कोभिड–१९ बिरामीमा शरीरका अङ्गले काम गर्न छाड्ने जोखिम कम गर्न अस्ट्रेलियाको नेतृत्वमा अनुसन्धान

नेपाल लगायत भारत, अस्ट्रेलिया र न्यूजल्याण्डका ३२ अस्पतालका १,५०० बिरामी माथि दि अस्ट्रलएसियन कोभिड–१९ ट्रायल (अस्कट) नामक एक अनुसन्धान भएको थियो।

Prof Steven Tong-Lab.jpg

ASCOT Principal Investigator and infectious diseases clinician at the Royal Melbourne Hospital, Professor Steven Tong. Credit: The Peter Doherty Institute for Infection and Immunity

मुख्य बुँदा

  • अध्ययनले एन्टिकोगुलेसन अथवा रगत पातलो बनाउने औषधिको सही खुराकका बारेमा नयाँ सुझाव जारी गरेको छ।
  • यी औषधिको उपयुक्त खुराक कति हो भन्ने कुरामा अझै पनि दोधार रहँदै आएको छ।
  • अस्ट्रेलियामा यो औषधिको डोज निकै कम दिइनु पर्ने सुझाव छ।
  • अध्ययनबाट आएको निष्कर्षले कोभिड–१९ सङ्क्रमितको उपचार विधिमा परिवर्तन आउन सक्छ।

अस्कट अर्न्तगतका अनुसन्धानकर्ताहरुले रगत पातलो बनाउने एन्टिकोगुलेन्टको मध्यम डोज मात्र प्रयोग गर्नका लागि सुझाव जारी गरेका छन्।

कोभिड–१९ का बिरामी लगायत रगत जमेर अस्पताल भर्ना भएका बिरामीका लागि उक्त औषधिको प्रयोग हुँदै आएको छ।

अस्कटका प्रमुख अनुसन्धानकर्ता एवम् रोयल मेलर्वन अस्पतालका सरुवा रोग विशेषज्ञ प्राध्यापक स्टेभेन टोङ्गले महामारीको सुरुवातमा कोभिड–१९ भएका बिरामीहरूलाई फोक्सो र खुट्टाहरूमा रगत जम्ने समस्या देखिने गरेको बताए।

“रगत जम्नु बिरामीहरूलाई भेन्टिलेटरमा लैजाने या त मृत्यु हुनुको प्रमुख कारण थियो,” उनले भने।

न्युइग्ल्यांण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त अध्ययनमा नेपाल, भारत, न्युजिल्यान्ड र अस्ट्रेलियाका करिब १,५०० बिरामीहरूमा रगत पातलिनका लागि प्रयोग गरिने औषधिको थोरै, मध्यम र उच्च डोजको प्रभावको बारेमा भएको थियो।

अध्ययनले मध्यम खालको डोज गम्भीर अवस्थामा नरहेका कोभिड–१९ बिरामीहरूका लागि उपयुक्त हुने निष्कर्ष निकालेको थियो।

“एन्टिकोगुलेसनको मध्यम डोज, कम डोज भन्दा ८६ प्रतिशत प्रभावकारी हुने देखियो, उच्च डोजबाट भने खासै फाइदा हुने देखिएन,” अध्ययनले भनेको छ।

“अस्ट्रेलियामा न्यून डोज दिएर उपचार गर्ने चलन छ भने विश्वका अन्य मुलुकमा भने उच्च डोज दिने चलन छ, हाम्रो खोजले मध्यम डोज लाभदायक हुने सुझाव दिएको छ।”

एस्कट परीक्षणमा भाग लिएको भारत स्थित जर्ज इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक विवेकनन्द झाले “एन्टिकोगुलेसनको कति प्रयोग गर्ने भन्ने कुरामा दुबिधा रहेको बताए।

“अधिकांश गाइडलाइनहरूले थोरै डोज प्रयोग गर्न सुझाव दिए पनि केही अध्ययनले भने उच्च डोज उपयुक्त रहने बताएका छन्,” प्राध्यापक झाले भने।

“तर उच्च डोज दिँदा, रगत बग्ने वा झनै नराम्रो गर्ने देखिएको छ।”

152A0819 Edited Skybackground.jpg
Credit: Professor Vivekanand Jha

यता अस्ट्रेलिया स्थित जर्ज इन्स्टिच्युट अफ ग्लोबल हेल्थका अर्का प्राध्यापक बाला भेन्कातेस, कोभिड–१९ विरुद्धको खोप ननिस्कँदा सुरुवाती ताका एन्टिकोगुलेसनको उच्च डोजको सुझाव आएको बताउँछन्।

“थेरापुटिक डोज(उच्च डोज), रगत जमेको अवस्थामा निराकरण गर्नका लागि हो, रगत नजमोस भनेर सर्तकर्ता अपनाउनका लागि होइन,” प्राध्यापक भेन्कातेसले भने।

उनका अनुसार अमेरिकी सोसाइटी अफ हेमाटोलोजिको कार्यशालाका दौरान यी सुझावहरू आएका हुन् र अव यिनलाई विश्व स्वास्थ्य सङ्गठन समक्ष प्रस्तुत गरिनेछ।

अनुसन्धानकर्ताहरूले हालको निर्देशनहरूमा तुरुन्तै परिवर्तन नआए पनि प्रोटोकल निर्माणमा यसले सहयोग पुर्‍याउने बताएका छन्।

कम र मध्यम आय भएका मुलुकहरूमा कोभिड–१९ सम्बन्धी अनुसन्धानहरू कम हुने देखिएकोमा, ती देशहरूलाई समावेश गर्नुको महत्त्वलाई पनि अध्ययनले उपलब्धिको क्षेत्र भित्र राखेको छ।

“उच्च आय भएका उत्तर अमेरिका र युरोप जस्ता मुलुकमा भएका अध्ययन फराकिलो जातीय मिश्रणमा लागु नहुन सक्छ।” प्राध्यापक टोङ्गले भने।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Share

3 min read

Published

Updated

By Yumi Oba

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now