अस्ट्रेलियाको अस्पष्ट नीतिका कारण हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थी क्यानडा तर्फ आकर्षित हुन थालेको चेतावनी

लगातारको सीमा बन्द र बिद्यार्थीहरुलाई सहयोगको अभावमा अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको बिचमा अस्ट्रेलियाले आफ्नो प्रतिष्ठा गुमाउँदै गएको चेतावनी दिइएको छ ।

Colombian student Karen Celis

Colombian student Karen Celis is considering cancelling her Australian visa to go to Canada instead. Source: Supplied


प्रमुख बिषय

  • क्यानडा तर्फ आकर्षित हुदै अन्तर्राष्ट्रिय विद्यार्थी
  • सरकारको निति स्पष्टताका कारण विद्यार्थी अन्यौलमा
  • बेलायत र क्यानडा बिद्यार्थीको रोजाई बनेको एजेन्टहरुको भनाई

सरकारको अस्पष्ट नीतिका कारण हजारौँ बिद्यार्थीहरु अस्ट्रेलियाको सट्टा क्यानडा प्रति आकर्षित भइरहेको आप्रवास सम्बन्धी काम गर्ने एजेन्टलेहरुले बताएका छन् ।

केरेन सेलिस् यतिखेर अस्ट्रेलियामा अङ्ग्रेजी पढीरहेका हुन्थिन तर कोरोना भाईरसका कारण उत्पन्न परिस्थितिले उनको मार्चमा अस्ट्रेलिया आइपुग्ने योजना अवरुद्ध हुन पुग्यो ।

आठ महिना पछि २८ बर्सिया यी विद्यार्थी कुर्दा कुद्दै थाकिसकेकी छन् ।

उनी भन्छिन् “यतिखेर हामीलाई केही जानकारी गराइएको छैन हाम्रो लगानी,भिसा र सपनाहरू के हुने हुन केही थाहा छैन ।”

उनी भन्छिन् अनिश्चितता र जानकारीको अभावमा भविष्यका लागि बुनिएका सपना डरलाग्दा हुँदै गएका छन् ।

उनी यतिखेर आफ्नो योजनामा परिवर्तन गर्ने सोचमा पुगेकी छन् ।

International students
NSW pushes for international students and business migrants to be included in its weekly cap of international arrivals in a bid to boost its economic recovery. Source: Getty Images

हालसालै १५ सय भन्दा बढी अन्तर्राष्ट्रिय बिद्यार्थीहरुमा गरिएको एक सर्वेक्षणले ५३ प्रतिशत बिद्यार्थीहरुले आफ्नो गन्तव्य परिवर्तन गर्ने सोच राखेको देखाएको छ ।

बिद्यार्थीहरुको सबैभन्दा आकर्षण क्यानडामा देखिएको छ ।

गत अक्टोबर देखि अन्तर्राष्ट्रिय बिद्याथीहरुका लागि आफ्नो सीमा खोलेको र बिद्यार्थीहरुको हकमा महामारीको समयमा बिद्यार्थीहरुलाई केन्द्रमा राखेर सहयोग गरेका कारण धेरै बिद्याथीहरु यतिखेर क्यानडा प्रति आकर्षित भइराखेका छन् ।

अस्ट्रेलियन माइग्रेसन एजेन्टका रूपमा काम गरी रहेकी मेलानी म्याकफार्लिन ल्याटिन अमेरिकी बिद्यार्थीहरुलाई अस्ट्रेलिया आउन सहयोगी गरिरहेकी हुन्थिन तर यस पटक भने अवस्था फरक छ।

मेलानि भन्छिन् “हाल अस्ट्रेलिया भन्दा क्यानडा र बेलायत जस्ता देशमा जान बिद्याथीहरुलाई प्रोत्साहित गरिरहेका छौ ।”

अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई परामर्श प्रदान गदै आएका राड हप्र्स अस्पष्ट सन्देशका कारण अवस्था झनै नाजुक बन्दै गएको बताउँछन् ।

Karen Celis
Karen Celis is stuck in Colombia. Source: SBS News

“विशेष गरी बेलायत र क्यानडाले लगातार सन्देशहरू प्रवाह गरिरहेका छन् । जसका कारण अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई स्वागत गरिरहेको सन्देश जान्छ,जबकि अस्ट्रेलियाले सकारात्मक सन्देशको खोजी गरिरहेको छैन ” उनी भन्छन् ।

ढिलै गरी भए पनि नदर्न टेरिटरी, साउथ अस्ट्रेलिया र एसिटीले पाइलट कार्यक्रम अन्तर्गत थोरै अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई भित्र्याउने योजना अघि सारेका छन् ।

क्रिसमस पछाडि अन्तर्राष्ट्रिय विद्यार्थीको पुन: आगमनका लागि योजना तैयार पारेर सङ्घीय सरकार समक्ष पेस गर्न सबै राज्य र टेरीटरीलाई निर्देशन दिइएको छ ।

Education Minister Dan Tehan says the guidelines will help universities respond to an 'unprecedented threat of foreign interference.'
Education Minister Dan Tehan says the guidelines will help universities respond to an 'unprecedented threat of foreign interference. Source: AAP

सरकारका शिक्षामन्त्री डान टिहानले एसबीएससंग भने कि अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीलाई सुरक्षित रूपमा भित्र्याउन चाहन्छ र यो पनि चाहन्छ कि विदेशमा फसेका अस्ट्रेलियाली नागरिक यसबाट घाटामा नपरून् ।

तर सरकारको यो योजना केरेन सेलेस जस्ता बिद्यार्थीहरुलाई भने धेरै कम र धेरै ढिला भइसक्ने छ ।


2 min read

Published

Updated

By Catalina Florez

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now