कोरोना भाइरस व्यवस्थापनमा अस्ट्रेलिया आठौँ नम्बरमा

कोभिड–१९ महामारीलाई उचित ढङले सम्हाल्ने सीमित मुलुकहरू मध्ये अस्ट्रेलिया पनि परेको छ । उत्कृष्ट ढङले कोरोना भाइरसलाई नियन्त्रण भित्रै राख्न सफल मुलुक मध्ये आठौँ नम्बरमा अस्ट्रेलिया परेको हो ।

New Zealand Prime Minister Jacinda Ardern stands with Australian Prime Minister Scott Morrison in 2020.

New Zealand Prime Minister Jacinda Ardern stands with Australian Prime Minister Scott Morrison in 2020. Source: Getty Images

पहिलो नम्बरमा भने न्यूजल्याण्डले बाजी मारेको छ ।

लोई इन्स्टीच्यूटले गरेको मुल्याङकनमा न्यूजील्याण्ड पछाडि कोरोना भाइरसको नियन्त्रणमा उपलब्धि मूलक कदम चाल्नेमा भियतनाम परेको छ ।

यसै गरी ताइवान,थाइल्यान्ड र साईप्रस क्रमशः तेस्रो चौथो र पाचौ मुलुक बनेका छन् ।

लोई इन्स्टीच्यूटले कोरोना भाइरसका एक सय भन्दा माथिका सङ्क्रमण रहँदा ३६ हप्ताको समयावधिमा मुलुकले कसरी व्यवस्थापन गर्‍यो भनेर ९२ मुलुक माथि अध्ययन गरेको थियो ।

चीनलाई भने पर्याप्त जानकारी उपलब्ध नगराएको भन्दै मुल्याङकन प्रक्रियामा सामेल गराइएन ।

Ranking of covid response
Ranking of covid response Source: LOWY INSTITUTE

अमेरिका,ब्राजिल, इरान र मेक्सिको महामारीलाई व्यवस्थापन गर्न नसकेका मुलुकहरूको सुचीमा परेको छ ।

एसियाली प्रशान्त क्षेत्रले भाइरस नियन्त्रणमा सफलता पाएको अध्ययनको निष्कर्ष छ ।

लोई इन्स्च्टीच्यूटका अनुसन्धानकर्ता हार्वी लिमाहुले सफलता पाएका मुलुकहरूले सही समयमा आफ्नो सीमा बन्द गरेको र जनस्वास्थ्यको मापदण्डलाई लागु गरेको बताए ।

“सबैभन्दा महत्त्वपूर्ण कुरा अन्तर्राष्ट्रिय सिमाना वरिपरि आफ्नो सानो जनसङ्ख्यालाई बार भित्र राख्न सफल भए ।” उनले ए बि सी सँगको कुराकानीका क्रममा भने ।

“अनुसन्धानमा के भेटियो भने ठुलो जनसङ्ख्या भएका मुलुकहरूलाई भाइरस व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण देखियो ।”

उनले भने कि अस्ट्रेलियाको प्रतिक्रिया अद्धितिय थियो, प्रत्येक राज्यको प्रतिक्रिया ६/७ वटा स्वतन्त्र मुलुकहरूको जस्तै थियो ।

लोकतान्त्रिक र अधिनायकवादी शासन शैलीका मुलुकहरू मध्ये अधिनायकवादी मुलुकहरू कोरोनाको लामो समय सम्म व्यवस्थापन गर्न असफल रहेको पनि अध्ययनले देखाएको छ ।

अमेरिका,बेलायत जस्ता प्रजातान्त्रिक मुलुकहरू अन्य शासन व्यवस्था भएका मुलुकहरू भन्दा महामारीलाई व्यवस्थापन गर्न ज्यादा सक्षम रहेको पनि अध्ययनले देखाएको छ ।

अनुसन्धानले सानो मुलुकमा महामारी नियन्त्रण गर्न सहज भएको पाइएको बताएको छ ।

१ करोड भन्दा कम जनसङ्ख्या भएका मुलुकहरूले नियन्त्रणको राम्रो व्यवस्थापन गरेको भेटिएको छ ।


2 min read

Published

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now