SKIP TO MAIN CONTENT

नयाँ बर्षलाई भव्यताका साथ स्वागत गर्न अस्ट्रेलियाभर तयारी

अस्ट्रेलियाले नयाँ वर्ष साँझलाई विशेष गरी मनाउन लागिरहँदा त्यसका लागी आवश्यक तयारीहरू पनि भइरहेका छन्। सिड्नीका आयोजकहरूले हार्बरमा हुने आतेसबाजी अहिलेसम्मकै उत्कृष्ट हुने दाबी गरेका छन्।

Melbourne NY fireworks
墨爾本市長 Nicholas Reece 稱今年的煙花表演將是墨爾本「史上最大、最精彩的一場」。 Source: www.decidertv.com

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

यो वर्ष नयाँ फाएरवर्कस् को कला र 'क्विन अफ सोउल' अर्थात् 'आत्मा कि रानी' भनेर चिनिने आरेथा फ्रान्क्लिन को सम्मानका साथ नयाँ बर्षलाई स्वागत गरिनेछ। 

प्रदर्शनी प्रबन्ध निर्माता एन्ना म्यकिनर्नी भन्छिन् यसले त्यो रातमा विगतको झल्को दिलाउने छ।

उनको सम्मानमा सिड्नीमा जम्मा ८.५ टन को फायरवर्कस् आकासमा पड्काउँदै २०१९ को सुरुवातलाई देखाइने तयारी रहेको छ।

त्यो भनेको अघिल्लो वर्ष भन्दा ५०० किलो वा आधि टन बढी हो। र आयोजकहरूले आतेसबाजीका सामाग्रीहरू बोक्न र त्यसलाई प्रक्षेपण गर्न सबैभन्दा ठुला नाउँहरूको प्रयोग गरिने बताएका छन्।

new year eve preparation 2018 in sydney
Preparing the Sydney fireworks for New Year's Eve (SBS) Source: SBS

फायरवोर्क्स का निर्देशक फोर्टीनाटो फोटीले यो महत्त्वपूर्ण समारोहको प्रमुख भएर २१ वर्ष देखि काम गरिरहेका छन्। र उनी भन्छन् यो कहिले पुरानो हुँदैन।

राज्यको पर्यटन ब्युरो अन्तर्गतको न्यु साउथ वेल्स भ्रमण को तथ्याङ्क अनुसार यो अस्ट्रेलिया कै सबैभन्दा ठुलो जमघट हुने अवसर हो। जसले वार्षिक १३३ मिलियन डलर स्थानीय अर्थतन्त्रमा भित्र्याउँछ।

उक्त अवसरमा आउँदो सोमबार १० लाख भन्दा बढी मानिसहरू सिटी को सिबिड़ीमा उत्रने अनुमान गरिए अनुरूप प्रहरीहरूले उच्च सतर्कता अपनाउने छन्।

उप आयुक्त मार्क वाल्टन भन्छन् नयाँ वर्ष साँझ भनेको प्रमुख सुरक्षा अपरेसन हो।

Fireworks explode over the Opera House and Harbour Bridge during New Year's Eve fireworks display  in Sydney, Australian, Friday, Jan. 1, 2016.(AP Photo/Rob Griffith)
Fireworks explode over the Opera House and Harbour Bridge during New Year's Eve fireworks display in Sydney. Source: AAP

यस दिन निश्चित क्षेत्र भित्र प्रवेश गर्न नदिन ठुला बोलार्ड, ट्रक, गाडी, बसहरू र सशस्त्र प्रहरी सुरक्षा प्रदान गरिएका क्षेत्रहरूमा तैनाथ हुनेछन्। यो सिड्नीमा मात्र होइन अस्ट्रेलिया का सबै प्रमुख सहरहरूमा हुनेछ।

मेलबर्नमा प्रदर्शनी र मानिसहरूको भिड पनि पहिले भन्दा धेरै हुने अनुमान गरिएकाले उपआयुक्त सेन प्याटन पनि त्यही सन्देश दिन्छन्।

भिक्टोरियाको राजधानीमा आतेसबाजी टाढा टाढा सम्म बाट देखिन मिल्ने गरी बनाइएको छ। सम्पूर्ण प्रदर्शनीले जम्मा सिबिडिको सात स्क्वायर किलोमिटर क्षेत्र ओगटेको छ।

मार्च महिनाबाट १० मिनेटको इन्डीजिनस र्याप गायक एडम ब्रिग्सको सङ्गीत सहितको प्रदर्शनीसँगै डिजाइनको काम सुरु भएको थियो।

एडिलेड ओभलमा पारम्परिक नयाँ वर्ष साँझ जस्तै बिग ब्यास क्रिकेट का साथ मनाइने छ। उता ब्रिसबेनमा भने साउथ ब्याङ्क माथिको आकाश आतेसबाजीले प्रज्वलित हुनेछ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now