“प्रजातन्त्र माथिको प्रहार”:विज्ञहरू भन्छन् प्रतिबन्धले गलत सूचना फैलने डर

अस्ट्रेलियन समाचार सामाग्री माथि फेसबुकले प्रतिबन्ध लगाउँदा प्रजातन्त्रमा गहिरो प्रभाव पर्ने सँगै गलत सूचना सम्प्रेषण हुने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

Facebook Australia Restricts News Publishers And Users In Response To Proposed Media Bargaining Laws

Facebook message to Australians. Source: Getty Images

बषौ देखि फेसबुक माथि सही र गलत एवम् झुटा समाचारहरूका बिच फरक छुट्टाएर सम्प्रेषण गर्ने दबाब पदै आएको थियो ।

अब प्रतिष्ठित मिडिया मार्फत तथ्य जाँच भएका समाचारहरू माथि बन्देज लगाईदैछ,चिन्ताहरू बढेका छन् की अब ठुलो सामाजिक सञ्जाल मानिएको फेसबुक गलत सूचना र गलत समाचारका लागि शरण स्थान हुनेछ ।

स्विनबर्न बिश्वबिद्यालयकी वरिष्ठ मिडिया व्याख्याता बेलिंडा बार्नेट भन्छिन् “तथ्य जाँच गरिएका जानकारीहरूका लिङकहरु नहुँदा हामीले के हेर्ने भन्ने कुरा केवल अनुमानमा मात्र भर पर्नेछ ।”

“फेसबुक यसरी प्रस्तुत भएर,समाचार र सामाग्री माथि गदै गरेको बन्देज मलाई लाग्छ,यो प्रजातन्त्र माथिको प्रत्यक्ष प्रहार हो ।”

बिहीबारबाट एक्कासि जानकारी नदिईकनै फेसबुकले अस्ट्रेलियन संचारमाध्यममका समाचार माथि बन्देज लगाएको छ, अस्ट्रेलियन सरकारले ल्याउन लागेको नयाँ कानुनमा सहमति नजनाएको फेसबुकले सरकारी कदमको प्रतिक्रिया स्वरूप यो कदम चालेको हो ।

अस्ट्रेलियाको कम्पिटीसन वाचडग भन्छ् “अस्ट्रेलियन समाचार संस्था र गुगल र फेसबुक जस्ता प्रविधिका ठुला कम्पनी बिच रहेको असन्तुलनलाई सम्बोधन गर्न मिडिया कानुनको डिजाइन भएको हो । ”

फेसबुकले प्रतिबन्ध लगाएको केही क्षणमै समाचार संस्थाहरूमा परेको प्रभाव स्पष्ट भएको छ ।

बुधवार सम्म फेसबुकका प्रयोगकर्ताहरुले समाचार सामाग्रीहरूमा सबैभन्दा बढी अन्तरक्रिया जनाएका छन् भने बिहीबार शीर्ष १० को सुचीमा खेलकुद,राजनीतिक व्यक्तित्व र प्रहरीका पेजहरू परेका छन् ।

टिम ग्राहम क्विन्सल्याण्ड विश्वविद्यालय डिजीटर मिडियाका लेक्चरर हुन् । उनी भन्छन् “फेसबुकको निर्णयले अप्रत्याशित पृष्ठहरूलाई श्रेय दिन सक्ने जोखिम छ ।”

“आपराधिक, अव्यवसायीक वा समस्याग्रस्त श्रोतहरू माथि पर्न सक्छन् ।”

नमुनाका लागि खोप विरुद्धको अभियानमा लागेको एउटा समूहको फेसबुक पेज अझै पनि सञ्चालित नै छ ।

अल्पसङ्ख्यक र आप्रवासीमा प्रभाव

फेसबुकले अस्ट्रेलियन समाचारमा बन्देज लगाउँदा अल्पसङ्ख्यक र बहुसास्कृति समुदायलाई गहिरो प्रभाव पार्न सक्छ ।

एथिनिक कम्युनिटी काउन्सिल महासङ्घका अध्यक्ष मेरी प्याटेसोस भन्छिन् धेरै समुदायहरू फेसबुकबाट आउने समाचार माथि निर्भर थिए र यो निकै आलोचनात्मक छ ।

“यसमा निर्भर भइसकेपछि,यसले काम गदैन भने हामीले यसभन्दा बाहिर कसरी हेर्ने भन्ने सोच्न जरुरी छ ।” उनले एस बि एस सँग भनिन् ।

एक विज्ञप्तिमा एस बि एस अस्ट्रेलियाले भनेको छ– आफ्ना धेरै फेसबुक पेजहरूमा प्रतिबन्ध लाग्दा,खोप कार्यक्रमका बारेमा ६० भन्दा बढी भाषामा गरिएका महत्त्वपूर्ण जानकारी अब प्रयोगकर्ता माझ पुग्ने छैनन् र यो अत्यन्तै निराशाजनक अवस्था हो ।

अस्ट्रेलियामा खोप कार्यक्रम सुरु हुनु केही दिन अघि मात्र फेसबुकले समाचार सामाग्रीमा बन्देज लगाउँदा,यसको निकै आलोचना भएको छ ।

 

एसबीएस नेपाली को फेसबुक पृष्ठमा हाम्रा समाचार सामग्रीहरू देखिएका छैनन्।

हाम्रा सामाग्रीलाई फेसबुक बाहेक यी प्याटफर्महरूमा पाउन सक्नु हुन्छ:

एसबीएस नेपाल वेबसाइट: https://www.sbs.com.au/language/nepali/en

एसबीएस रेडियो एप: Appleको App Store या Google Play बाट डाउनलोड गर्न सक्नु हुन्छ।

ट्विटर:https: twitter.com/SBSNepali


2 min read

Published

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now