आप्रवासीहरुलाई अस्ट्रेलियाली रोजगारदाताले भिसाको व्यवस्था गरिदिएपछि उनीहरू कानूनी रूपमा अस्ट्रेलियामा बसेर काम गर्न पाउँछन् ।
तर अस्ट्रेलियाका राज्य एवम् प्रदेशहरूले पनि आफूलाई आवश्यक पर्ने दक्ष कामदारलाई प्रयोजन गर्न सक्दछन्।
यसरी सरकारी स्तरमा हुने आप्रवासी प्रायोजन कार्यक्रमलाई स्टेट नोमिनेटेड माइग्रेसन प्रोग्राम भनेर चिनिन्छ।

अहिले राज्य र प्रदेशहरूले गर्ने यस्ता नोमिनेसन प्रक्रियामा निकै धेरै लचकता अपनाइएको छ।
राज्य र प्रादेशिक सरकारहरूले गर्ने स्पनसरसिपका लागि योग्य हुन आवेदकहरू कुनै एक रोजगारदाता कम्पनीसँग आबद्ध हुनु नपर्ने भएता पनि उनीहरू ४५ वर्ष भन्दा कम उमेरको हुनु पर्ने नियम छ।
तर सरकारी स्पन्सरसिपमा बस्दा राज्यले रोजगारीको ग्यारेन्टी नगर्ने भएकाले, आफ्ना लागि उचित रोजगारी खोज्ने जिम्मा भने कामदारलाई नै हुने गर्दछ।
स्टेट स्पन्सरसिपमा सफल भएमा मानिसहरूले अस्ट्रेलियाका लागि स्कील्ड नोमिनेसन सबक्लास १९० अन्तर्गत स्थायी बसोबासको अनुमति प्राप्त गर्दछन् वा रिजनल क्षेत्रमा काम गरेर स्कील्ड वर्कर रिजनल सबक्लास ४९१ अन्तर्गत स्थायी बसोबासका लागि आवेदन दिन सक्दछन्।
आफ्नै व्यवसाय गर्नेका लागि पनि थोरै सङ्ख्यामा राज्यहरूले भिसाहरु उपलब्ध गराएका छन्।
यस वर्षका लागि गृह मामिला विभागले ५० हजार भिसाहरू उपलब्ध गराएको छ।
वर्तमान समयमा हेर्ने हो भने न्यु साउथ वेल्समा यस्ता भिसा सङ्ख्या अन्य राज्यमा भन्दा धेरै छन् र आउँदा दिनहरूमा यो सङ्ख्या केही परिवर्तन हुने सम्भावना रहेको बताइएको छ।
केही राज्यहरूले भने यस पटक बढी सङ्ख्या प्राप्त गर्नका लागि सङ्घीय सरकारसँग लबिङमा जुटेका छन् जसअनुसार वेस्टर्न अस्ट्रेलियाले अघिल्लो वर्ष भन्दा दोब्बर सङ्ख्या प्राप्त गर्न सफल भएको छ।
यस वर्ष वेस्टर्न अस्ट्रेलियाले ८,१४० स्थानहरू प्राप्त गरेको छ।

वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क मक्गावनले परिवर्तनले सो क्षेत्रमा दक्ष कामदारको लागि अवसरहरूको सिर्जना गर्ने बताउँछन्।
“वेस्टर्न अस्ट्रेलियाको बलियो आर्थिक प्रगति, कम बेरोजगारीदर र दक्ष कामदारको माग अधिक रहेको भन्नुको अर्थ आवश्यक कामदारहरूलाई विभिन्न माध्यमहरूबाट आकर्षित गर्नु हो,” उनले भने।
वेस्टर्न अस्ट्रेलिया सहित अन्य राज्य एवम् प्रदेशहरूले रोजगारी सम्बन्धी आफ्ना प्राथमिकतालाई केही खुकुलो र नियमहरूलाई पनि सहज बनाएका छन्।
मेलबर्नमा रहेको सदर्न क्रस भिसा र माइग्रेसन सर्भिसेसकी माइग्रेसन एजेन्ट इभान च्याङ्ग भिक्टोरियाले सबै क्षेत्रका रोजगारहरूलाई समेटेर अकुपेसन लिस्ट सार्वजनिक गरेको बताउँछिन्।
“गत वर्ष केही क्षेत्रलाई मात्र ध्यानमा राखेर लिस्ट तयार भएको थियो, स्टेम (साइन्स, टेक्नोलोजी, इन्जनियरीङ्ग, म्यानेजमेन्ट), त्यसमा पनि मेडिकल रिसर्च र स्वास्थ्य क्षेत्रलाई बढी केन्द्रमा राखिएको थियो,” उनले भनिन्।
“लिस्टमा नपरेको खण्डमा तपाईँले स्टेट स्पन्सरसिप प्राप्त गर्न सक्नुहुँदैनथ्यो।”
मापदण्डहरू केही सहज बनाइदिएको भए पनि सरकारले केही विशेष रोजगारहरूमा ध्यान केन्द्रित गरेको र स्पन्सरसिप पाउनु अझै पनि प्रतिस्पर्धा गर्नु पर्ने उनी बताउँछिन्।
“भिक्टोरियामा रोजगार पाइसकेका र राज्यमा केही समयदेखि बसिरहेकाहरूलाई प्राथमिकता दिन्छौं भनेर राज्य सरकारले भनेको छ,” उनले भनिन्।
धेरै राज्यहरूले सम्भावित आवेदनकर्ताहरूलाई गृह मामिला विभागको स्किल सेलेक्ट सिस्टममा आफ्नो विवरण हाल्न अनुरोध गरेको छ।
उपयुक्त योग्यता भएका मानिसहरूलाई त्यसपछि आवेदन हाल्नका लागि निमन्त्रण दिइन्छ।
तर माइग्रेसन एजेन्ट च्याङ्ग इच्छा जताउँदैमा चयन भइहाल्ने स्थिति नरहेको पनि बताउँछिन्।
धेरै राज्यहरूमा यस अघि विदेशमा बसिरहेकाहरूले आवेदन हाल्न नमिल्ने व्यवस्थामा परिवर्तन गरेका छन्।
च्याङ्गका अनुसार भिक्टोरियाले महामारीका दौरान विदेशबाट आवेदन लिन बन्द गरेको भए पनि हाल यो व्यवस्थालाई परिवर्तन गरेको छ।
तर अस्ट्रेलियामा बसिरहेका मानिसहरूले चाहिँ अर्को राज्यमा आवेदन हाल्ने अनुमति दिइँदैन्।
एउटा राज्यमा घुलमिल भइसकेपछि अर्को राज्य बस्नका लागि जाँदैनन् भन्ने विचारका कारण यसो गरिएको मानिन्छ।
“तपाईँले भिक्टोरियामा दुई वर्ष बस्छु भनेर भने पनि भिसा प्राप्त गरिसकेपछि त्यहाँबाट अन्त्यै सर्दा कसैले रोक्न सक्दैन,” च्याङ्गले भनिन्।
तर रिजनल भिसा प्राप्त गरेका मानिसहरू भने सो क्षेत्रमा बस्नका नियमहरूले बाँधिएका हुन्छन् र उनीहरूले स्थायी बसोबास पाउने नियमहरू अलि कडा हुन्छन्।
च्याङ्गका अनुसार सामान्य भाषामा रिजनल क्षेत्र भनेको चाहिँ मुख्यतया सिड्नी, मेलर्वन र ब्रिसबेन भन्दा बाहिर भनेर बुझिन्छ।
“त्यसको मतलब तपाईं, क्यानबेरा, एडिलेड वा पर्थमा गएर बस्न सक्नुहुन्छ,” उनले भनिन्।
स्टेट स्पनसरसिपको नियम राज्य पिच्छे फरक छन्। राज्य र प्रदेश अनुसारका केही नियमहरू यहाँ उल्लेख गरिएको छ।
न्यु साउथ वेल्स र भिक्टोरिया पछि स्टेट स्पोन्ससरसिपको धेरै कोटा भएको स्थान वेस्टर्न अस्ट्रेलिया हो।
राज्यका लागि ५,३५० सब क्लास १९० भिसा र २७९० रिजनल भिसा उपलब्ध गराइएको छ ।
यस वर्षको स्कील्ड अकुपेसन लिस्टमा १ सय भन्दा बढी रोजगारीका क्षेत्र थपिएका छन् जसको कारण अव २७६ क्षेत्र लिस्टमा अटाएका छन्।
राज्यका प्रिमियर मार्क मक्गावन पनि आफ्नो राज्यले यस सम्बन्धि नियमहरू परिवर्तन गर्ने बताउँछन्।
उनी भन्छन् कि परिवर्तित नियममा २०० डलरको आवेदन शुल्क पनि मिनाहा हुने व्यवस्था पनि एक हो।
यसैगरी रोजगारदातासँगको सम्झौता १ वर्षबाट घटाएर ६ महिना पुर्याइने छ भने पर्याप्त ब्याङ्क ब्यालेन्स देखाउनु पर्ने नियम पनि हटाइँदैछ।
प्रोफेसनल र म्यानेजरहरूका लागि अतिरिक्त अङ्ग्रेजीको आवश्यकतालाई र कामको अनुभवको अवधि पनि हट्ने बताइएको छ।
अस्थायी नियमहरू आगामी महिनादेखि लागू हुनेछन्।
थप जानकारीका लागि यहाँ जानुहोस्।
भिक्टोरियामा स्टेट स्पन्सरसिपका लागि न्यु साउथ वेल्स पछि दोस्रो धेरै कोटा रहेका छन्।
सन् २०२२/२३ का लागि ११,५७० भिसा स्थानहरू उपलब्ध छ।
यहाँ ९,००० को सङ्ख्यामा सब क्लास १९० भिसा, २,४०० रिजनल भिसा र १७० बिजनेस भिसा उपलब्ध रहेका छन्।
राज्यले अकुपेसन लिस्टलाई बढाएर ४२० वटा पुर्याएको छ।
विदेशमा रहेका र पहिल्यैदेखि भिक्टोरियामा बसोबास गरिरहेकाले पनि भिसा आवेदन दिन सक्दछन्।
थप जानकारीका लागि यहाँ जानुहोस्।
सन् २०२२/२३ का लागि अकुपेसन लिस्टलाई बढाएर ११४ पुर्याइएको छ।
कोभिड–१९ पछि पहीलोपटक विदेशमा रहेकाहरूले पनि आवेदन दिन मिल्ने बनाइएको छ।
राज्यका ट्रेनिंङ्ग एन्ड स्किल्स डेभलपमेन्ट डिपार्टमेन्टका प्रवक्ताले राज्यमा दक्ष कामदारको मागलाई सम्बोधन गर्नका लागि सङ्घीय सरकार समक्ष यस अघिको भन्दा बढी कोटा दिनका लागि माग गरिएको बताएका छन्।
राज्यमा यस वर्ष ३,००० को सङ्ख्यामा सब क्लास १९० भिसा उपलब्ध रहेका छन् भने १,२०० रिजनल भिसा र २३५ वटा बिजनेस भिसा उपलब्ध छन्।
थप जानकारीका लागि यहाँ जानुहोस्।
साउथ अस्ट्रेलियाले स्पोन्सरसिप कार्यक्रम लागि आवेदन खुल्ला गरिसकेको छ।
यस पटकको अकुपेसन लिस्टमा ५०० वटा रोजगारीहरू राखिएका छन्।

स्किल सेलेक्टमा आवेदन हालेका विदेशबाट प्राप्त आवेदनहरूलाई पनि यस पटक राज्यले छनौट गर्नेछ।
राज्यमा २,७०० सब क्लास १९० भिसाको कोटा छ भने ३,१८० रिजनल कोटा र ७० वटा बिजनेस कोटा उपलब्ध छन्।
थप जानकारीका लागि यहाँ जानुहोस्।
नर्दन टेरीटरीले भने विदेशमा रहेका मानिसबाट आवेदन नलिने भएको छ।
राज्यको स्पोन्सरसिप लिएकाहरूले कम्तीमा तीन वर्षका लागि राज्यमा बसोबासको गर्नु पर्ने नियम पनि राखिएको छ।
कमनवेल्थले जारी गरेका ४२० वटा अकपेसनको लिस्टमा परेका मानिसहरूले मात्र राज्यमा आवेदन दिन सक्ने बताइएको छ।
राज्यमा मागमा रहेका २०० रोजगारहरूलाई प्राथमिकता दिने बताइएको छ।
थप जानकारीका लागि यहाँ जानुहोस्।
न्यु साउथ वेल्स राज्यले १२,००० कोटाहरू मार्फत मानिसहरूलाई स्टेट स्पोन्सरसिप दिन खोज्दै छ।
अस्ट्रेलियाका राज्य मध्ये न्यु साउथ वेल्सको कोटा सबैभन्दा बढी छ।
इन्भेस्टमेन्ट न्यु साउथ वेल्सका प्रवक्ताले नोमीनेसनका लागि निकै सजिलो मापदण्ड तैयार पारेको बताएका छन्।
यस वर्षको अकुपेसन लिस्ट तैयार हुँदै गरेको र केही हप्ता भित्रैमा न्यु साउथ वेल्सको माइग्रेसन वेबसाइटमा यसका बारेमा राखिने बताइएको छ।
“अकुपेसन लिस्ट तयार भएसँगै न्यु साउथ वेल्सले आवेदन लिन सुरु गर्नेछ,” प्रवक्ताले भने।
थप जानकारीका लागि यहाँ जानुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरीटरी
एसिटिको रोजगार सम्बन्धी लिस्टले धेरै पेसालाई समेटेको छ।
कमनवेल्थ स्किल लिस्टका ४२० वटा पेसालाई समेटेको एसिटिले सब क्लास १९० का लागि ८०० वटा कोटा छुट्टाएको छ भने १,९२० रिजनल भिसा र १० वटा बिजनेस भिसा उपलब्ध छन्।
थप जानकारीका लागि यहाँ जानुहोस्।
स्किल एसिसमेन्ट अनुसारको क्षेत्रमा काम गरिरहेका मानिसहरूले आवेदनका लागि तत्कालै इच्छा जाहेर गर्न सक्ने भए पनि अक्टोबरमा मात्र विस्तृत रूपमा स्टेट स्पोन्सरसिप खोलिने बताइएको छ।
अत्यावश्यक क्षेत्रमा काम गरिरहेका मानिसहरूलाई प्राथमिकता दिने भए तापनि राज्यको २५० रोजगार सम्बन्धी लिस्टमा आधारित भएर, राज्यमा बसेर कम्तीमा दुई वर्ष काम गरेका मानिसहरूले आवेदन दिन पाउनेछन्।
यद्यपि कमनवेल्थ सरकारको अकुपेसन लिस्ट अनुसारका रोजगारहरूलाई विचार गर्ने राज्यको योजना छ।
कम्तीमा दुई देखि तीन वर्ष टास्मेनीयामा बसेर काम गरिरहेका मानिस स्थायी बसोबासको मार्ग प्राप्त गर्नका लागि प्राथमिकतामा पर्ने बताइएको छ।
यद्यपि भिसा सङ्ख्या र प्राथमिकताका आधारमा यो तय हुने बताइएको छ।
थप जानकारीका लागि यहाँ जानुहोस्।
आधिकारिक जानकारीका लागि गृह मामिला विभागको वेबसाइटमा जानुहोस्।
