SKIP TO MAIN CONTENT
Wet Weather Continues In Sydney

This article is more than 3 years old

अस्ट्रेलियालीहरूले खोपको पाँचौँ मात्रा लगाउनुपर्ने बारे बिचार गर्दै ‘अटागी’

यो साप्ताहिक रूपमा प्रकाशित हुने अस्ट्रेलियाली कोभिड-१० अपडेट हो।

Key Points

  • क्वीन्सल्यान्ड विश्वविद्यालयका अन्वेषकहरूद्वारा कोभिड-१९ भाइरस र अन्य घातक ब्याक्टेरिया मार्न सक्ने ‘स्प्रे’ तयार
  • न्यु साउथ वेल्सको साप्ताहिक कोभिड-१९ सङ्क्रमण दर ३२.५ प्रतिशतले घट्यो

अस्ट्रेलियाका सङ्घीय स्वास्थ्य मन्त्री मार्क बट्लरका अनुसार आउँदो हिउँदमा कोभिड-१९ सङ्क्रमण बढ्न सक्ने अनुमान रहेको छ।

यसै कारण आफू लगायत राज्य तथा प्रादेशिक सरकारहरूले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तयारी गरिरहेको पनि उनले बताए।

एबीसी न्युजसँग कुरा गर्ने क्रममा उनले उत्तरी गोलार्धमा हाल देखिएको सङ्क्रमणको स्थिति आउँदो अप्रिल, मे र जुन महिनाहरूमा अस्ट्रेलियाले देख्नुपर्ने र यसबाट सुरक्षाका लागि खोपको पाँचौँ मात्रा जरुरी हुनसक्ने बारे सोच्नुपर्ने बताएका हुन्।

“हामीले यसबारे ‘अटागी’को सुझाव कुरेर बसेका छौँ,” उनले भने।

अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसन भनिने अटागीले सङ्क्रमण विरुद्ध दिइने खोपहरू बारे प्राविधिक सल्लाह सरकारलाई प्रदान गर्ने गर्छ।

हाल अस्ट्रेलियामा बसोबास गर्ने र रोग प्रतिरक्षा प्रणाली निकै कमजोर रहेका मानिसहरूका लागि उपलब्ध छ।

अटागीले उक्त मात्राको दायरा थप मानिसहरूका लागि बढाउन सरकार समक्ष सिफारिस गर्न सक्छ।

यसै गरी, मन्त्री बट्लरले आगामी महिना आयोजना हुन गइरहेको सिड्नी वर्ल्डप्राइड २०२३मा सहभागी हुने मानिसहरूलाई एमपक्स खोप लगाउने बारे सोच्न आग्रह गरेका छन्।

सत्र दिनसम्म चल्ने उक्त एलजीबीटीआईक्यु प्लस महोत्सवमा पाँच लाखभन्दा बढी मानिसहरूले भाग लिन सक्ने सरकारी अनुमान छ।

एक विज्ञप्तिमा उनले उक्त महोत्सवका बेला मङ्कीपक्स सङ्क्रमणका मामिलाहरू बढ्न सक्ने बारे चिन्ता व्यक्त गर्दै खोप लगाउने बारे बिचार गर्न भनेका हुन्।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्स हेल्थका अनुसार अगिल्लो साताको तुलनामा यो हप्ता कोभिड-१९ सङ्क्रमणको दरमा ३२.५ प्रतिशतले कमी आएको छ।

वेस्टर्न अस्ट्रेलिया

राज्यको कोभिड-१९ महामारी व्यवस्थापन तथा प्रतिक्रिया बारे समीक्षा गर्न वेस्टर्न अस्ट्रेलियाले तीन स्वतन्त्र विज्ञहरूलाई नियुक्त गरेको छ।

क्वीन्सल्यान्ड

कोभिड-१९ सम्बन्धी चौथो लहर क्वीन्सल्यान्डमा आधिकारिक रूपमा अन्त्य भएको घोषणा गरिएको छ।

राज्यका कार्यवाहक प्रिमियर स्टिभन माइल्सले सामुदायिक सङ्क्रमण निकै कम दरमा झरेको भन्दै उक्त घोषणा गरेका हुन्।

उता, क्वीन्सल्यान्ड विश्वविद्यालयका अन्वेषकहरूले कोभिड-१९ को भाइरस लगायत घातक ब्याक्टेरियाहरू मार्न सक्ने एक स्प्रेको आविष्कार गरेका छन्।

व्यावसायिक सर-सफाइका लागि उक्त स्प्रे सही भए नभएको बारे थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसनले हाल जाँच गरिरहेको छ।

निर्माताहरूका अनुसार, सो स्प्रे २४ घण्टासम्म प्रभावकारी रहन्छ।

Find a Long COVID clinic

ACT  New South Wales  Northern Territory Queensland

South Australia Tasmania  Victoria  Western Australia

Find a COVID-19 testing clinic

ACT New South Wales Northern Territory Queensland

South Australia Tasmania Victoria Western Australia

Register your RAT results here; if you're positive

ACT  New South Wales Northern Territory Queensland

South Australia Tasmania Victoria Western Australia

अस्ट्रेलिया बाहिर जाँदै हुनुहुन्छ? तपाईँलाई आवश्यक पर्ने सबै जानकारीहरू यहाँ छन्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now