गरेको सङ्घीय स्वास्थ्य मन्त्री मार्क बट्लरले बताएका छन्।

सरकारले लङ्ग कोभिड बारे एक संसदीय समितिको प्रतिवेदन पर्खिरहेको उनले बताए।

सङ्घीय सरकारले हरेक राज्यका कोभिड सम्बन्धी खर्चहरूको ५० प्रतिशत बेहोर्ने गरेको छ। तर उक्त व्यवस्थालाई आउँदो डिसेम्बरदेखि अन्त्य गर्ने निर्णयलाई अस्ट्रेलियन मेडिकल एसोसिएसन (एएमए)ले आलोचना गरेको छ।

यसले अस्पतालहरूमा "विनाशकारी प्रभाव" पार्ने एएमएको भनाइ छ।

बट्लरले बताए कि अक्टोबर १४ देखि सेल्फ आइसोलेसनको नियम हटे तापनि कोभिड-१९ सङ्क्रमितको सङ्ख्या घटेको छ।

आउँदो गर्मी याममा सङ्क्रमण फेरी बढ्न सक्ने भनी केही राज्यका प्रमुख स्वास्थ्य अधिकारीहरूले सल्लाह दिएको उनले बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अद्यावधिक गरिएको बुस्टर खोप यस हप्ता प्राप्त गरेका छन्।

यो उनको तेस्रो बुस्टर खोप तथा कोरोनाभाइरस खोपको पाँचौँ मात्रा थियो।

सास फेर्दा लिन मिल्ने कोभिड खोप प्रयोग गर्ने शाङ्घाई विश्वको पहिलो सहर बनेको छ।

सेप्टेम्बरमा स्वीकृति पाएको उक्त खोप क्यानसिनो नामक चिनिया बायोफार्मास्युटिकल कम्पनीले विकास गरेको हो।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्ट अनुसार १७ अक्टोबरदेखि २३ अक्टोबरको हप्तामा विश्वव्यापी कोभिड सङ्क्रमण १५ प्रतिशत घटेको छ।

त्यस्तै, कोभिडका कारण हुने मृत्यु १३% ले घटेको छ।

जर्मनी, फ्रान्स, चीन, अमेरिका र इटालीमा सबैभन्दा उच्च सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका छन्।

लङ्ग कोभिड परीक्षण क्लिनिकहरू

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Share

3 min read

Published

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now