SKIP TO MAIN CONTENT

कोभिड-१९: सन् २०२३ को बुस्टर खोप लगाउन अस्ट्रेलियावासीलाई आग्रह

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

BRETT SUTTON MONKEYPOX PRESSER
Victoria’s Chief Health Officer Professor Brett Sutton, during a press conference in Melbourne. (AAP Image/Joel Carrett) Source: AAP / JOEL CARRETT/AAPIMAGE

3 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य विषयहरू:

  • मानिसहरूलाई आफ्नो सन् २०२३ को बुस्टर खोप लगाउन भिक्टोरियाली प्रमुख चिकित्सा अधिकारी ब्रेट सटनको आग्रह
  • एक प्रयोगशालाले कोभिड-१९ महामारी सुरु गरेको हुन सक्ने: एफबीआई प्रमुख

अस्ट्रेलियाको खोप नियामक समिति अटागीले मोडर्नाका बीए.४/५ बुस्टर खोपहरूलाई १२ वर्ष र त्यसभन्दा माथिका मानिसहरूको प्रयोगका लागि स्वीकृति दिएको छ।

उक्त खोपलाई थेराप्यूटिक गुड्स एड्मिनिसट्रेसनले फेब्रुअरी १७ मा स्वीकृत गरेको थियो।

योग्य अस्ट्रेलियालाई अप्रिल महिनादेखि प्रयोगका लागि अस्ट्रेलियाले ३० लाख वटा बुस्टर खोपहरू पाउने भएको छ।

कोभिड-१९ खोप र उपचारको खरिद बारे प्राध्यापक जेन हल्टनको स्वतन्त्र समीक्षाका आठ मध्य सात वटा सिफारिसलाई अस्ट्रेलिया सरकारले स्वीकार गरेको छ।

राष्ट्रिय मेडिकल स्टकपाइलमा रहेका चिकित्सा सामाग्री बारे थप पारदर्शिता र पहुँचको माग गरेको आठौँ सिफारिसलाई भने सरकारले हाल आंशिक रूपमा स्वीकार गरेको छ।

"सुरक्षामा जोखिम पुग्न सक्ने हुनाले" केही निश्चित जानकारी भने सार्वजनिक नगरिने" सरकारले बताएको हो।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीको एक अध्ययन अनुसार सङ्घीय सरकारप्रति बासिन्दाहरूको विश्वास बढेको छ।

सन् २०२२ को अप्रिलमा ३५.६% रहेको दर सोही वर्षको अगस्टमा ५२.९% मा पुगेको हो।

सन् २०२३ ज्यानुअरीमा भने ५१% मा स्थिर रहेको पाइएको छ।

उक्त अध्ययन अस्ट्रेलियामा सन् २०२० अप्रिलदेखि कोभिड-१९ प्रभाव निगरानी सर्वेक्षणको भाग हो।

शुक्रबारको तथ्याङ्क अनुसार न्यु साउथ वेल्सको साप्ताहिक नयाँ सङ्क्रमित सङ्ख्या बढेको छ।

गत हप्ता ६,५४५ रहेको सङ्ख्या यस हप्ता ७,१६३ पुगेको हो।

भिक्टोरियामा गत हप्ता ३,०५२ मामिलाहरू पुष्टि भएका थिए भने यस हप्ता ३,०१६ मामिलाहरू फेला परेका छन्।

न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले व्यापक खोप अनिवार्यतालाई अन्त्य गर्न माग गरेका छन्।

खोपले कोभिड सर्नबाट वञ्चित गर्छ भन्ने कुनै प्रमाण नभएको हुनले सिड्नीको रेडियो २ जीबीसँगको कुराकानीमा बताएका हुन्।

भिक्टोरियाका प्रमुख चिकित्सा अधिकारी प्राध्यापक ब्रेट सटनले मानिसहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।

धेरै जस्तो भिक्टोरियालीहरूले आफ्नो बुस्टर खोप करिब ६ महिना अघि लगाएको हुनाले त्यसको प्रतिरोधात्मक शक्ति अहिले कम भइसकेको उनले बताए।

कोभिड-१९ महामारी सम्भावित रूपमा एक प्रयोगशालाले गरेको चुहावटका कारण भएको हुन सक्ने अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई(का निर्देशक क्रिस्टोफर रेले फक्स न्यूजलाई बताएका छन्।

"वुहान एक प्रयोगशालाको एक सम्भावित घटनाका कारण महामारी सुरु हुन सकेको विषयमा एफबीआईले केही समयदेखि अनुसन्धान गरिरहेको छ," रेले भने।

"हामी चिनिया सरकार नियन्त्रित एक प्रयोगशालाबाट सम्भावित रूपमा भएको चुहावटको बारेमा कुरा गर्दै छौँ।"

गत २८ दिनको अवधिमा त्यसभन्दा अघिका २८ दिनको तुलनामा विश्वव्यापी कोभिड मामिलामा ७६% गिरावट भएको छ भने मृत्यु हुनेको सङ्ख्या ६६% घटेको छ।

उच्च सङ्क्रमण सङ्ख्या अमेरिका, जापान, चीन, जर्मनी र कोरियामा रहेका छन्।

हाल विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रनका सात वटा सबभेरिएन्टहरूको निगरानी गर्दै छ: बीएफ.७, बीक्यू.१, बीए.२.७५, सीएच.१.१, एक्सबीबी, एक्सबीबी.१.५ र एक्सबीएफ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागु क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now