SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको कोरोनाभाइरस कन्ट्याक्ट ट्रेसिङ्ग एप बारे जानकारी

अस्ट्रेलियाले कोभिडसेफ (COVIDSafe) एप सञ्चालनमा ल्याएको छ र यसको प्रयोगबाट सरकारले कोभिड-१९ भाइरसको संसर्गमा पुगेका मानिसहरूलाई सम्पर्क गर्न मद्दत पुग्ने बताएको छ। यो एक मोबाइल फोन एप हो र यस बारे सबै आवश्यक जानकारी तल पढ्नुहोस्।

A close up of the government's coronavirus tracing app.
Source: SBS

3 min read

Published

Updated

By SBS RADIO

Source: SBS News, Australian Government Department of Health



Skip to article content

    • एप्पल स्टोरबाट एप प्राप्त गर्न यहाँ थिच्नुहोस् 
    • गूगल प्लेबाट एप प्राप्त गर्न यहाँ थिच्नुहोस् 

एप केको लागि बनाइएको हो?

यो एपको माध्यमबाट कोरोनाभाइरसका मामिलाहरू पत्ता लगाउन र यस भाइरसको संसर्गमा आएका व्यक्तिलाई सम्पर्क गर्न सहयोग पुग्ने बताइएको छ।

यसको प्रयोगबाट कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूको नजिक पुग्ने अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूसँग सम्पर्क स्थापित गर्न स्वास्थ्य अधिकारीलाई सहयोग मिल्छ।

स्वास्थ्य अधिकारीहरूलाई फोनमा भण्डारण गरिएको डाटा उपलब्ध हुने सरकारको भनाई छ।

तपाईँ र अर्को व्यक्ति १.५ मिटरको दुरीमा रहेर कम्तीमा १५ मिनेटसम्मसँगै बिताउनु भएको खण्डमा मात्र एपले उक्त भेटको रेकर्ड राख्न थाल्छ।

यो एपको सदस्यता स्वैच्छिक हो तर सरकारले अस्ट्रेलियाका सबै बासिन्दाहरूलाई कोभिडसेफ एप डाउनलोड गर्न सल्लाह दिएको छ किनकि जति धेरै मानिसहरूले यसको प्रयोग गर्छन्, त्यति चाँडो भाइरसको गतिविधि र फैलावट बारे थाहा पाउन सकिन्छ।

अधिकारीहरूले कसरी कोभिडसेफका डाटा प्रयोग गर्नेछन् त?

यो एपबाट सङ्कलित तथ्याङ्कको मद्दतले परिवार, साथीहरू र समुदायमा अन्य मानिसहरूमा थाहै नपाइ कोभिड-१९ फैलिने सम्भावना कम गर्न सकिने विश्वास अधिकारीहरूले लिएका छन्।

सङ्क्रमित पुष्टि भएका मानिसले आफ्नो डाटा अपलोड गर्न सहमत भए मात्र राज्य तथा प्रदेशका स्वास्थ्य अधिकारीहरूले एपबाट उपलब्ध जानकारीसम्म पहुँच बनाउन सक्नेछन्।

स्वास्थ्य अधिकारीहरूले केवल त्यस्ता व्यक्तिलाई सचेत गराउन एपको जानकारी प्रयोग गर्न सक्छन् जसलाई क्वारेन्टाइन वा परीक्षणको आवश्यकता देखिनेछ।

कोभिडसेफ एप अस्ट्रेलिया सरकारद्वारा स्वीकृत एक मात्र सम्पर्क पत्ता लगाउने अनुप्रयोग हो। अधिक जानकारीको लागि, स्वास्थ्य विभागको कोभिडसेफ एप सम्बन्धी वेबसाइट हेर्नुहोस्।

कोभिडसेफ एप मार्फत कस्ता व्यक्तिगत जानकारी रेकर्ड गरिन्छ त?

जब प्रयोगकर्ताहरूले एप डाउनलोड गर्दछन्, उनीहरूले नाम, मोबाइल नम्बर र पोस्ट कोड अनि र उमेर समूह बारे उल्लेख गर्नुपर्छ।

त्यस पछि एप फोनमा ठिकसँग इन्स्टल भएको पुष्टि गर्न एक मोबाइल टेक्स्ट सन्देश प्राप्त हुनेछ। त्यसपछि उक्त प्रणालीले एक अद्वितीय गोप्य सङ्केत कोड सिर्जना गर्छ।

कोभिडसेफ एपले अन्य प्रयोगकर्ताका उपकरणहरूसँग ब्लुटुथ प्रविधिको सहयोगले सम्पर्क राख्छ। अरू उपकरणसँग सम्पर्क स्थापित भएपछि यसले मिति, समय, दुरी र सम्पर्कको अवधि अनि त्यसरी सम्पर्कमा आएका अर्का प्रयोगकर्ताको सङ्केत कोड नोट गर्छ।

यो एपले प्रयोगकर्ताको स्थान भने नबटुल्ने सरकारी भनाइ छ।

अस्ट्रेलिया सरकार बताउँछ कि यसरी सङ्कलन गरिएका जानकारी गुप्त रहने छन् र प्रयोगकर्ताको फोनमा नै सुरक्षित तवरले भण्डारण हुनेछ र प्रत्येक २१-दिनमा चक्रीय प्रणाली मार्फत रेकर्ड गरिएका जानकारीहरू हटाइनेछ।

यस अवधिमा कोभिड-१९ सर्न लाग्न सक्ने अवधि र सङ्क्रमण परीक्षण गर्न यसले लिने समय समावेश रहेको पनि बताइएको छ।

यदि एप प्रयोगकर्तालाई सङ्क्रमण पुष्टि भए के हुन्छ?

कोरोनाभाइरस सङ्क्रमण भएको पत्ता लागे त्यस्ता व्यक्तिको फोनबाट सङ्कलन गरिएको जानकारी प्रयोगकर्ताको स्वीकृति भए मात्र सरकारी सर्भरमा अपलोड हुनेछ।

तब, राज्य वा प्रादेशिक स्वास्थ्य अधिकारीहरुले:

एपद्वारा रेकर्ड गरिएका र सङ्क्रमण पुष्टि भएका मानिसहरूको संसर्गमा आएका अन्य मानिसहरूलाई सम्पर्क गर्नेछन्

त्यस्ता व्यक्तिहरूका अभिभावक वा रेखदेख गर्ने मानिसहरूलाई भाइरसको सङ्क्रमण हुने जोखिम बारे सचेत तुल्याइने र आगामी कदमहरूको बारेमा सल्लाह दिइने बताइएको छ, जस्तै:

  • के कुराको ध्यान राख्ने
  • कहिले, कसरी र कहाँ परीक्षण गर्ने र
  • साथीभाइ, परिवारलाई जोखिमबाट बचाउन के गर्ने

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिको नाम सार्वजनिक गर्नेछैनन्।

यदि तपाईँ सङ्कलन गरिने जानकारीको गोपनीयता बारे मा चिन्तित हुनुहुन्छ, गोपनीयता नीति पढ्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now