SKIP TO MAIN CONTENT

अस्ट्रेलिया: अस्थाई आप्रवासीहरुको देश?

अस्ट्रेलिया, अस्थाई आप्रवासीहरुको बसोबासबाट बनेको देश हो। तर पछिल्ला समयमा अस्थाई आप्रवासीहरुका सट्टा स्थाई श्रमिकहरुलाई यहाँ भित्र्याउने क्रम बढ्दै गएको भन्ने विचारहरु पनि सुनिन थालेका छन्। के अस्ट्रेलियामा आउने आप्रवासीहरुको यथार्थ खालि यहाँ स्थाई रूपमा काम गर्न मात्र हो? एसबीएस द्वारा यस विषयको विश्लेषण गर्न तयार पारिएको अल वोर्क, नो स्टे? नामको रिपोर्ट बारे सुनिता पोखरेल बाट थप जानकारी।

immigration outlook
Airline passengers make their way through Melbourne Airport in Melbourne, Wednesday, Aug. 2014. Source: AAP

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

रिपोर्टमा देशमा बढिरहेको अस्थाई भिसाको अवस्था र यसले निम्त्याउने परिणामका बारेमा लेखिएको छ। साथै यसले अहिलेको स्थाई बसोबासको मोडलले कतै  अस्ट्रेलियालाई पाहुना कामदारहरुको समुदायका रुपमा स्थापित गर्दै छ कि भन्ने प्रश्न राखेको छ।

लेखक पिटर मेर्स इनसाइड स्टोरी पत्रिकामा सम्पादक रहेका छन् र उनले अस्ट्रेलियाको आप्रवास प्रबित्तिलाई धेरै बर्षदेखी नजिकबाट नियालि रहेका छन्।

अस्ट्रेलिया अस्थाई आप्रवास तर्फ उन्मुख रहेको देखेका उनले एसबीएसद्वारा संचालित अनुसन्धान भर्खरै मात्र सकाएका छन्।

अन्तरराष्ट्रिय शिक्षा क्षेत्रले बर्षमा २७ अर्ब डलर बराबरको आम्दानी गर्नाले अस्थाई आप्रवासमा फाइदाहरु भएको नै देखिन्छ।  तर त्यससंगै केहि लागतहरु पनि जोडिएका छन्। जसमध्ये एक हो आप्रवासी कामदारहरुको शोषणका कारण हुने खर्च।

अस्थाई आप्रवास जस्तै अन्तरराष्ट्रिय बिद्द्यार्थीहरुलाई दिइएको भिसा, बिदामा काम गर्न आउनेहरु र कुशल कामदारहरुको संख्या स्थाई भिसा हुनेहरुको भन्दा लगभग तिन गुणा बढी हुनुले अस्ट्रेलियामा अस्थाई बसोबासको तुलनामा स्थाई बसोबास निकै कम भएको उनले औंल्याए।

मेर्सले मेलबर्नको क्रिकेट मैदानमा धेरै कम पारिश्रमिक लिएर सन् २००९ देखि २०१४ बिचको समयमा ठेक्कामा सरसफाइको काम गर्ने कामदारहरुको उदाहरण दिए। यस बारे एसबीएस न्युजले गरेको खुलासाका कारण फेयर वोर्कले अनुसन्धान पनि गरेको थियो।

पिटर मेर्स भन्छन यस्ता निकृष्ट घटनाहरुले धेरै महत्वपुर्ण प्रश्न खडा गर्दछ।

 अल वर्क, नो स्टे? नामक पिटर मेर्सको पुरा रिपोर्ट यहाँ पढ्नुहोस् 

सिमान्तकृत आप्रवासीहरुलाई शोषण र हिंसाको जोखिममा राख्ने गरि के अस्ट्रेलिया अस्थाई भिसा ब्यबस्थापनका लागि स्थाई बन्दोबस्त गर्न बाट पन्छिदै छ भन्ने प्रश्नको जवाफमा लेखक मेर्स भन्छन।

“आप्रबासीहरु आए, उनीहरुले निकै कम समयमा स्थाई बसोबास र नागरिकता पाए जसले गर्दा उनीहरुले पनि अन्य जो कोहिले पाए जस्तो अस्ट्रेलियाको राजनीतिमा पूर्ण अधिकार सहितको सदस्यता पाए। तर अहिले हामी यस्तो समाजको निर्माण गर्दै छौ जहाँ धेरै ठुलो संख्यामा रहेका मानिसहरुले समान  अधिकार पाएका छैनन् , जसले मतदान गर्न पाउदैनन, जसको नेतृत्व कुनै राजनीतिक दलका नेताहरुले गर्दैनन् र जो झन् धेरै आफ्नो भिसाका कारणले  कार्यक्षेत्रमा कमजोर छन्। मलाई यो आपत्तिजनक लाग्छ बिशेष गरि यउटा यस्तो देशमा जो आफ्नो सामाजिक एकता र मेलको इतिहासमा गर्व गर्दछ।”

The Australian Government Department of Immigration and Citizenship in Sydney on Monday, May 28, 2012. (AAP Image/April Fonti) NO ARCHIVING
The Australian Government Department of Immigration and Citizenship in Sydney. Source: AAP

अस्थाई आप्रवास जस्तै अन्तरराष्ट्रिय बिद्द्यार्थीहरुलाई दिइएको भिसा, बिदामा काम गर्न आउनेहरु र कुशल कामदारहरुको संख्या स्थाई भिसा हुनेहरुको भन्दा लगभग तिन गुणा बढी हुनुले अस्ट्रेलियामा अस्थाई बसोबासको तुलनामा स्थाई बसोबास निकै कम भएको उनले औंल्याए।

पछिल्लो समयमा निकै विवादित ४५७ भिसालाई अस्थाई शिप अभाव (टिएसएस) भिसाले प्रतिस्थापन गरेको छ, र यसलाई पनि छोटो र मध्यम अबधिमा विभाजन गरिएको छ जसमध्ये मध्यम अवधि भिसाले मात्र स्थाई बसोबासका लागि आवेदन हाल्न मिल्छ।

पिटर मेर्स यो परिवर्तनले गर्दा अस्थाई कामदारहरु काम दिने व्यक्तिहरुबाट शोषित हुन सक्ने अवस्था बढ्ने तर्फ सचेत गराउछन्।

आप्रबासीहरुका लागि काम गर्ने माइग्रेशन इन्स्टिच्युट अफ अस्ट्रेलियाका कार्यबाहक अध्यक्ष लिन स्टिभनस् पनि टिएसएस भिसाबारे समान धारणा राख्छन।

स्टिभनस् भन्छन, "एउटा व्यक्ति जो आफ्नो रोजगारदातासंग निश्चित अवधिसम्म काम गरिरहदा स्थाई बासस्थान (पीआर) पाइन्छ भन्ने आशामा हुन्छ उसले अब दुई बर्षको सट्टा तिन वर्ष रहनु पर्छ। हाम्रा सदस्यहरुले त्यस्ता व्यक्तिहरुबाट निम्नस्तरिय कार्य अवस्था, शोषण, अपर्याप्त पारिश्रमिक, लामो समयसम्म काम गर्नु पर्ने बारे गुनासाहरु आएको रिपोर्ट गरेका छन्"।

"तर उनीहरु त्यस्ता घटनाहरु रिपोर्ट गर्न डराउछ्न किनकि उनीहरुलाई आफ्नो स्थाई बासस्थान लिन असर पर्ने डर हुन्छ। "

अध्यागमन बिभागमा सन् १९९५ देखि २००७ सम्म बरिष्ठ अधिकारिको रुपमा काम गरेका अबुल रिज्भी भन्छन कामदारहरुको शोषण धेरै गम्भीर मुद्दा भएपनि यस्ता शोषणका घटनाहरुमा वृद्धि भैरहेको छ र यहि वृद्धिले सम्पूर्ण अर्थतन्त्रमा असर पारेको छ।

पिटर मेर्स अस्ट्रेलियामा आप्रवासीहरुलाई भित्र्याउने संख्यामा कटौती गर्नु पर्ने बिचार राख्ने व्यक्तिहरुलाई खुसी पार्ने हेतुले गर्दा अस्थाई भिसामा वृद्धि भएको आशंका ब्यक्त गर्छन।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now